भर्खरै :

युक्रेनमा सङ्कटकालको घोषणा

किभ, १२ फागुन (सिन्ह्वा) । युक्रेनमा सङ्कटकालको घोषणा गरिएको छ । यहाँको सरकारले बिहीबार सङ्कटकालको घोषणा गरेको जनाएको हो ।
युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि सङ्कटकालको घोषणा गरेको हो । यो सङ्कटकाल ३० दिनका लागि घोषणा गरिएको छ ।
बुधबारको संसद् बैठकले सो सङ्कटकाल पास गरेको हो । सो संसद्मा कायम रहेका ४५० जना सांसदमध्ये ३३५ ले सरकारले ल्याएको सङ्कटकालको पक्षमा मतदान गरेका थिए ।
पूर्वीयुक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताउँदै आएको यस अवस्थामा रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा युक्रेन सङ्कटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गर्नुभएको छ ।
पछिल्लो समयमा युक्रेनमा तनाव बढेको छ । अमेरिकालगायतका केही पश्चिमा देशले युक्रेनबाट आफ्ना कूटनीतिक कर्मचारी र नागरिक पनि फिर्ता लगेका छन् ।
रुसको सैन्य कारबाहीपछि युक्रेनद्वारा मार्सल लको घोषणा
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेन विरुद्ध रुसले सैन्य कारबाही सुरु गरेपछि देशमा मार्शल लको घोषणा गर्नुभएको छ । गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ ।
कीभमा बोरिस्पिल अन्तर्राष्ट्रिय विमानस्थल र सहरका अन्य ठाउँमा विस्फोटको आवाज सुनिएको सञ्चारमाध्यमले जनाएका छन् । नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।
पोल्याण्डद्वारा आपतकालीन नाटो परामर्शको लागि आह्वान
रुसले युक्रेनमा आक्रमण गरेपछि पोल्याण्डले बिहीबार नाटोलाई धारा–४ सक्रिय गर्न आग्रह गरेको छ । धारा–४ मा कुनै सदस्यलाई धम्की दिएमा आपतकालीन परामर्शको लागि आह्वान गर्ने प्रावधान छ ।
“नाटोका महासचिवलाई सहयोगीको समूहसँग अनुरोध पेश गरेको छ, पोल्याण्ड सरकारका प्रवक्ता पिओटर मुलरले जनाउनुभएको छ । युक्रेन नाटोको सदस्य होइन तर गठबन्धनले बारम्बार निन्दा गरेको छ ।
रुसी आक्रमणपछि युक्रेनको अवस्था ‘नजीकबाट नियालिरहेको’ चीनको धारणा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई “संयम” अपनाउन आह्वान गरेको जनाएको छ ।
“चीनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ, हामी सबै पक्षलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न आह्वान गर्दछौँ,” विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ साले उल्लेख गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *