तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, ६ फागुन । देश हितविपरीतको एमसीसी सम्झौताविरुद्ध शुक्रबार पनि देशका विभिन्न ठाउँमा विरोध जुलुस, सभा तथा धर्ना सम्पन्न भयो । एमसीसी सम्झौता संसद्मा शुक्रबार टेबुल हुने चर्चासँगै नेपाल मजदुर किसान पार्टीको आह्वानमा उक्त विरोध जुलुस एवं सभा भएको हो ।
देशघाती एमसीसी सम्झौता खारेजीको नारा लगाउँदै काठमाडौँ कोटेश्वर चोकबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरमा पुगेर धर्ना र विरोध सभामा परिणत भएको थियो । संसद् बैठक चल्दै गर्दा संसद् भवन परिसरमा नेमकिपाका नेता–कार्यकर्तासहित हजारौँ सर्वसाधारण जनताले एमसीसी संसदमा टेबुल नगर्न नाराबाजी गरिरहेका थिए ।
विरोध सभामा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले एमसीसीले देशमा बहुसङ्ख्यक देशभक्त जनता र राष्ट्रघाती दलाल शासकहरू गरी दुई कित्तामा विभाजन भएको चर्र्चा गर्दै नेपाली काङ्ग्रेसले विदेशी दलालहरूको नेतृत्व गरिरहेको र तिनीहरूलाई देशभक्त नेपाली जनताले परास्त गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनको वेभसाइटमा एमसीसीमार्फत अमेरिकी स्वार्थहरूको प्रवद्र्धन गर्ने भनी स्पष्टरूपमा लेखिएको हुनाले एमसीसी सहयोग राष्ट्रको हितमा नहुने प्रस्ट पार्दै उहाँले अमेरिकी स्वार्थ पूरा हुने परियोजनाले कुनै पनि देशको हित हुनसक्दैन भन्नुभयो ।
एमसीसीको प्रतिवेदनमा विश्वका करोडौँ जनताको जीवनस्तर उकास्न एमसीसीले सहयोग पु¥याइरहेको भनी उल्लेख गरे तापनि वास्तविकता त्यसको ठीकविपरीत रहेको देखिएको चर्चा गर्दै उहाँले केही करोड अमेरिकी डलरले ३ करोड नेपाली जनताको जीवनस्तर उकासिने कुरा हावागफबाहेक केही नभएको बताउनुभयो ।
अरू देशका करोडौँ जनताको जीवनस्तर उकासेको दाबी गरिरहेको संरा अमेरिकामा त्यहाँका करोडौँ आदिवासी, अफ्रिकी अमेरिकी र मिश्रित वर्णका जनता राज्यबाट विभेद, चरम गरिबी, घृणा र हिंसाका सिकार रहेको, कोरोना महामारीको क्रममा करोडौँ जनताले स्वास्थ्य बीमाको अभावमा उपचार पाउन नसकेको र लाखौँको उपचारको अभावमा मृत्यु भएको त्यहाँकै सञ्चारमाध्यमहरूले समाचार दिएको उल्लेख गर्दै सांसद सुवालले अमेरिकी सहयोग माछा मार्नका लागि बल्छीमा राखिएको गड्यौला वा मासुको टुक्राजस्तै हो भन्नुभयो ।
एमसीसी हिन्द प्रशान्त रणनीतिकै एक अङ्ग हो भनी हिन्द–प्रशान्त रणनीतिसम्बन्धी अमेरिकी हिन्द–प्रशान्त कमान्डको प्रतिवेदन २०१९ मा उल्लेख रहेको औँल्याउँदै उहाँले संसद् प्राङ्गणमा वासिङ्टन पुगेर एमसीसी सम्झौतामा हस्ताक्षर गरेर आएका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसित देशको सार्वभौमिकताविरुद्धको सम्झौतामा किन हस्ताक्षर गर्नुभयो भनी सोध्दा उहाँले “मलाई के थाहा मैले सबै पढेको भए पो ¤ खासमा तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महरा जाने कार्यक्रम थियो, कारणवश महरा जान नसकिने भयो भनेपछि म गएको थिएँ । त्यसमा के के छन् भनी थाहै थिएन” भनी जवाफ दिएको स्मरण सुनाउनुभयो ।
सांसद सुवालले देशभक्त नेपाली जनताले जिल्ला – जिल्लामा एमसीसी सम्झौता खारेजीको लागि दबाब दिनुपर्ने बताउँदै एमसीसी सम्झौता अमेरिकी हिन्द–प्रशान्त रणनीतिकै एक भाग भएको स्पष्ट पार्नुभयो ।
नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी समकक्षीलाई भेटेको तस्बिर र नेपाली सेनालाई सानोतिनो सहयोग गरेर अमेरिकी हिन्द–प्रशान्त कमान्डका प्रमुख नेपाल भ्रमण गरी केही सैनिक ब्यारेक अवलोकन गरेको फोटो राखेर नेपाल र श्रीलङ्कासहित यस क्षेत्रका ७९ राष्ट्र हिन्द–प्रशान्त सैन्य गठबन्धनको सदस्य बनिसक्यो भनी अमेरिकी रक्षा विभागको वेभसाइटमा राखिएको उदाहरण दिँदै आज एमसीसी संसदबाट पारित भएपछि नेपाल एसियालाई ध्वस्त गर्ने अमेरिकी हिन्द–प्रशान्त रणनीतिको भाग बन्न जानेछ भन्नुभयो । उहाँले श्रीलङ्कामा देशको सार्वभौमिकताविरूद्ध हुने प्रतिवेदन त्यहाँका प्राध्यापकहरूको अध्ययन समितिले दिएपछि एमसीसी सम्झौता श्रीलङ्काले खारेज गरेको बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “३२ वर्ष यताको बहुदलमा प्राकृतिक स्रोत–साधन भारतलाई सुम्पेको र हाल एमसीसीमार्फत देशको सार्वभौमिकता भारत र अमेरिकालाई सुम्पिने कार्य गर्न लागेको हुँदा सम्झौता खारेज गर्नैैपर्छ ।
नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले एमसीसी सम्झौतामा देश हितविपरीतका कैयौँ बुँदाहरू रहेको स्पष्ट हुँदाहुँदै एमसीसी सम्झौता पारित गर्न देउवा सरकार र नेपाली काङ्ग्रेस जोड दिएर लाग्नुले विदेशी शक्तिहरूले देउवालाई सत्तामा पु¥याएको छर्लङ्ग हुन्छ भन्नुभयो ।
नेपाली काङ्ग्रेस र शेरबहादुर देउवाको प्रवृत्ति नै विदेशी पुँजीको अगाडि झुक्ने भारतपरस्त वा पश्चिमापरस्त रहँदै आएको स्पष्ट पार्दै उहाँले आफूलाई कम्युनिस्ट र क्रान्तिकारी दाबी गरेर नथाक्नेहरूले नेपाली काङ्ग्रेस र देउवालाई काँध थापेर बस्नु विडम्बना हो भन्नुभयो ।
नेमकिपाले सधैँ देश र जनताको हितका लागि राजनीतिक र वैचारिक सङ्घर्ष गर्दै आएको र नेमकिपाले राख्दै आएको अडान सही साबित भएको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले संरा अमेरिकाको जालझेलको पृष्ठभूमि थाहा नपाई शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसीमा हस्ताक्षर गरेको बताउँदै एमसीसी शुद्ध अमेरिकी सहयोगमात्र भएको भए विश्वभर एमसीसी र संरा अमेरिकाको विरोध हुने थिएन भन्नुभयो ।
एमसीसी सम्झौता पढ्दै नपढी र आफैले नबुझी कतिपय तथाकथित बुद्धिजीवी भन्नेहरूले एमसीसीको विरोध गर्नेहरूमाथि अनेक लाञ्छना लगाउनु आपत्तिजनक भएको बताउँदै उहाँले विश्व इतिहासमा आफ्नो देश र जनताको घात गरेका कुनै पनि राजनीतिक शक्ति वा पार्टी धेरै समय अस्तित्वमा नरहेको र एमसीसी पारित गर्ने दलहरूको स्थिति पनि त्यस्तै हुने औँल्याउनुभयो ।
उहाँले एमसीसीको समर्थन गर्नेले कि त बुझेकै छैन होइन भने विदेशी दलाली गरेर बुझ पचाइरहेको बताउँदै एमसीसी सम्झौता जे जस्तो भए पनि स्वीकार गर्नुपर्छ र लागू गर्नुपर्छ भन्नु नेपालले आत्मसमर्पण गर्नुपर्छ भन्नु हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले जनविरोधलाई बेवास्ता गर्दै शासक दलहरूले एमसीसी सम्झौता संसद्बाट पारित गरेमा जिल्ला – जिल्लाबाट त्यस्ता राष्ट्रघाती नेताहरू लखेटिने छन् भन्नुभयो ।
संविधानसभाले नेपालको संविधान २०७२ पारित गरिरहँदा संविधान जारी नगर्न भारतलगायत विभिन्न विदेशी शक्तिले दबाब सिर्जना गर्दा पनि त्यसको सामना गरेको स्मरण गर्दै उहाँले अमेरिकी दबाबमा एमसीसी सम्झौता खारेज गरी नेपाल एक स्वाधीन र सार्वभौम राष्ट्र हो भनी देखाउनुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका मिनबहादुर बाटाले एमसीसी सम्झौता पारित भएपछि सुरक्षा र विभिन्न बहानामा अमेरिकी सेना नेपाल आउनसक्ने र नेपाली जनताले अमेरिकी सेनाको अन्याय र अत्याचारको सिकार हुनुपर्नेछ भन्नुभयो । अमेरिकी सेना पुगेको र रहेको कुनै पनि देशमा विनाशबाहेक शान्ति, स्थायित्व र विकास नभएको उहाँले बताउनुभयो ।
कैलाली
नेमकिपा कैलालीले पनि एमसीसी सम्झौताको विरोधमा शुक्रबार जुलुससहित लम्कीमा सभाको आयोजना ग¥यो । सभामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले एमसीसी सम्झौता देशघाती भएकोले खारेज गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
एमसीसी सम्झौतासम्बन्धी कुनै विवाद सृजना भएमा नेपालको कानुन लागू नभई संरा अमेरिकी कानुन लागू हुने उल्लेख भएको स्पष्ट पार्दै उहाँले देशको कानुनभन्दा माथि विदेशीको कानुन नहुने स्पष्ट पार्नुभयो ।
“सहयोग भन्दैमा प्यास लाग्यो भनेर विष पिउनु घातक हुनेछ”, उहाँले भन्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले एमसीसी सम्झौताको पक्षमा बोल्नेहरू देशद्रोही हुन्, तिनीहरूलाई नेपाली जनताले एकदिन अवश्य सजाय दिनेछन् भन्नुभयो ।
कार्यक्रममा लक्ष्मी पुन, मोती बडुवाल र गगनबहादुर थापाले पनि बोल्नुभएको थियो ।
सुर्खेत
एमसीसी सम्झौताकै विरोधमा शुक्रबार सुर्खेतमा जुलुस प्रदर्शन गरी सभा भयो । नेमकिपा सुर्खेत जिल्ला समितिको आयोजनामा भएको कार्यक्रममा नेमकिपा सुर्खेतका सहसचिव शेरबहादुर शाहीले एमसीसी सम्झौता गरी नेपाली शासकहरूले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको दलाली गरिरहेको बताउनुभयो ।
एमसीसी सम्झौता साम्राज्यवादीहरूको सैन्य गठबन्धन भएको हुँदा उक्त सम्झौता पारित गर्न नहुने उहाँले बताउनुभयो ।
बाँकी पृष्ठ ८ मा
एमसीसीप्रति…
कार्यक्रममा गणेश खड्का, अकल राना, निरक शाहीलगायतले बोल्नुभएको थियो । सभामा बिजुकला रानाले एमसीसीविरोधी गीत प्रस्तुत गर्नुभएको थियो ।
चितवन
देशघाती एमसीसी सम्झौताको विरोधमा नेमकिपा चितवन जिल्ला समितिको आयोजनामा शुक्रबार जुलुस तथा सभा भयो ।
नारायणगढ चोकबाट सुरू भएको विरोध जुलुस मेनरोड, पुलचोक, सहिद चोक हुँदै लायन्स चोकमा पुगी सभामा परिणत भएको थियो ।
सभामा नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठले अमेरिकी साम्राज्यवाद तथा पश्चिमा शक्तिहरू एसियामा युद्ध थोपर्ने बदनियतसाथ लागिपरेको चर्चा गर्दै एमसीसी पारित भए नेपाल साम्राज्यवादीहरूको खेलमैदान हुनसक्ने खतरा औँल्याउनुभयो ।
एमसीसी संरा अमेरिकाका हिन्द–प्रशान्त सैन्य रणनीतिअन्तर्गत भएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घका ज्ञानेन्द्र चेपाङले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो । कार्यक्रममा अर्जुन प्रजा, पदम मगर, मोहन चेपाङ, विष्णु शर्मा, कृष्ण तामाङले एमसीसीको विरोधमा बोल्नुभएको थियो ।
Leave a Reply