रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
काठमाडौँ, १४ फागुन । यात्रा संस्मरण र आलेख लेखनमा सिद्धहस्त लेखक तथा पत्रकार मोहन मैनाली यसपालि अनुवाद साहित्य लिएर पाठकमाझ आउनुभएको छ । देशका कुनाकाप्चा पुगेर मानिस, पर्यावरण र समाजका कथा लेख्ने उहाँ २०७८ सालमा भने आफू हिँड्दै आएको बाटोभन्दा अलि फरक बाटो हिँड्नुभयो । २०७८ सालको सुरुआतमा उहाँले अनुवाद गर्नुभएको हिमाञ्चली गीतको नेपाली अनुवाद ‘केन्जिङ कति दुर’ बोलको गीत नेपाली स्रोताबीच लोकप्रिय बन्यो । यही वर्ष उहाँले अङ्ग्रेजी भाषाबाट नेपालीमा अनुवाद गर्नुभएका निबन्धहरूको सङ्कलन पनि पाठकको हातमा पुगेको छ । ‘आकाशमुखी’ नामाकरण गरिएको अनुदित निबन्धहरूको सङ्कलनको औपचारिकरूपमा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सार्वजनिक गरियो ।
निबन्धकै प्रारूपको लेखकको भूमिकासहित विभिन्न विषय र सन्दर्भका जम्मा १५ वटा निबन्ध सम्मिलित ‘आकाशमुखी’ मा मैनालीले अङ्ग्रेजी भाषाका निबन्धलाई नेपाली शैलीमा अनुवाद गर्नुभएको छ । शनिबार पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा अनुवादकको अनुवाद शैलीबारे बोल्दै अध्येता हरि शर्माले मूल लेखकका विचारमा आधारित भएर मैनालीले मौलिक कृति तयार गर्न सफल भएको बताउनुभयो ।
“अनुवादक मूल लेखकसँग एकाकार भएका छन्, सँगै आफ्नो मौलिकता पनि देखाउन सफल भएका छन्”, उहाँले भन्नुभयो ।
उहाँले यात्रा साहित्यमा भन्दा पनि ‘आकाशमुखी’ मा मैनालीको लेखक व्यक्तित्व अझ खुलेको बताउनुभयो ।
डबलीको कुनामा बसेर कार्यक्रम नियाल्दै गर्नुभएका आख्यानकार नयनराज पाण्डेलाई पनि देखाउँदै अध्येता शर्माले मैनाली र पाण्डेको वृत्तचित्र निर्माताको व्यक्तित्व लेखनमा पनि प्रतिविम्बित भएको बताउनुभयो ।
अङ्ग्रेजी साहित्यका पाठक भर्जिनिया उल्फका रचनालाई सामान्यतः चपाउन गा¥हो मानिन्छ । उनका लामा आकारका काव्यात्मक निबन्धको मेलोमेसो पाउन उस्तै पाठकलाई समेत हम्मेहम्मे पर्छ । मैनालीले आफ्नो नवीन कृतिको एक–तिहाइ खण्डमा भर्जिनिया उल्फका चार वटा अनुदित निबन्ध समावेश गरेका छन् । त्यस्तै, अङ्ग्रेजी भाषाका विख्यात लेखकहरू फ्रान्सिस बेकन, बेन जोन्सन, बुकर टी. वाशिङ्टन, सर रिचर्ड लिभिङस्टोन, सर फ्रान्सिस एडवार्ड योङहस्बेन्ड, साइभिय द मेस्थ्र आदिका अनुदित निबन्ध पुस्तकमा समावेश छन् ।
पठन संस्कृतिप्रति अभिरुची राख्ने युवाहरूको फेसबुक समूह बुकाहोलिक्सकी सगुना शाहले विदेशी लेखकका गहन निबन्धको नेपाली भाषामा भावात्मक अनुवाद गरेर मैनालीले निबन्धमार्फत् नेपाली समाजले आज पनि सामना गरिरहेका चुनौती उजागर गरेको बताउनुभयो । लेखक मैनालीले अभिव्यक्तिका विभिन्न माध्यमबारे खोज्दै जाँदा निबन्ध विधाको अध्ययनमा पुगेको सुनाउँदै कलेज पढ्दा पढिएका निबन्धहरू अहिले दोहो¥याएर पढ्दा बुझाइ थप गहन भएको बताउनुभयो ।
अध्येता शर्माले मैनालीको अनुवाद कृतिमा समावेश निबन्धले यसलाई युवाहरूको लागि पाठ्यक्रमजस्तै बनाएको बताउनुभयो । लेखक मैनालीका यसअघि उपल्लो थलो, देखेको देश, मान्ठा डराएको जुग आदि कृति प्रकाशित छन् ।
Leave a Reply