भर्खरै :

चीनमा स्थानीय स्तरमै कोभिड सङ्क्रमित भेटिए

पेइचिङ, १८ फेब्रुअरी (सिन्ह्वा) । चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँका अधिकारीहरूले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका सहरहरूमा ती सङ्क्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो ।
तीमध्ये कतिपय नागरिकहरू बाहिरबाट आएका पनि रहेका छन् । सांघाइमा देशबाहिरबाट आएका केही सङ्क्रमितहरू फेला परेका पनि अधिकारीहरूले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी सङ्क्रमितहरू उपचाररत रहेका छन् । ती अधिकारीहरूका अनुसार तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ ।
चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो संक्रमण सर्न पाएको छैन । चीन सरकारले नागरिकहरूलाई कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *