तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भैरहवा । देशघाती एमसीसी सम्झौता खारेजी माग गर्दै नेपाल मजदुर किसान पार्टी रूपन्देहीले आइतबार जिल्ला प्रशासन कार्यालयअगाडि भैरहवामा खबरदारी सभा ग¥यो ।
सभामा नेमकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले एमसीसी सम्झौता खारेज गरेर देशको स्वाभिमान र सार्वभौमसत्ता जोगाउने कि साम्राज्यवादी अमेरिकी साम्राज्यवादको दासता स्वीकार्ने भन्ने सङ्गीन प्रश्न उठेको चर्चा गर्दै एमसीसीको विपक्षमा मतदान गर्ने बाहेकका दल र सांसदहरू साम्राज्यवादीका दलाल हुने बताउनुभयो ।
शासक दलहरूले एमसीसीको व्याख्यात्मक घोषणाको छारो हालेर देश र जनतामाथि घात गर्न लागेकोमा खबरदारी गर्दै अध्यक्ष वासीले आत्मसमर्पणवादी दलालहरूलाई नेपाली जनता सजाय दिनेछ भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ रूपन्देहीका अध्यक्ष हिमलाल पाण्डेले नेपाललाई अमेरिकी उपनिवेश बनाउने एमसीसी सम्झौताविरूद्ध देशको स्वाधीनताको लागि आन्दोलित गर्न आह्वान गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सिद्धार्थनगरका अध्यक्ष कृष्ण पोखरेलले नेपाली जनतालाई अमेरिकी दासता स्वीकार्य छैन भन्नुभयो ।
चितवन
नेमकिपा चितवन जिल्ला समितिको आयोजनामा देशघाती एमसीसी सम्झौता खारेज गराउनको लागि सांसद र सरकारलाई खबरदारी जुलुस तथा सभा आइतबार सम्पन्न भयो ।
पुलचोकको विरोध सभामा नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालले एमसीसी सम्झौता लागू भए देशमा अमेरिकी नीति लागू हुने खतरा औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “रू. ५० करोड अमेरिकी डलरको लोभमा शासक दलहरू फसेको कारण देशको दुर्दिन आउने खतरा छ । देशघाती एसीसीको पक्षमा वकालत गर्ने राजनीतिक दल र नेताहरूलाई आगामी निर्वाचनमा जनताले नाङ्गेझार गर्नेछन् ।”

नेपाल क्रान्तिकारी मजदुर सङ्घ चितवनका अध्यक्ष राजकुमार श्रेष्ठले नेपाली जनता अमेरिकी साम्राज्यवाद र भारतीय विस्तरवादको सामु नझुक्ने बताउनुभयो ।
लायन्स चोकबाट सुरू भएको विरोध जुलुस सहिद चोक हुँदै पुलचोकमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा ज्ञानेन्द्र चेपाङ, पदम मगर र कृष्ण तामाङले पनि बोल्नुभएको थियो ।
सुर्खेत
नेपाल मजदुर किसान पार्टी सुर्खेतको आयोजनामा देशघाती एमसीसी सम्झौता खारेजी गर्न आइतबार वीरेन्द्रनगरको मङ्गलगढी चोकबाट सुरु भएको जुलुस नगर परिक्रमा गरी मङ्गलगढीचोकमा कोणसभा भयो ।कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका सचिव धनेन्द्र बिकले एमसीसी सम्झौताको पक्षमा उभिने दलहरू देशद्रोही र नेपाली जनताका शत्रु भएको बताउनुभयो ।
नेमकिपा सुर्खेतका सदस्य गणेश खड्काले संरा अमेरिकी साम्राज्यवादले संसारभर युद्ध र आतङ्क फैलाएको र एमसीसीमार्फत नेपाल पनि संरा अमेरिकाको क्रिडास्थल बन्ने बताउनुभयो ।
कार्यक्रममा कानुन अध्यन समाजका टिकाप्रसाद पोखरेल, निरक शाही र रवीन्द्र भण्डारी र खमेन्द्र विकले पनि बोल्नुभएको थियो ।
Leave a Reply