‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
संरा अमेरिका आफ्नै देशका उत्पीडित, आदिवासी र गरिब जनतालाई मात्र होइन संसारका स्वाधीन र सार्वभौम मुलुकमा बम वर्षा गरेर, गोली चलाएर देशलाई खरानी पार्ने र जनतालाई नरसंहार गर्ने देश हो । अरु स्वाधीन र सार्वभौम देशमा सेना तैनाथ गरेर हिंसा र आतङ्क मचाउने देशका अमेरिकी राजदूत ¥यान्डी बेरीले एमसीसी परियोजनाको खारेजी माग गर्दै भइरहेको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक गतिविधि ठान्दै त्यसलाई कहिल्यै नस्वीकार्ने बताए । नेपाल सरकार र नेपालका राजनीतिक दललाई मात्र होइन चीनलाई समेत धम्की र चेतावनी दिन पछि नपर्ने अमेरिकीम विदेश मन्त्री बेरीले नेपालमा भइरहेको शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक देखेर आफै नेपाली जनतालाई हिंसात्मक आन्दोलन गर्न बल पु¥याउँदै छन् । एमसीसी सम्झौता खारेजीको माग गर्न नेपाल सरकार र सांसदहरूलाई ध्यानाकर्षण गर्दै विभिन्न राजनीतिक दलले सम्झौताका सर्तहरू प्रकाशमा आएदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आइरहेको घामझैँ छर्लङ्ग छ । एमसीसीको विरोधमा शान्तिपूर्ण ढङ्गबाटै नेपाल सरकारको मात्र होइन अमेरिकी दूतावासमार्फत अमेरिकी सरकारकै ध्यानाकर्षण गरिरहेको हो । तर, नेपाल सरकार र अमेरिकी सरकारले जनताको शान्तिपूर्ण र देशभक्तिपूर्ण आन्दोलनको सुनवाइ गरेका छैनन् ।
अमेरिकी सरकार र नेकाको नेतृत्वमा बनेको नेपाल सरकारले हिंसात्मक गतिविधि गर्ने वातावरण बनाउने काम नगरून् । एमसीसीको विरोधमा रहेका आन्दोलनकारीहरूको माग देशघाती एमसीसी सम्झौता फिर्ता गराउने हो । हालसम्म भइरहेको आन्दोलन शान्तिपूर्ण नै हो । देशघाती एमसीसी सम्झौताविरुद्ध आन्दोलन गर्नु नेपाली जनताको नैसर्गिक अधिकार हो । नेपालमा भइरहेको शान्तिपूर्ण आन्दोलनबारे अमेरिकी राजदूत बेरीले टाउको दुखाउनुपर्ने विषय होइन । अमेरिकी राजदूत बेरीको हिंसालाई उक्साउने गतिविधि कदापि स्वीकार्ने छैन भनी चेतावनी दिनु के शक्ति राष्ट्रको हुङ्कार होइन ? के नेपाली जनताले देशघाती परियोजनाको विरोध गर्न नपाउने ? के अमेरिकाको उठवसमा रहनु नेपालको लोकतन्त्र हो ? देशघाती एमसीसी परियोजनालाई आँखा चिम्ली समर्थन गर्नु के नेपालको बाध्यता हो ? अतः ‘हिंसात्मक गतिविधि स्वीकार्दैनौँ’ भन्ने अमेरिकी राजदूत बेरीको भनाइ सच्याइनुपर्छ ।
अमेरिकी राजदूत बेरीको यो टिप्पणी ‘नेपाल र नेपालीमाथि अर्को चेतावनी हो । छिमेकी वा महाशक्ति राष्ट्रले हाम्रो स्वतन्त्र परराष्ट्र नीतिमा हस्तक्षेप गर्नु निन्दनीय छ । कुनै देशको देशघाती सर्तसहितको परियोजना नेपालीलाई स्वीकार्य छैन, त्यसलाई आँखा चिम्लेर समर्थन गरिएन भनी अमेरिकाको गिद्देदृष्टि ठीक होइन । अमेरिकी राजदूत बेरीको टिप्पणी दुर्भाग्यपूर्ण छ । एकातिर अमेरिकी सरकार र अमेरिकी अधिकारीहरू नेपाल र नेपाली नेताहरूलाई धम्की दिएका छैनन् भनी स्पष्टीकरण दिइरहेका छन् भने अर्कोतिर त्यो धम्कीको स्वर सेलाउन नपाउँदै धम्की दोहो¥याइरहेका छन् । यो शक्तिशाली र प्रजातान्त्रिक भनिने देश अमेरिकालाई सुहाउँदैन ।
Leave a Reply