भर्खरै :

भक्तपुर साकोसको अर्धवार्षिक समीक्षा सम्पन्न

काभ्रे, १४ फागुन । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा शनिबार धुलिखेलमा सम्पन्न भयो ।
उक्त समीक्षा कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार रत्नप्रसाद प्रजापतिले गर्नुभएको थियो ।
संस्थाले निक्षेप उठाएर ऋण लगानी गर्नुपर्नेै आवश्यकता औँल्याउँदै उहाँले व्यवसायमूलक र सीपमूलक योजना अघि बढाउनुपर्ने बताउनुभयो ।
अर्का सल्लाहकार कृष्णप्रसाद धन्छाले एमसीसी सम्झौता पारित भए युक्रेनी जनताले भोगेको दुःख नेपाली जनताले भोग्नेतर्फ जनता सतर्क हुनुपर्ने उल्लेख गर्दै अमेरिका छिमेकी देश चिढाएर हतियारको व्यापार गर्ने देश हो भन्नुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा सल्लाहकारद्वय विष्णुगोपाल कुसी र लक्ष्मीनारायण दुवाल, संस्थाका उपाध्यक्ष निर्मल प्रजापति र सचिव लक्ष्मीप्रसाद कुसीले पनि बोल्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद प्रजापतिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस संस्थाको गत पुससम्मको कुल सम्पत्ति ३ अर्ब ३४ करोड २८ लाख ५४ हजार ७ सय ४७ पुगेको छ । पुस सम्ममा संस्थाका कुल सदस्य ७,८९० जना रहेका छन् ।
कार्यक्रममा शमशेर प्रजापतिले व्यवसाय प्रवद्र्धन उपसमिति, विकास प्रजापतिले युवा उपसमिति, दिलबहादुर कासिछ्वाले सांस्कृतिक उपसमिति, चन्द्रलक्ष्मी दुवालले महिला उपसमिति, सुन्दर प्रजापतिले सूचना तथा प्रकाशन उपसमिति, बालकृष्ण कुसीले कृषि उपसमिति, जयराम कोजुले शिक्षा उपसमिति, लक्ष्मीप्रसाद दुवालले ऋण उपसमिति र कृष्णसुन्दर प्रजापतिले लेखा सुपरिवेक्षक उपसमितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *