भर्खरै :

पश्चिम रसियामा द्वन्द्वको कारण नेटो

  • फाल्गुन १४, २०७८
  • प्रकाश
  • विचार

संरा अमेरिकालगायत पश्चिमा राष्ट्रका शासकहरूले नेटोको विस्तार गरेर रूसलाई आत्मसमर्पण गराउने कुत्सित मनसाय राखेर काम गर्दा पूर्वी युक्रेन वा पश्चिम रसियामा द्वन्द्व सुरू भएको छ । हाल पूर्वी युक्रेनको भूभाग ऐतिहासिक प्रमाणले पश्चिम रसिया रहेको पुष्टि हुन्छ । रूस र वरपरका सबै देशका कामदार वर्गका जनताले समाजवादी क्रान्ति गरेर समाजवादी सोभियत गणतन्त्र सङ्घ बनाएपछि युक्रेनको सिमाना रूसी भूभागहरूसहित ठूलो भएको थियो । युक्रेनले रूसको सुरक्षामा खतरा नपु¥याएसम्म रूसले युक्रेनलाई आफ्नो भूभागको चासो गरेको थिएन । अहिले युक्रेन पश्चिमा समर्थक दक्षिणपन्थीहरूको नियन्त्रणमा पुगेको छ । रूसले आफ्नो देशको सुरक्षालाई बेवास्ता गर्न चाहेको छैन र रूसी मूलका जनतामाथिको अन्याय र अत्याचार पनि टुलुटुलु हेरेर बस्न सकेन ।
विश्व राजनीतिमा रूचि राख्ने सबैलाई थाहा छ, शीतयुद्धको सुरूवाती चरणमा १९४९ मा पश्चिम युरोपका १० देश र क्यानाडालाई समेत मिलाएर संरा अमेरिकाले एक सैनिक सङ्गठन उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) गठन गरेको थियो । नेटोको मूल लक्ष्य समाजवादी सोभियत सङ्घ विघटन गर्नु थियो । सन् १९९०–९१ मा आफ्नो सो कार्यक्रम सफल भएपछि अर्थात् सोभियत सङ्घको विघटन र पूर्वी युरोपेली देशहरूमा पुँजीवादको पुनःस्थापनापछि नेटो त्यसको विघटन हुुनुपथ्र्यो । तर, संरा अमेरिकाले नेटोलाई विघटन गर्न दिएन बरू प्रजातन्त्र र विश्व सुरक्षाको नाममा जताततै हस्तक्षेप गर्नका लागि त्यसको दुरूपयोग ग¥यो । नेटो अमेरिकी स्वार्थविरूद्ध उभिने हरेक देशमाथि कारबाही गर्ने ज्यावल बन्यो ।
युगोस्लाभियामा जातीय द्वन्द्व चर्काएर नेटोले तथाकथित मानवीय सहायताको नाममा बोस्निया र पूर्वयुगोस्लाभियामा आफ्नो भूमिका खोज्दै पस्यो । त्यसपछि नेटो संरा अमेरिकाको तथाकथित आतङ्कवादविरोधी विश्व युद्धमा सामेल भयो र अफगानिस्तान, इराक र लिवियामा विध्वंस मच्चायो र जनधनको ठूलो विनास ग¥यो । त्यतिमा मात्र नेटोको भूमिका सीमित गर्नेमा संरा अमेरिका सहमत देखिएको छैन । अब रूसी महासङ्घ र चीनसँगको बृहत् शक्तिको होडबाजीमा सैनिक हतियारको रूपमा नेटोलाई प्रयोग गर्न खोजिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *