भर्खरै :

नगर प्रमुख सुनिल प्रजापतिद्वारा ठूलो ब्यासीस्थित छोसो फल्चा उद्घाटन

भक्तपुर, ७ फागुन । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. २ ठूलो ब्यासीस्थित छोसो फल्चाको शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले जनताको सेवा गर्ने भावनाले जनताकै साथ र सहयोगमा विकास निर्माणका कामलाई अगाडि बढाएर भक्तपुरको मौलिक संरचनालाई जीवन्तता दिने प्रयासमा अग्रसर रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई १०० शøयाको अस्पताल नभएको भनी शिक्षा मन्त्रालयले नर्सिङको भर्नामा रोक लगाउनु केन्द्र सरकारको जनविरोधी काम भएको बताउँदै उहाँले भक्तपुर नपाले स्तरीय ख्वप अस्पतालबाट अन्तरङ्ग सेवा सुरु गरिसकेको, ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतनको भवन निर्माण भइरहेको, वडा–वडामा नियमितरूपमा स्वास्थ्य शिविर सञ्चालन, घरदैलो नर्सिङ सेवा सञ्चालनलगायतका गतिविधिहरू भइरहेको अवगत गराउनुभयो ।
हामी आप्mनै पौरखमा जीर्णोद्धार र पुनःनिर्माण भएको सम्पदाहरूप्रति गर्व गर्छौं भन्दै उहाँले नेपालको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रतामाथि गम्भीर आँच पुग्ने राष्ट्रिय हित तथा असंलग्न परराष्ट्र नीतिविपरीतको एमसीसी सम्झौता तत्काल खारेज गराउन नेमकिपाले खबरदारी जुलुस तथा सभाहरूको आयोजना गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाबाट सञ्चालित विविध गतिविधिबारे अवगत गराउँदै देको मिवा इतापाके आवास योजना छिटो सम्पन्न गर्ने तयारीमा रहेको बताउनुभयो ।
शिक्षासेवी बालमुकुन्द बासुकलाले भक्तपुरको शैक्षिक उन्नति र विकासमा नेमकिपाले खेलेको भूमिकामाथि प्रस्ट पार्दै भक्तपुर नपाले मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा खेलिरहेको भूमिका उल्लेखनीय भएको चर्चा गर्नुभयो ।
छोसो पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण बासुकलाले २०७८ वैशाख २० गतेबाट पुनःनिर्माण भएको पाटी रु. १४ लाख ८ हजार ३४७ बराबरको आर्थिक लागतमा पुनःनिर्माण सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा स्थानीय गणेशप्रसाद सुवाल, जनप्रतिनिधि श्यामसुन्दर मातां, नेक्रामहिला सङ्घ २ वडाका अध्यक्ष बबिमैयाँ लघु र राजकुमार लघुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *