भर्खरै :

नेमकिपाको जुलुस संयुक्त होइन

सरकारले फागुन ४ गते संसद्मा एमसीसी सम्झौतालाई टेबल गर्ने समाचार विभिन्न मिडियाबाट बाहिर आयो । नेमकिपाले एमसीसीको विरोधमा कोटेश्वरबाट जुलुस गरी मिनभवन अगाडि धर्ना र सभा गर्ने निर्णयअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाट कार्यकर्ताहरू कोटेश्वरमा ११ः३० बजेदेखि जम्मा हुन थाले र दिनको १२ः१५ बजेतिर जुलुस बानेश्वरतर्फ अगाडि बढ्यो ।
निषेधित गरिएको बानेश्वर अगाडि नेमकिपाले धर्ना र सभा ग¥यो । सभामा पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवाल, केन्द्रीय सदस्यहरू डिल्लीप्रसाद काफ्ले, सृजना सैँजू, राजवीर डंगोल तथा जनवर्गीय सङ्गठनका सदस्यहरूले एमसीसी समझौताका बुँदा बुँदा केलाएर सम्झौता देशघाती भएको स्पष्ट पारे । एक राजनीतिक कक्षाकै रूपमा विरोध कार्यक्रम गरेर वक्ताहरूले सरकार र सांसदहरूलाई खबरदारी गरे । उक्त सम्झौता संसद्मा टेबल नगर्न र राष्ट्रघाती बिल्ला नभिर्न सभाबाट सांसदहरूलाई खबरदारी गरे ।
नेमकिपाका हजारौँ नेता, कार्यकर्ता र समर्थकहरू पार्टीको हँसिया–हथौडासहितको लालझन्डा , जनवर्गीय सङ्गठनका झन्डा र पार्टीको चुनाव चिह्न मादल अङ्कित झन्डाहरु बोकेर जुलुस र धर्नामा सहभागी भए ।
कार्यक्रम नेमकिपाको एकल शान्तिपूर्ण, भद्र, सभ्य र भव्य प्रदर्शनको रूपमा सफल भएको थियो । सभाको अनुशासन र संयमता देखेर त्यो कार्यक्रम नेमकिपाको हो भनेर थाहा नहुने सायदै कम होला । तर, इमेज च्यानलले त्यस कार्यक्रमलाई नेकपा समाजवादी र नेमकिपाको संयुक्त कार्यक्रम भनेर झूटा समाचार प्रसारण ग¥यो । यसले जनतामा एक प्रकारको भ्रम सृजना हुनु स्वाभाविक छ । त्यस समाचारले नेमकिपाको देशभक्तिपूर्ण आन्दोलनलाई ढाकछोप गर्ने दुस्प्रयास गरेको छ । गलत समाचारप्रति म खेद व्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *