भर्खरै :

समाजवाद र साम्राज्यवादबीच सङ्घर्ष चालु

(प्रजग कोरियाका प्रिय नेता किम इल सङले प्रजातान्त्रिक जन–गणतन्त्र कोरियाको नवौँ सर्वाेच्च जनसभाको पहिलो अधिवेशन २४ मे १९९० मा व्यक्त यो नीतिसम्बन्धी भाषणको एक छोटो अंश हो । उक्त भाषण नेपाल–कोरिया मैत्री सङ्घले १९९७ मा ‘हाम्रो मुलुकको समाजवादको श्रेष्ठतालाई पूरा उपयोग गरौँ’ शीषर्कको पुस्तक प्रकाशित गरेको थियो– सं)
अहिले अन्तर्राष्ट्रिय रङ्गमञ्चमा समाजवाद र साम्राज्यवादको बीचमा तथा प्रगति र प्रतिक्रियावादको बीचमा तीव्र मुठभेड र सङ्घर्ष चलिरहेको छ ।
विश्वभरि प्रभुत्व जमाउने आफ्नो अनर्गल सपना साकार पार्नको निम्ति साम्राज्यवादीहरूद्वारा चलाइएको कुटिल र निर्लज्ज कार्यहरूले गर्दा एकपछि अर्को लगातार अप्रत्याशित तथा जटिल घटनाहरू विश्वका धेरै भागहरूमा घटिरहेका छन्् र जनताको समाजवादी हेतुले गम्भीर चुनौतीको सामना गर्न परिरहेको छ । यसले गर्दा न्याय र मानव जातिको भविष्यलाई प्रेम गर्ने तथा चाजुसोङ (स्वाधीनता) को आकाङ्क्षा राख्ने विश्वभरिका प्रगतिशील मानिसहरूका बीचमा गम्भीर चिन्ता उठिरहेको छ ।
शक्ति राजनीति अवलम्बन गर्दै अहिले साम्राज्यवादीहरूले समाजवादलाई कमजोर पार्नको निम्ति उनीहरूले ‘शान्तिपूर्ण रूपान्तर’ भन्ने गरेको रणनीति अपनाइरहेका छन्् । उनीहरूले समाजवादी मुलुकहरूमा विचारधारात्मक र सांस्कृतिक घुसपैठद्वारा जनताको क्रान्तिकारी चेतनालाई शिथिल पारेर, ती देशहरूलाई ‘सहायता’ भन्ने बल्छीको चारो ओछ्याउँदै आर्थिकरूपमा घुस दिएर तथा समाजवादविराधी तत्वहरूलाई उक्साई सामाजिक–राजनैतिक गोलमाल पैदा गरेर ती देशहरूलाई पुँजीवादतिर फर्काउन खोजिरहेका छन्् ।
साम्राज्यवादीहरू ‘समाजवादको सङ्कट’ भन्ने होहल्ला गर्दै खुसी मनाइरहेका छन्, तर यो हास्यास्पद कुरा हो । निको हुनै नसक्ने रोगले सताइरहेको त अरू कसैलाई होइन, साम्राज्यवादलाई हो । साम्राज्यवादीहरू आफै उम्कन नसकिने सङ्कटमा खस्दै छन् । साम्राज्यवादको आयु अब धेरै बाँकी छैन, उसले जनताको भाग्यको निर्णय गर्नसक्दैन, इतिहासको लहरलाई फर्काउन पनि सक्दैन ।
इतिहासका प्रतिक्रियावादीहरू ती साम्राज्यवादीहरूले मानिसद्वारा मानिसको शोषण र उत्पीडन हुने पुरानो समय नसुहाउने समाज कायम राखिछोड्न खोज्दछन् भने उता आम जनताले शोषण र उत्पीडनबाट मुक्त एउटा नयाँ समाजको मालिकको रूपमा र आफ्नो भाग्यको मालिकको रूपमा स्वाधीन र सिर्जनात्मक जीवन व्यतीत गर्दछन् । समाजवादको बाटोमा अगाडि बढ्दै जानु इतिहासको प्रगतिको मूल प्रवाह हो । समाजवाद मानव जातिले लिनुपर्ने एकमात्र बाटो हो ।
समाजवादलाई सबभन्दा पहिले महान् अक्टोबर समाजवादी क्रान्तिद्वारा साकार पारेको थियो र त्यस बेलादेखि विजयपूर्वक अगाडि बढ्दै गएको समाजवादले युगौँदेखि रहेको र अहिले पुराना समय नसुहाउने भइसकेका समाजहरूलाई निर्मूल पारेको छ र नयाँ जनमुखी समाजहरू खडा गर्ने इतिहासको प्रेरक–शक्ति बन्नको साथै मानव–मुक्तिको ध्वजा, विश्व जनतालाई उनीहरूको चाजुसोङ (स्वाधीनता) को निम्ति सङ्घर्षमा उत्प्रेरित गर्ने ध्वजा बनेको छ ।
समाजवादतिर जाने बाटो पहिले कहिल्यै नहिँडेको बाटो भएको हुनाले समाजवादले अगाडि बढ्दै जाँदा अप्रत्याशित तगारोहरूको सामना गर्नुपर्ने हुनसक्छ र अस्थायीरूपले अधोगतिको सामना पनि गर्नसक्छ । फेरि, समाजवादको निर्माण गर्ने बाटोलाई बदलिँदै गएको र विकसित हुँदै गएको परिस्थितिअनुसार स्थिररूपले सुधार गर्दै लानु पनि पर्दछ । समाजवादको निर्माण गर्ने काममा त्रुटिहरू देखापरे भने तिनीहरूबाट उपयुक्त शिक्षा लिंदै नहिच्किचाइकन ती त्रुटिहरूलाई सुधार गर्नुपर्दछ । आलोचना र आत्म–आलोचना समाजवादी समाजको विकासको निम्ति प्रेरक–शक्ति हुन् भन्ने कुरा स्वीकृत तथ्य हो ।
अब बुँदा के हो भने समाजवादको बाटोमा आउने तगाराहरूलाई हटाउने कसरी र समाजको हेतुलाई अगाडि बढाउँदै लाने कसरी ¤ समाजवाद समष्टिवादमा आधारित छ र त्यस्ता सिद्धान्तहरूको आधारमा विकसित हुँदै जान्छ, जुन सिद्धान्तहरू व्यक्तिवादमा आधारित रहने पुँजीवादका सिद्धान्तहरूभन्दा मूलभूतरूपमै फरक छन् । समाजवाद तुलनै हुन नसकिने गरी पुँजीवादभन्दा श्रेष्ठ छ । समाजवादको निर्माण गर्ने क्रममा कठिनाइहरू सामना गर्नु पर्दा समाजवादी सिद्धान्तहरू त्यागेर पुँजीवादी तरिकाबाट समस्याहरूको समाधान पत्ता लगाउन खोजियो भने तगाराहरू हटाउन सकिँदैन र अझ खराब कुरो त समाजवादका अन्तर्निहित श्रेष्ठताहरू नै निष्क्रिय पार्न पुगिन्छ, कुहिरोको काग बनिन्छ र आफूले रगत दिएर पाएका क्रान्तिकारी उपलब्धिहरू पनि गुमाउन पुगिन्छ ।
समाजवादको निर्माण त समाजवादी सिद्धान्तहरूको आधारमा र समाजवादी तरिकाहरूद्वारा मात्र गर्न सकिन्छ । समाजवादको निर्माण गर्ने काममा आइपर्ने सबै समस्याहरूको समाधान त जहिले पनि समाजवादका श्रेष्ठताहरूलाई पूरा उपयोग गर्ने सिद्धान्तहरूद्वारा र क्रान्तिको कर्ता अर्थात आम जनताको अविनासी सिर्जनात्मकतालाई पूरा खेल्न दिएर समाजवादी सिद्धान्तहरूको आधारमा नै गरिनु पर्दछ । परिस्थिति जटिल भएको र प्रतिक्रियावादीहरूको धावा चर्काइरहेको बेलामा, क्रान्तिकारी जनताले क्रान्तिकारी सिद्धान्तहरूमा अडिग रहनु पर्दछ र समाजवादको ध्वजालाई अझ उच्च उठाएर अगाडि बढ्नु पर्दछ ।
स्वाधीनता, शान्ति र मैत्री हाम्रो गणतन्त्रको परराष्ट्र नीतिका आधारभूत आदर्शहरू हुन् र विश्वभरि स्वाधीनता फैलाउनको निम्ति अन्तर्राष्ट्रिय सम्बन्ध विकसित पार्ने काममा यी कुराहरूको सर्वव्यापी महत्व हुन्छ ।
चाजुसोङ (स्वाधीनता) स्वाधीन र सार्वभौम राज्यको प्राण हो र सबै अन्तर्राष्ट्रिय सम्बन्धहरूको आधार हो । प्रत्येक मुलुक अन्तर्राष्ट्रिय समुदायको समान स्तरको सदस्य हो र यसको समान सार्वभौमिकता हुन्छ । विश्वमा ठूला र साना (साइजका) मुलुकहरू छन् तर माथिल्ला र तल्ला (अर्थात् ठूला साना मर्यादा क्रमका) मुलुकहरू हुनसक्दैनन् । त्यसकारण, सबै मुलुकहरूलाई अन्तर्राष्ट्रिय सम्बन्धको कुरामा चाजुसोङमा आधारित पूर्ण समानताको प्रत्याभूति हुनुपर्दछ ।
गणतन्त्रको सरकारले स्वाधीन अडान दरोसित पालना गर्नेछ, हाम्रा जनताका हितको अनुकूल र विश्वभरिका प्रगतिशील जनताको साझा हितको अनुकूल हुने गरी आफ्नो परराष्ट्र नीति तर्जुमा गर्नेछ र परिस्थिति जतिकै जटिल भए पनि स्थिररूपले स्वाधीन परराष्ट्र नीति अनुसरण गर्नेछ । हामी सबै प्रकारका आक्रमण र विदेशी हस्तक्षेपको विरोध गर्दछौँ, साम्राज्यवाद, उपनिवेशवाद र जातिवादलाई विरोध गर्दछौँ र सबै मुलुकका जनतालाई उनीहरूले आफ्नो सार्वभौमिकताको निम्ति र राष्ट्रिय मुक्ति तथा वर्गीय मुक्तिको निम्ति चलाइरहको सङ्घर्षमा दृढ समर्थन गर्दछौँ ।
लडाइँँको विरोध गर्नु र शान्तिको संरक्षण गर्नु मानव जातिका साझा इच्छा हुन् । शान्तिको वातावरण सुनिश्चित भएमा मात्रै जनताले नयाँ, स्वाधीन र उन्नत समाज निर्माण गर्ने काममा सफल हुनसक्दछन् ।
लडाइँ रोक्न र शान्तिको संरक्षण गर्नको निम्ति निरस्त्रीकरण साकार पार्नै पर्दछ, आणविक हतियारहरू पूरै खारेज गरिनु पर्दछ र विदेशी मुलुकहरूमा रहेका सेनाहरू र आक्रमणका सैनिक अखडाहरू हटाइनु पर्दछ । विश्वभरिका शान्तिप्रेमी जनताले साम्राज्यवादीहरूद्वारा समाजवादी मुलुकहरूलाई निरस्त्र पार्नको लागि र ‘निरस्त्रीकरण’ तथा ‘देतां’ ‘तनाव–मन्थर’ को पर्दा पछाडिबाट समाजवादी मुलुकहरूमाथि प्रभुत्व जमाउनको लागि चलाइएका चालबाजीहरूको विरुद्ध आफ्नो सजगता चर्काे पार्नु पर्दछ । ती जनताले अरू मुलुकहरूमाथि साम्राज्यवादीहरूका सशस्त्र हस्तक्षेप र सैनिक आक्रमणलाई सहनु हुँदैन । हतियारहरू थुपार्ने साम्राज्यवादीहरूका चालहरूको विरुद्ध र साम्राज्यवादीहरूको युद्ध–नीतिको विरुद्ध सिद्धान्तनिष्ट सङ्घर्षद्वारा शान्ति प्राप्त गर्नु पर्दछ, उनीहरूसित बिन्तीभाउ गरेर होइन वा कुनै एकपक्षीय रियायत (छुट) दिएर होइन ।
गणतन्त्रको सरकारले साम्राज्यवादको आक्रमण र युद्धको नीतिलाई विफल पार्न र कोरियाली प्रायद्वीपलाई अणु–मुक्त शान्ति–क्षेत्र तुल्याउन कडा प्रयत्न गर्नेछ र धेरै देशहरूका जनताका युद्ध–विरोधी, आणविक हतियार–विरोधी शान्ति आन्दोलनलाई बलियो समर्थन र प्रोत्साहन दिनेछ ।
विश्वभरि चलिरहेको स्वाधीनताको सङ्घर्ष विश्व जनताको साझा हेतु (लक्ष्य) हो र यो सङ्घर्षको कर्ता चाजुसोङ (स्वाधीनता) का हिमायती विश्व जनता हुन् । विश्वभरिका जनताका बीचमा मैत्री र एकबद्धता सुदृढ पारियो भनेमात्र साम्राज्यवादीहरूका तगारो–हाल्ने चालबाजीहरू विफल पार्न सकिन्छ, विश्वव्यापी स्वाधीनता सफलतासाथ अगाडि बढाउन सकिन्छ र प्रत्येक राष्ट्रको स्वाधीन विकास सुनिश्चित पार्न सकिन्छ । चाजुसोङको हिमायत गर्ने विश्वभरिका प्रगतिशील जनताले साम्राज्यवादीहरूद्वारा चलाइएको विभाजन गर्ने र अलग्याउने चालबाजीहरूको सामना एकताको रणनीतिद्वारा गर्नुपर्दछ । ‘चाजुसोङको हिमायत गर्ने विश्व जनता एक होऊ ।’ भन्ने नारा हाम्रो युगको अन्तर्राष्ट्रिय नारा हो ।
गणतन्त्रको सरकारले समाजवादी सिद्धान्तहरूको आधारमा र कामरेड– सुहाउँदो (मैत्रीपूर्ण) सहयोगको भावना लिएर समाजवादी मुलुकहरूसित आफ्नो एकता र सम्बद्धता बलियो पार्नेछ र अंसलग्न आन्दोलनको एकता र सम्बद्धता सुदृढ पार्न तथा हाम्रो मुलुकको असंलग्न र विकासोन्मुख राष्ट्रहरूसितको मैत्री र सहयोगका सम्बन्धहरू वृद्धि गर्न बलियो प्रयत्न गर्नेछ । हामीले सामूहिक आत्म–निर्भरताको सिद्धान्तको आधारमा राजनीति, अर्थतन्त्र र संस्कृतिका सबै क्षेत्रहरूमा दक्षिण–दक्षिण सहयोग वृद्धि गर्नेछौँ । गणतन्त्रको सरकारले हाम्रो सार्वभौमिकताको सम्मान गर्ने पुँजीवादी मुलुकहरूसित पनि मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नेछ र समानता तथा पारस्परिक सम्मानका सिद्धान्तहरूका आधारमा आर्थिक र सांस्कृतिक आदान–प्रदान वृद्धि गर्नेछ ।
मानव जातिको चाजुसोङ (स्वाधीनता) को हेतु (लक्ष्य) अर्थात् समाजवादको हेतुले अगाडि बढ्ने आफ्नो बाटोमा रहेका बाधाहरू र कठिनाइहरूलाई हटाएर पक्कै पनि विजय प्राप्त गर्नेछ । इतिहासको प्रगतिलाई रोक्न खोज्ने दुष्ट प्रतिक्रियावादी साजिसहरू हालैमात्र सुरू भएको होइन । मानव इतिहासको प्रगतिले सधैँभरि प्रतिक्रियावादीहरूको विरुद्ध भयङ्कर सङ्घर्षहरूबाट गुज्रेको छ, तर युगको प्रवाहको विरुद्ध प्रतिक्रियावादीहरूका चालबाजीहरू सधैँ नै विफल भएका छन् । न्यायको हेतुमा विश्वास राखेर तथा उज्ज्वल भविष्यमा अडिग आस्था लिएर, आशावादबाट ओतप्रोत भई सङ्घर्ष गरिरहेका जनताले पक्कै पनि विजय र गौरव प्राप्त गर्नेछ ।
हाम्रा जनतालाई जुछे विचारधाराको झन्डामुनि सफलतासाथ स्वाधीनताको बाटो, समाजवादको बाटो तयार गर्ने सम्मानपूर्ण पवित्र अभिभारा युग र इतिहासले सुम्पेको छ । समाजवादको पूर्ण विजयको निम्ति गति छिटो पार्नका लागि र मुलुकको स्वाधीन, शान्तिपूर्ण एकीकरण छिटो ल्याउनको लागि हाम्रो पार्टी र गणतन्त्रको सरकारको वरिपरि निकटरूपले एकगठ भएर हामी सबै लडौँ ।
…………………
……………………
……………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *