भर्खरै :

‘समकालीन विश्व’ बारे सामयिक चर्चा

कोभिड १९ महामारी विश्व मानव जातिका निम्ति ठूलो सङ्कट र चुनौति बन्यो । महामारीले विश्वव्यवस्था र आर्र्थिक अवस्था पूर्णतः प्रभावित बनायो । विकसितभन्दा विकसित राष्ट्रहरू महामारी व्यवस्थापनमा असफल बनिरहँदा समाजवादी देश चीन युरोपदेखि अफ्रिका, ल्याटिन अमेरिकादेखि एसियासम्मका देशहरूलाई सघाउँदै मानव जातिको रक्षार्थ अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह गर्दै थियो । संरा अमेरिकाले राष्ट्रिय सुरक्षाको नारा लगाउँदा चीन अन्तर्राष्ट्रिय सुरक्षाको मुद्दालाई महत्वकासाथ उठाउँदै थियो । विश्वले सन् २००८ पछिको ठूलो आर्थिक सङ्कट व्यहो¥यो । दोस्रो विश्वयुद्धपछि समकालीन विश्वले देखेको ठूलो आर्थिक सङ्कट सायद यही हो । विश्व अर्थतन्त्रले ऋणात्मक गति समायो । आजको विश्व अवस्था त्यही सेरोफेरोमा छ ।
आजको विश्व व्यवस्था, विश्वको सुरक्षा अवस्था अर्थतन्त्रबारे बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागद्वारा नियमित प्रकाशित Contemporary World को अध्ययन अत्यन्त उपयोगी हुनेछ । चीनका प्राज्ञ र विज्ञहरूको लेखहरू सङ्कलित यस बुलेटिन आजको विश्व हेर्ने ऐना हो भन्दा अत्युक्ति नहोला । विश्व व्यवस्थामा चीनको स्थान, विश्व सुरक्षा मामिलामा चीनको भूमिका, अन्तर्राष्ट्रिय सम्बन्ध, विश्व अर्थतन्त्रमा चीनको योगदानबारे बुलेटिनले प्रस्ट तथ्य प्रस्तुत गर्दछ । कोभिड महामारीसँग लड्न छोडेर विश्वमा आप्mनो वर्चश्व र प्रभुत्वको चिन्ता गर्ने संरा अमेरिकाको अन्तर्राष्ट्रिय मामिला नीति विश्व व्यवस्था र शान्तिको पक्षमा छैन । आजको अमेरिका पनि मुनरोको ‘अमेरिका प्रथम’ को जिद्धी नीति अघि बढाउँदैछ । हातहतियारको व्यापार र लगानी चुस्त बनाउँदैछ । सेना विस्तार गर्दैछ । पछिल्लो समय एसिया प्रशान्त क्षेत्रमा अशान्तिको बीउ हिन्द प्रशान्त रणनीतिले अघि बढाएको देखिन्छ । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (MCC) मार्फत हिन्द–प्रशान्त क्षेत्रमा युद्ध भड्काउने योजनामा छ । त्यतिमात्र होइन विश्वमै सैन्य विस्तार र अभ्यासलाई जोड दिइरहेको शब्ददृश्य बुलेटिनले प्रस्तुत गर्दछ । त्यसकारण, बुलेटिनको चर्चा सामयिक होला ।
चिनियाँ कम्युनिस्ट पार्टीले १०० वर्ष पूरा ग¥यो । देशको प्रजातान्त्रिक आन्दोलनदेखि समाजवादी आन्दोलनसम्मको नेतृत्व गर्दै चिकपा आजको विश्वमा समाजवाद जोगाउने र हुर्काउने सङ्घर्षमा छ । १०० वर्षमा आप्mनो पहिलो शताब्दी उद्देश्य चिकपाले पूरा ग¥यो । साथै, विश्वशान्ति र मानव जातिको प्रगतिको निम्ति निरन्तर अघि बढ्दैछ । सन् २०१२ को १८ औँ चिकपा राष्ट्रिय काङ्ग्रेसबाट राष्ट्रपति चुनिनुभएका सी चिन फिङको नेतृत्वमा विशेषतः विश्वसँग चीनको सम्बन्ध बलियो बनाउने अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाउने कार्यलाई विशेष महत्व दिइयो । विश्वका राजनीतिक दलहरूसँग अन्तरक्रिया अन्तर्राष्ट्रिय अवस्थाको अध्ययन, मित्रहरूको विश्वव्यापी सञ्जाल निर्माणसँगै चिकपाको साँचो परिचय विश्वसमक्ष राख्न नेता सीले मेहनत गर्नुभयो । नयाँ युगमा चीन चिनियाँ विशेषतासहितको समाजवादी देशको रूपमा बलियोसँग उदाउनेछ । कोभिड महामारीसँग जुभ्mन पनि चीनले विश्वका राजनीतिक दलहरूसँग सरसल्लाह ग¥यो । आप्mनो अनुभव विश्वसँग साट्यो, विश्वलाई विभिन्न हिसाबले सघायो । चीनको कुटनीतिमा मित्रवत् व्यवहार छ । आपूmसँगै विश्वका विकासशील मुलुकहरूलाई विकासको मार्गमा लाने चीनको कूटनीति असल छ । विश्वलाई आज पनि राजनीतिक परामर्शको आवश्यकताबोध चिकपा गर्छ । चीनको सार्वभौमिकता सुरक्षा विकासको चासोलाई पनि ध्यानमा राखी विश्व साझा भविष्यको निम्ति चीन खडा रहने विश्वमा अन्तर्राष्ट्रिय विभागका मन्त्री सोङ ताओ व्यक्त गर्छन् । चीनले हुर्काइरहेको समाजवादको बाटो, सिद्धान्त, प्रणाली र समाजवादी संस्कारबाटै आउने शताब्दीको उद्देश्य पूरा हुने अभिव्यक्ति पनि छ । आधुनिक र शक्तिशाली समाजवादी देश निर्माणसँगै दोस्रो शताब्दी उद्देश्यका निम्ति चिकपा अघि बढिरहेको छ । बुलेटिनमा चीनको भव्य उदयबारे चर्चा छ । चीन आजको विश्वको शोभा मात्र होइन भविष्य पनि हो ।
सन् २०२० मा विश्वले निकै उतारचढावको सामना ग¥यो । कोभिड महामारीको पहिलो भेरियन्ट २१० देशहरूमा फैलियो । करिब ७ अर्ब मानिसहरू सङ्क्रमित बने । दोस्रो विश्वयुद्धदेखि अत्यन्त भयानक स्वास्थ्य सङ्कट विश्वले सामना गर्न प¥यो । त्योसँगै आर्थिक विकास, सामाजिक स्थायित्व, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्ध पनि खल्बलियो । विश्वको आपूर्ति चक्र, औद्योगिक उत्पादन चक्र, मूल्य चक्र, विश्व बजारमा कोलाहल मच्चियो । करोडौँ जनता उच्च गरिबीमा झरे । बेरोजगारी समस्याको लेखाजोखा नै रहेन । कोभिड महामारीसँगै भोकको महामारीको प्रताडना चर्को बन्यो । विकसित भनिएका अर्थतन्त्रको अवस्था नै नाजुक बनिरहेको अवस्थामा विकासोन्मुख अर्थतन्त्र जोगाउन मुस्किल नै बन्यो ।
पश्चिमी अर्थतन्त्रको नेतृत्व गर्ने संरा अमेरिका र युरोपले ठूलो क्षति व्यहो¥यो । सुरुआतमै युरोपको कुल गार्हस्थ उत्पादन ८ प्रतिशतले खुम्चियो । मुद्रास्फिति ०.३ प्रतिशतले बढ्यो । आर्थिक वृद्धि महामारी पूर्वको भन्दा निकै तल झ¥यो । संरा अमेरिकाको अवस्था झन नाजुक थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्व आर्थिक अनुसन्धानले भने चीनको अर्थतन्त्रमा छिटो सुधार र प्रगति भइरहेको तथ्याङ्क सार्वजनिक ग¥यो । भारतमा अवस्था नियन्त्रणभन्दा बाहिर थियो ।
महामारीकै समयमा संरा अमेरिका लगायतका पश्चिमा मुलुकहरूले एकध्रुवीय र संरक्षणवादी नीति समायो, अन्तर्राष्ट्रिय विश्व व्यवस्था र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन ग¥यो । विश्व स्वास्थ्य सङ्गठनजस्तो अरबौँ मानिसहरूको आशाको केन्द्र सुस्त एवम् पक्षघातग्रस्त बन्यो । विश्वमा देखिएको सङ्कटसँगै विश्व दुई धु्रवमा विभाजित जस्तै भयो– पुँजीवादी विश्व र समाजवादी विश्व । पुँजीवाद र साम्राज्यवादले आप्mनो प्रभुत्व कायम राख्नको लागि हातहतियार र नयाँ प्रविधिसम्पन्न हातहतियार निर्माणमा जोड दियो । बुलेटिनमा लेखिएअनुसार सन् २००२ मै संरा अमेरिकाले ७३ करोड ८० लाख अमेरिकी डलर सैन्य बजेट थप ग¥यो । सैन्य बजेटमा यो विश्वकै उच्च आँकडा हो । आप्mना हतियार व्यापार गर्ने देशहरूसँगको सम्बन्ध बलियो बनायो । अन्तरिक्ष शक्ति ध्वजा डेब्यू ग¥यो । हतियार निर्माण र अविष्कारको दौडमा लाग्यो । सबैभन्दा महत्वपूर्ण त आप्mनो विश्वव्यापी सैन्य रणनीति बनायो । पहिलो, उसले युरोपमा आप्mनो सैन्य उपस्थिति घटायो । दोस्रो, २५०० सेना जवान इराक र अप्mगानिस्तानबाट फर्कायो । तेस्रो, थुप्रै सैन्य टुकडी एसिया पठायो ।  ँघछ लडाकू विमान जापानको सैन्य आधार क्षेत्रमा तैनाथ ग¥यो । नोभेम्बर संरा अमेरिकाले एसिया क्षेत्रमा सैन्य तैनाथ गर्ने घोषणा गरेको थियो । विश्व अर्थतन्त्रमा आप्mनो गुम्दै गरेको स्थान प्राप्तिका लागि ट्रम्पले पनि ‘अमेरिका प्रथम’ कै नारा दियो, एकपक्षीयता हुर्कायो । सेना र अर्थतन्त्रमा युरोपसँग नै संरा अमेरिकाको दूरी बढिरहेको थियो । त्यहिबीच पेरिस सम्झौता र इन्टरमेडिएट रेञ्ज आणविक ऊर्जा सन्धि (INF Treaty) ग¥यो । युरोप सैन्य रणनीतिमा आत्मनिर्भर बन्न खोज्दा संरा अमेरिकाले बढावा दियो । एट्लान्टिक क्षेत्रमा सुरक्षाको लागि युरोपको ठूलो जिम्मेवारी छ ।
कोभिड–१९ को सन्दर्भमा संरा अमेरिकाले छिमेकी मारा नीति Begger-thy- Neighbor) लियो अर्थात् आप्mनो फाइदाको लागि छिमेकलाई नोक्सान पु¥याउने नीति । युरोपले त्यो महसुस ग¥यो । युरोप भने अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थाका आधारहरू खुला व्यापार, बहुपक्षीयता, अन्तर्राष्ट्रिय कानुनको पालना गर्दैथियो । साथै व्यापार असमझदारी सुल्टाउन वार्ता र छलफललाई अघि बढाउँदै थियो । युरोप एकअर्कामा भरपर्ने र विश्वव्यापी अर्थतन्त्र निर्माणको पक्षमा एकपक्षीयताको विपक्षमा खडा रह्यो । विश्व व्यापार सङ्गठनको पुनर्गठन प्रगतिशील ढङ्गबाट होस् भन्ने अडान पनि लियो । संरा अमेरिका रूसको सम्बन्ध पनि खस्कँदो बन्यो । सन् २०१० मा रूससँग भएको खुला आकाश सन्धिको आयु २०१० मा सकिँदै थियो । परामर्श र छलफलविना ट्रम्प प्रशासनले त्यसको पुनः नयाँ सुरुआत गरेपछि रूस पछाडि हटेको बुभ्mन सकिन्छ । रूसमा पनि आप्mनो सैन्य प्रभुत्व कायम राख्ने गलत मनसाय संरा अमेरिकासँग थियो । रूसको विरुद्धमा चालेको कदमपछि संरा अमेरिकाले नाटो विस्तार, युक्रेन सङ्कट, इरानका आणविक मुद्दा र सिरिया सङ्कटको सामना गर्नुप¥यो । साइवरस्पेस, समुद्र र धु्रवीय क्षेत्रहरूको सवालमा पनि रूस र संरा अमेरिकाबीच असमझदारी छन् ।
चीनसँग भने रूसले राम्रो सम्बन्ध विस्तार गरेको छ । आपसी सहकार्य, सहयोग र समन्वयको सम्बन्ध विकास गरेको छ । अन्तर्राष्ट्रिय व्यापारका लागि, विश्व सङ्कटसँगको सामना, कोभिडविरुद्ध मानवजातिको लडाइँका लागि चीन, रूसले विभिन्न माध्यमबाट सहकार्य ग¥यो । संरा अमेरिकाले लगाएको ‘चाइना भाइरस’ जस्तो बेतुकको फतुरविरुद्ध रूसी राष्ट्रपति पुटिन खनिएका थिए । उतारचढावसहितको वर्तमान विश्वमा रूस र चीनको साझेदारीले राम्रो भविष्यतिर डो¥याउने विश्वास लिन सकिन्छ । विश्व व्यवस्थामा संरा अमेरिका चीनप्रति दुश्मनी र प्रतिद्वन्द्वी भावनासहित अघि बढिरहेको प्रस्ट छ । संरा अमेरिकाको रणनीतिक पाइलाहरूले त्यही बताउँछ । चीन र संरा अमेरिकाको बदलिएको शक्ति सन्तुलनका कारण संरा अमेरिका चीनलाई पहिलो र प्राथमिक चुनौतिका रूपमा हेर्छ । कोभिड १९ महामारीको समयमा अमेरिकी बुद्धिजीवीहरू विश्वमा चीनविरोधी भावना फैलाउने कसरतमा लागे । विश्वले दुई प्रणालीको व्यवहार कोभिड महामारीसँग लड्दालड्दै अनुभव ग¥यो । मानव सभ्यताको भविष्यका निम्ति समाजवादी व्यवस्था र प्रणालीको योगदान विश्वले चर्चा ग¥यो । चीनलाई विश्वले आशा र प्रेमपूर्वक हेरिरहेको बेला संरा अमेरिकाले अगष्टमा हुवावे प्रविधिहरूमाथि नाकाबन्दी लगायो । सेप्टेम्बरमा चीनको बौद्धिक कार्य र क्षमता विश्व रिपोर्ट सार्वजनिक ग¥यो र विश्वलाई चीनसँगको प्रविधि सम्बन्ध पुनर्विचार गर्न उक्सायो । चीनलाई ‘पुस्ताकै खतरा’ भन्दै चीनसँग जोडिएका औद्योगिक देशहरूको आपूर्ति रोक्न उक्सायो । चीनको लगानीहरूमा अवरोधहरू सृजना ग¥यो । उच्च प्रविधि, उदाउँदो उद्योगहरू, व्यापार असमझदारीको हल, साइबर सुरक्षा र जनता–जनताबीचको आदानप्रदानबाट चीनले जवाफ फर्काएको छ । संरा अमेरिकाले चीनको घरेलु मामिलामा पनि हस्तक्षेप ग¥यो । थाइवान, हङ्कङ र सिङचियाङ मामिलामा ठाडो हस्तक्षेप गरी चीनको शान्ति भड्काउने कुत्सित प्रयत्न गर्याे । बुलेटिनले यही भन्छ ।
एसिया–प्रशान्त र चीनको छिमेकी क्षेत्रमा संरा अमेरिका गृहयुद्धको मानसिकताले आइरहेको छ । आप्mनो विश्व प्रभुत्व जोगाउन हिन्द–प्रशान्त रणनीतिको माध्यमबाट भूराजनीतिक अवस्था खल्बल्याउने चालबाजी गर्दैछ, हमलाको तयारी गर्दैछ । संरा अमेरिका अन्तर्राष्ट्रिय वित्तीय सहकार्यको लाभबारे पनि चर्चा गर्दैछ । मिलिनियम च्यालेञ्ज कर्पोरेसन्स र अरू विकास वित्तीय संस्थाहरूलाई हिन्द–प्रशान्त रणनीति अघि बढाउने माध्यम बनाइएको छ । बुलेटिनमा प्रशान्त क्षेत्र आर्थिक सहकार्यका लागि चिनियाँ राष्ट्रिय समितिका अध्यक्ष सु गेले एमसीसी र हिन्दप्रशान्त रणनीतिबारे यसरी प्रस्ट लेखेका छन् । त्यसकारण, नेपालमा एमसीसीलाई संसदबाट अनुमोदन हुनदिनु भनेको सम्पूर्ण एसिया प्रशान्त क्षेत्रकै निम्ति खतरापूर्ण छ । चीनका विज्ञहरूको भनाइले त्यही प्रस्टिन्छ ।
अक्टोबरको अन्त्यतिर संरा अमेरिकाले आधारभूत आदानप्रदान र सहकार्य सम्झौता भारतसँग ग¥यो । त्यो सम्झौता सैन्य सहकार्य बलियो बनाउनका निम्ति थियो । बुुलेटिनमा प्रकाशित यो जानकारीबाट के थाहा हुन्छ भने भारतलाई हातमा लिएर एसिया–प्रशान्त क्षेत्रमा अमेरिकी सेना तैनाथ राख्ने र असुुरक्षा पैदा गर्ने प्रयत्न संरा अमेरिकाले गरेको छ । त्यतिमात्र होइन चीनविरुद्ध खडा हुन अष्ट्रेलियालाई संरा अमेरिकाले हातमा लियो । नोभेम्बरको सुरुआतमै संरा अमेरिका, जापान, भारत र अष्ट्रेलिया मिलेर स्थल सेनाको युद्ध अभ्यास थाल्यो । जसलाई बङ्गालको खाडीमा मालाबार अभ्यास २०२० को नाम दिइयो । अष्ट्रेलियालाई अगाडि राखेर सैन्य मोर्चाबन्दी गरेको देखिन्छ । जुन हिन्द–प्रशान्त रणनीति अन्तर्गतको योजना हो । हिन्द–प्रशान्त रणनीतिले एसियामा “मिनी–नाटो” को योजना बनाएको छ । यसरी बुलेटिनका अनुसार संरा अमेरिकाको हिन्द प्रशान्त रणनीति चीन विरोधी सैन्य अभ्यास त हो नै यसले सम्पूर्ण एसिया–प्रशान्त क्षेत्रलाई नोक्सान पु¥याउनेछ । चीनका छिमेकहरूलाई आर्थिक सहयोग दिएर सेना निर्यात गर्ने युद्धको तयारी गर्ने संरा अमेरिकाको मानसिकताबारे बुलेटिनले स्पष्ट पार्छ ।
संरा अमेरिकाका दक्षिण चीन सागरमा स्थल सेना मिसनदेखि हवाई हमला शक्तिको प्रदर्शन गर्दैछ । आसियान देशहरूलाई चीनविरुद्ध भड्काउन संरा अमेरिकाले कुनै कसर बाँकी छाडेको छैन । यद्यपि, कोभिड – १९ महामारीविरुद्ध लड्ने क्रममा जापान र चीनबीच सहकार्यको सम्बन्ध अगाडि बढ्यो । चीनको छिमेक नीतिविरुद्ध संरा अमेरिकाले बोल्दै हिँड्यो । साथै, संरा अमेरिकी प्रशासन ‘एक चीन नीति’ विरुद्ध हस्तक्षेप गर्न रोकिएन । सन् २०२० मा एसिया प्रशान्त क्षेत्रमा अरु थुप्रै द्वन्द्व, चुनौती र राजनीतिक चुनौतीहरू उत्पन्न भए । पूर्वी एसियाली देशहरूमा त पूर्णतः राजनीतिक परिवर्तन देखियो । जापानमा नयाँ प्रधानमन्त्री आए । टोक्यो ओलम्पिक स¥यो । सिन्जो आबे, योसिहिडे सुगाको राजिनामाले ठूलो समस्या निम्त्यायो । कोरियाली प्रायःद्विपको असुरक्षा अझै चुलियो । संरा अमेरिका र प्रजग कोरियाबीचको लडाइँ अद्यापि छ । अप्mगानिस्तानमा शान्ति र निर्माणको सम्भावना झिनो छ । दक्षिण पूर्वी एसियाको भारतमा नागरिकता संशोधनको नीतिले अल्पसङ्ख्यक मुस्लिमहरूले अधिकार खोसियो, देशैभरी आन्दोलन उठ्यो । छिमेकमा भइरहेको द्वन्द्वले प्रभाव पर्नु स्वाभाविक हो । कोभिड १९ सँग विश्व जुझिरहेका बेला भारत विदेशी शक्तिको उक्साइमा गलवान क्षेत्रमा सीमा विवाद गर्न उत्रेको थियो । यी यस्ता थुप्रै परिदृश्यहरूले एसिया क्षेत्रको राजनीतिक कोलाहल र अशान्ति प्रतिबिम्बित गर्छ ।
एसियामात्र होइन उत्तर अमेरिका र अफ्रिकाको अवस्थापनि उस्तै छ । युद्धहरूले थलिएका अर्थतन्त्रहरू उठ्न नपाउँदै कोभिडले पुनः गाँजेको छ विश्वलाई । सबैतिर अशान्ति रोप्ने र युद्ध भड्काउने साझा शक्ति भने संरा अमेरिका नै देखियो । लामो समय विश्वमा राज गरेको संरा अमेरिकालाई आप्mनो स्थान गुम्ने डर भने बढेकै छ । विश्वमा चीनले आप्mनो कर्तव्य निर्वाह गर्न सधँै अग्रसरता देखायो । बहुपक्षीय, सहकार्य र साझेदारीबाट मित्रताको एउटै मालामा देशहरूलाई उन्ने चीनको नीति, चीनको विदेश नीतिले चीनलाई मनपराइयो । ब्रिक्स र G20 जस्ता सम्मेलनहरूमा चीनले देशहरूको सार्वभौमिकताको सवाललाई महत्व दिएर अडान लियो । विश्वमा शक्ति राजनीतिको खिलाफमा मतदान ग¥यो । एकपक्षीयताको घमण्ड र सर्वश्रेष्ठ हुनुको दम्भले साना राष्ट्रहरूलाई पेल्ने संरा अमेरिकी प्रवृत्तिविरुद्ध खडा रह्यो ।
आजको विश्वमा देखिएको उतारचढाव र खलबलीले पूर्वको शानदार विजय र उदय प्रस्ट देखाउँछ । भूराजनीतिक परिवर्तनले पश्चिमको पतनको सङ्केत गरिरहेको स्पष्ट छ । संरा अमेरिकाले धमिलो बनाएको विश्व राजनीतिमा सकारात्मक ऊर्जाको सञ्चार भने चीनले गर्दैछ । विश्वले त्यसकारण पनि चीनलाई स्यावासी दिइरहेको छ ।
कोेभिड – १९ महामारीले उदाङ्गो बनाएको पश्चिमा अर्थतन्त्रका कारण पनि संरा अमेरिकालाई आप्mनो स्थान गुम्ने डर बढेको सत्य हो । सन् २०२० मा विश्वव्यापी आर्थिक वृद्धि ऋणात्मक ४.४ प्रतिशत थियो, दोस्रो विश्वयुद्धकालीन समत्र्न्दा कम । विकसित देशहरूको आर्थिक वृद्धि ऋणात्मक ९.८ प्रतिशत र संरा अमेरिकाको ऋणात्मक ४.३ प्रतिशतमा सङ्कुचन भएको थियोे । विश्वमा एसियाको एउटै देश चीनले अर्थतन्त्रमा चाँडो सुधार ग¥यो र आर्थिक वृद्धि १.९ प्रतिशत पु¥यायो । उत्पादन, रोजगारी सृजना, कोभिड भ्याक्सिन उत्पादन भोकमरीबाट बचाउने, मानिसको जीवन जोगाउने सूचकहरूमा चीन अगाडि प¥यो । संरा अमेरिका फेरि पनि सेना र हातहतियारलाई प्राथमिकता दिइरह्यो । संरा अमेरिकाको डलरको मूल्य निकै घट्यो र चीनको RMB  को मूल्य बढ्यो । विश्वमा यसले बेग्लै तरङ्ग पनि ल्यायो । डलर कूटनीति, डलर सर्वश्रेष्ठताकोे आडमा बनेको अर्थतन्त्रको घर ढल्दैथियो । त्यसकारण संरा अमेरिका अन्तर्राष्ट्रिय सुरक्षा प्रणाली खल्बल्याउँदै छ । समुद्र, पोलार क्षेत्र, बायोविज्ञानका क्षेत्रहरू कब्जा गर्ने नियतवश चालहरू चाल्दैछ । एक किसिमले सैन्य प्रविधिको विश्वमा प्रतिस्पर्धा उसको प्राथमिकता हो । आप्mनो क्षेत्रका देशहरू सघाउन छोडेर चिनियाँ भूमिमा युद्ध थोप्ने मानसिकता निश्चय नै चिनियाँ जनताको निम्ति अस्वीकार्य छ । चीनको छिमेक सुरक्षा वातावरणमा निरन्तरको हमलाविरुद्ध पनि चीनले विभिन्न रूपमा प्रतिकार गरेको छ ।
कोभिड १९ महामारीमा पश्चिमा विश्वको आर्थिक बन्दोबस्त, नवउदारवादी अर्थनीति उदाङ्गियो र राष्ट्रिय अर्थतन्त्रमा राज्यको हस्तक्षेप अर्थात् सर्वोच्चताको विषयमा पुनः बहस र छलफल सुरु भयो । चिनियाँ विशेषतासहितको समाजवादी अर्थव्यवस्था र नीतिबारे चर्चा भयो । विश्व शान्ति र सुशासनको निम्ति चीनको भूमिका बेजोडको छ । १०० वर्ष पुगेको चिकपाको सिद्धान्त र संस्कारका कारण चीन विश्वलाई नेतृत्व गर्ने चरणमा आइपुगेको छ । युद्ध, हिंसा, हमला, हस्तक्षेपविरुद्ध सहकार्य, सहअस्तित्व र साझेदारीको अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्दैछ । कोभिड महामारी व्यवस्थापनमा सफल चीनको सैद्धान्तिक र व्यावहारिक पक्षहरू बुलेटिनले उजागर गर्दछ ।
यसरी आजको विश्व व्यवस्था र सुरक्षा अवस्था चुनौती र समाधानका उपायहरूबारे जानकारी प्राप्त गर्न बुलेटिन ‘समकालीन विश्व’ अत्यन्त पठनीय छ । बुलेटिनले पतनोन्मुख पश्चिम र उदाउँदो पूर्वको तथ्यसहित स्पष्ट तस्बिर प्रस्तुत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *