जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
भक्तपुर, ९ साउन । बासु माध्यमिक विद्यालयले करिब चार दसक सेवा अवधि पूरा गर्ने शिक्षकलाई सम्मान तथा बिदाइ गरेको छ । २०३२ सालदेखि विभिन्न भूमिकामा अनवरत सेवा गर्ने लक्ष्मीनारायण बासुकलालाई नेपाल प्राध्यापक समाजका अध्यक्ष एवम् बासु माविको व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष गोसाईले पुरानो पुस्ताको मेहनतबाट भक्तपुरको शैक्षिक परिवर्तन सम्भव भएको धारणा राख्नुभयो । उहाँले देशमै सार्वजनिक शैक्षिक संस्थाहरूको स्थिति कमजोर भइरहेको स्थितिमा भक्तपुरका विभिन्न सार्वजनिक विद्यालयले उदाहरणीय सफलता हासिल गरेको चर्चा गर्नुभयो ।
विद्यालयका प्राचार्य अम्विका न्याइच्याईको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका सहायक प्राचार्य लक्ष्मीभक्त लासिवा, सम्मानित शिक्षक लक्ष्मीनाराण बासुकला, शिक्षक पुरुषोत्तम नापितले बधाई मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष गोसाईले शिक्षक बासुकलालाई कदरपत्र हस्तान्तरण गर्नुका साथै दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको पनि उपस्थिति थियो ।


Leave a Reply