युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
संरा अमेरिकाका पूर्वविदेश सचिव माइक पम्पेओले हालै आफ्ना उत्तराधिकारीको प्रशंसा गर्दै भने, “विदेश सचिव (एन्टोनी) ब्लिनकेनले पश्चिम चीनमा भइरहेको नरसंहारको विषयमा बोलेका छन् । मैले उठाउन खोजिरहेको विषयमा उनले उठान गरेकोमा म खुसी छु । हामीले गरेभन्दा उनले यो विषयमा बढी काम गर्नसक्ने आशा गर्छु ।” पम्पेओको अभिव्यक्तिको यो भनाइको अर्थ चीनविरोधी प्रचार युद्धको अहिलेको लहरको खास वास्तुकार उनी आफै भएको पुस्टि गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विचारलाई एक्काइसौँ शताब्दीको नाजी शैलीको विचारको रूपमा प्रस्तुत गर्दै चीन र संरा अमेरिकाबीचको सैद्धान्तिक द्वन्द्वलाई असल र खराबबीचको लडाइँको रूपमा चित्रण गर्ने राजनीतिक काम डेमोक्रेटिक दलको नयाँ सरकारको लागि छोड्ने उनै पम्पेओ हुन् ।
यस प्रकारको तुलनाको मूल उद्देश्य चिनियाँ जनतालाई सके आफ्नै सरकारविरुद्ध उक्साउनु थियो । ‘खराब’ चिनियाँ कम्युनिस्ट पार्टीले ‘असल’ चिनियाँ जनतामाथि अत्याचार गरिरहेको भ्रम फैलाउन उनीहरूले यस्तो प्रचारयुद्ध गरेका हुन् । अनि चिनियाँ कम्युनिस्ट पार्टीलाई पहिलेको नाजी पार्टीसँग जोडेर चीनको छवि संसारभर नै धमिल्याउन उनीहरूले त्यसो गरेका हुन् ।
विदेश सचिवको पदबाट बिदा हुनुअघि पम्पेओले चिकपामाथि ‘आमनरसंहार’ को आरोप लगाएर लामै कूटनीतिक भाषण दिएका थिए । भाषणमा उनले कपोलकल्पित र एकपक्षीय सूचनाजस्तै सिन्च्याङ उइगुर स्वशासित क्षेत्रमा दस लाखभन्दा बढी उइगुरहरूलाई मनपरी कैद बनाइएको (नाजी जर्मनीले हत्या गरेका यहुदीहरूको सङ्ख्या पनि उति नै थियो), यातना दिएको, जबरजस्ती श्रम गराएको, अनिवार्यरूपमा बन्ध्याकरण गरेको र गर्भपतन गराएको, उइगुर बालबालिकालाई आफ्नो परिवारबाट अलग गरेको जस्ता आरोप लगाएका छन् । संरा अमेरिकाको सरकारले उइगुर आदिवासी समूहलाई दोस्रो विश्वयुद्धताकाका यहुदी समूहसँग तुलना गरेका छन् ।
नयाँ प्रचार रणनीतिको पहिलो कदम आमनरसंहारजस्तो नाजी अत्याचारसँग चिकपालाई पनि जोड्नु हो । सन् १९३०–४० को दशकमा ‘आमनरसंहार’ शब्दलाई सीधै जर्मनीको नाजी पार्टीसँग जोडिन्थ्यो । सन् १९४८ को डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घको महासभाले आमनरसंहार अपराध रोकथाम र सजायसम्बन्धी महासन्धि पारित ग¥यो । दोस्रो विश्वयुद्धको बेलामा भएका नाजी अत्याचारको सन्दर्भमा सो सन्धिमा ‘आमनरसंहार’ शब्दलाई ‘कुनै पनि राष्ट्र, जाति, सम्प्रदाय वा धार्मिक समूहलाई समूहका सदस्यको हत्या गरेर, शारीरिक वा मानसिकरूपमा गम्भीर क्षति पु¥याएर सम्पूर्णरूपमा वा आंशिकरूपमा ध्वस्त गर्ने अभिप्रायले गरिएको गतिविधि, सम्पूर्ण वा आंशिकरूपमा कुनै पनि समूहलाई सखाप पार्ने हिसाबले उनीहरूको भौतिक अवस्था बिगार्ने, जन्म दरमा निषेध गर्ने हिसाबले विभिन्न प्रावधान थोपर्नु र समूहका बालबालिकालाई जबरजस्ती अर्को समूहमा स्थानान्तरण गर्नु’ भनी परिभाषित गरिएको छ ।
विदेश सचिवको पदबाट बिदा हुनुअघि पम्पेओले चिकपामाथि ‘आमनरसंहार’ को आरोप लगाएर लामै कूटनीतिक भाषण दिएका थिए । भाषणमा उनले कपोलकल्पित र एकपक्षीय सूचनाजस्तै सिन्च्याङ उइगुर स्वशासित क्षेत्रमा दस लाखभन्दा बढी उइगुरहरूलाई मनपरी कैद बनाइएको (नाजी जर्मनीले हत्या गरेका यहुदीहरूको सङ्ख्या पनि उति नै थियो), यातना दिएको, जबरजस्ती श्रम गराएको, अनिवार्यरूपमा बन्ध्याकरण गरेको र गर्भपतन गराएको, उइगुर बालबालिकालाई आफ्नो परिवारबाट अलग गरेको जस्ता आरोप लगाएका छन् । संरा अमेरिकाको सरकारले उइगुर आदिवासी समूहलाई दोस्रो विश्वयुद्धताकाका यहुदी समूहसँग तुलना गरेका छन् । नाजी शासनबारे पश्चिमा तीतो सम्झनालाई ब्युँताउने यस्तो तुलना गरिएको हो । पश्चिमा देशका जनताको मानसपटलमा चीनप्रति गहिरो भयको बिजारोपण गर्ने उनीहरूको मनसाय हो ।
संरा अमेरिकी विदेश विभागका कानुनी सल्लाहकारहरूले सिन्च्याङमा ‘आमनरसंहार’ को कुनै प्रमाण नभएको बताइसकेका छन् । राजनीतिक नेता र सञ्चारमाध्यमहरूले भने विदेश विभागको अभिव्यक्तिलाई सुन नसुनेझैँ गरेको छ ।
यस्तो परिस्थितिमा विशेषतः संरा अमेरिकाका युरोपेली साथीहरू सम्मिलित अन्तर्राष्ट्रिय समुदायमाथि सांस्कृतिक सम्बन्ध, आर्थिक र व्यापारिक कारोबार गर्न नैतिक र सामाजिक दबाब पर्नेछ ।
संरा अमेरिकाले चीनलाई आफ्नो विश्वव्यापी प्रभुत्वमाथिको चुनौतीको रूपमा लिने गरेको छ । सन् २०२१ को मार्च २५ मा संरा अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन संसारकै सबभन्दा अगाडि, सबभन्दा धनी र सबभन्दा शक्तिशाली भएको आफूले सहन नसक्ने बताएका थिए । जब कि चीनले आफू सबभन्दा अगाडि, सबभन्दा धनी र सबभन्दा शक्तिशाली देश बन्ने कुरा कहिल्यै गरेको छैन ।
राष्ट्रपति बाइडेन र विदेश सचिव ब्लिनकेन दुवैले बहुपक्षीय अवधारणा अघि बढाउने बताएका छन् । उनीहरूको भनाइको तात्पर्य ‘प्रजातन्त्रको मोर्चाबन्दी’ गर्ने भन्ने हो ।
चिकपालाई ‘नाजी’ को उपमा दिन सके संरा अमेरिकाले आफ्ना साथी र अन्य देशहरूलाई पनि चीनविरुद्ध एकै ठाउँमा ल्याउन सकिन्छ । नाजीहरू आफ्नै देशभित्र मात्र आफ्ना नागरिकमाथि अत्याचार गरेकाले कुख्यात थिएनन्, बरु संसारभरका ३० भन्दा बढी देशमा उनीहरूले उपद्रव मच्चाएका थिए । ‘चीनले नयाँ विश्वयुद्ध उछाल्छ वा उछाल्दैन’ भन्ने विषयको बहसले चीनका छिमेकी देशहरूलाई आतङ्कित बनाउनेछ । त्यस अवस्थामा उनीहरू आफ्नो सुरक्षाको लागि संरा अमेरिकाको शरणमा जान सक्छन् । त्यसको आर्थिक र राजनीतिक लाभ भने संरा अमेरिकाले उठाउनेछ ।
यदि यो जालसाझी सफल भए चीन अन्तर्राष्ट्रिय समुदायबाट अलग हुनेछ । जसले चीनको विकासलाई प्रभावित बनाउनेछ । के चीन यस्तो खालको प्रचार युद्धको लागि तयारी अवस्थामा छ ? पक्कै छैन । तर, तयार नभई सुख पनि छैन ।
पेइचिङ रिभ्यु (सन् २०२१ अप्रिल १५) बाट अनुदित सामग्री
Leave a Reply