आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
रुससँगको सम्बन्ध सुमधुर बनाउने संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चाहनामाथि पानी खन्याउँदै गएको मंगलबार संरा अमेरिकाको प्रतिनिधि सभाले रुस, इरान र उत्तर कोरियामाथि नयाँ नाकाबन्दी थोपर्ने विधेयक पारित गरेको छ । सो विधेयकको पक्षमा ट्रम्पको रिपब्लिकन दल र डेमोक्रेट सांसदहरुले समेत आफ्नो समर्थनको मत व्यक्त गरेका छन् । प्रतिनिधि सभाबाट पारित भए पछि सो विधेयक अब सिनेटमा जानेछ, सिनेटबाट पारित भए राष्ट्रपति कार्यालयमा अनुमोदनको लागि पेश हुनेछ । राष्ट्रपतिसमक्ष विधेयक पेश हुँदा ट्रम्पसँग जम्मा दुई विकल्प हुनेछन्– विधेयक पारित गर्ने वा विशेषाधिकार प्रयोग गरी विधेयक पारित हुनबाट रोक्ने ।
रुसले सन् २०१४ मा क्रिमियालाई युक्रेनबाट अलग बनाएको र सन् २०१६ को राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको अभियोगमा रुसमाथि त्यस्तो नाकाबन्दी लगाउन लागिएको स्रोतको भनाई छ । तर सिनेटका केही सदस्यहरुले यसको विपक्षमा अभिमत दिएको हुनाले यो विधेयक त्यहाँभन्दा अघि बढ्ने सम्भावना पनि कम छ ।
कदाचित रिपब्लिकनको बहुमत भएको सिनेटबाट सो विधेयक पारित भए ट्रम्पले विधेयक पारित गर्ने वा विशेषाधिकार प्रयोग गर्ने विषयमा निर्णय गर्नुपर्नेछ । तर उनले लगाएको विशेषाधिकार सांसदहरुले फेरि पनि उल्टाउन भने अधिकार राख्दछन् ।
ट्रम्प सरकारले भने सो विधेयकमा मस्कोमाथि कुनै पनि खाले नाकाबन्दी फुकाउन व्यवस्थापिकाको अनुमति चाहिने भनी राखिएको प्रावधानको विरोध गरेको छ ।
‘उनले विधेयकको अध्ययन गरेर के गर्ने हो भन्ने कुराको शीघ्र निर्णय दिनेछन्’, ह्वाइट हाउसका प्रवक्ता साराह स्लान्डरले विधेयकबारे राष्ट्रपतिको भनाईबारे जिज्ञासा राख्दा भनिन् ।
ट्रम्पको छ महिने कार्यकालमा उनको रुससँगको सम्बन्ध सबभन्दा चर्चाको विषय बन्यो । चुनावको समयमा रुसी ह्याकरले उनको पक्षमा सहयोग गरेको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
रुसले भने अमेरिकी चुनावमा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आएको छ । ट्रम्पले पनि आफ्नो चुनावी अभियानमा रुसको कुनै हात नरहेको भन्दै आएका छन् । उनले आफूमाथिको आरोप राजनीतिक अभिप्रायले अभिप्रेरित भएको भन्दै खण्डन गर्दै आएका छन् ।
आफ्ना ट्वीटर स्टाटसहरुमा ट्रम्पले लगातार रुसका न्यायधिवक्ता जनरल जेफ सेस्सेन्स र एफबीआईका कार्यकारी निर्देशक एन्ड्रु मेककाबेको विरोध गर्दै आएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई सहयोग गर्न युक्रेनको मुद्दा उछालेको बताउँदै आएका छन् ।
टेलिसुर
Leave a Reply