भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १५ फागुन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सिद्धि गणेश साकोसको आयोजनामा भएको आक्सेस पहिलो ब्याचको २३ औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यक्रमको आइतबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले सहकारी संस्थाहरू रकम लेनदेनमा मात्रै सीमित भए बैङ्क तथा वित्तीय संस्थाभन्दा कुनै भिन्नता नहुने बताउँदै सहकारीले सम्पूर्ण सदस्यहरूको साझा हितलाई ध्यान दिएर सदस्यहरूलाई विभिन्न खालका सीपमूलक तालिमहरू सञ्चालन गर्नु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले भक्तपुर नपा निरन्तर अगाडि बढिरहेको बताउँदै उहाँले नपाले शिशुशालादेखि कलेजसम्म सञ्चालन गरी देशभरिका विद्यार्थीहरूलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । सहकारी संस्थाले सदस्यहरूको सर्वाङ्गीण विकासको लागि सम्भव भएका कार्यहरू गर्न आवश्यक जनशक्ति तयार गर्नेतर्फ ध्यान दिनुपर्ने भन्दै उहाँले सहकारी संस्थाहरूले आफ्ना नजिकका सम्पदाहरू सफा गर्ने काममा योगदान गर्ने आशा व्यक्त गर्नुभयो ।
एमसीसी सम्झौताले नेपालको सार्वभौमिकतामा आँच पुग्ने बताउँदै उहाँले अमेरिकी कानुन र नीतिलाई नेपाल र नेपाली जनताले समर्थन गर्न नसक्ने हुँदा देशघाती एमसीसी सम्झौता खारेजीको निम्ति देशभक्त जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
सिद्धि गाणेश साकोसका अध्यक्ष राजन लाखाजुले कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पार्दै यस कार्यक्रमले सहकारी मूल्य, मान्यता र सहकारी अभियानलाई टेवा पु¥याउने बताउनुभयो ।
नेफ्स्कुन सञ्चालक मन्दिरा मिश्रले सहकारी अभियानमा गर्ने कामहरू अझ धेरै बाँकी रहेको बताउँदै सहकारी संस्थाहरूले समाजको आर्थिक र सामाजिक पक्षलाई उत्थान गर्नेतर्फ जोड दिनुपर्छ भन्नुभयो ।
त्यस्तै जनसचेतना साकोसका अध्यक्ष हेमन्तकुमार चौलागाईँले कार्यशाला गोष्ठीले आक्सेस पहिलो ब्याचका सहकारी संस्थाको कार्यकौशलता अझ प्रभावकारी बनाउँदै लाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरु, कोषाध्यक्ष ईश्वरमान दुमरुलगायतले बोल्नुभएको थियो ।
Leave a Reply