भर्खरै :

दैलेखमा एमसीसीविरुद्ध जुलुस र सभा

दैलेख, ७ फागुन । नेपाल मजदुर किसान पार्टी ठाटीकाँध दैलेखले शुक्रबार एमसीसीको विरोधमा जुलुस तथा सभाको आयोजना ग¥यो ।
ठाटीकाँध बजारमा सम्पन्न कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले देशघाती एमसीसी खारेज गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । महाकाली सन्धि पास गरेजस्तै एमसीसी पास गर्नसक्ने विचार व्यक्त गर्दै उहाँले गाउँ–गाउँमा सिंहदरबार जनताको लागि नभएर पुँजीपतिहरूका लागि आएको भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ दैलेखका अध्यक्ष केशव शाही, चामुन्डा विन्द्रासैनी नगरपालिका वडा न. ७ का वडाध्यक्ष इन्द्रप्रसाद चौलागाई, प्रेमबहादुर थापा र रवीन्द्र भण्डारीले पनि बोल्नुभयो ।
उक्त दिन ठाटीकाँध गाउँपालिका वडा न. ५ को मालिका मावि ठिमुरेमा नेक्राविसङ्घ दैलेख जिल्लाका अध्यक्ष केशव शाहीको उपस्थितिमा राजेन्द्र शाहीको अध्यक्षतामा मावि एकाइ समिति गठन गरियो ।
त्यस्तै ठाटीकाँध गाउँपालिका वडा न. ६ को मालिका मावि पाँचलामा नेक्राविसङ्घ दैलेख जिल्लाका उपाध्यक्ष रवीन्द्र भण्डारीको उपस्थितिमा गजेन्द्र साहीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरियो ।
सोही दिन ठाटीकाँध गाउँपालिकाको वडा न. १ मा भएको भेलामा रवीन्द्र भण्डारीले एमसीसीबारे प्रस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *