नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
संरा अमेरिका आफूलाई शान्ति र समृद्धिको पक्षमा भएको दाबी गर्छ । तर, उसले जुन ठाउँमा आफ्नो प्रभाव बिस्तार गर्छ, त्यो ठाउँमा अराजकता र अशान्ति फैलिने गरेको छ । रूसले आफ्नो भूराजनीतिक सुरक्षामा थप सम्झौता गर्न नसक्ने भएपछि युक्रेनमा सङ्कट फैलिएको हो । नाटोको पूर्वतिरको बिस्तार शीतयुद्धको अन्त्यमा संरा अमेरिकाले रूसलाई दिएको वचनको उल्लङ्घन हो । नाटो पूर्वतिर विस्तार हुनुको अर्थ अमेरिकाले चाहेमा रूसको दैलोसम्मै अमेरिकी सेना पुग्न बाटो खुल्ने हो । एक्काइसौँ शताब्दीको तेस्रो दशकसम्म आइपुग्दा रूसको सबभन्दा प्रमुख सैनिक दुश्मन संरा अमेरिकाले उसका भूराजनीतिक स्वार्थलाई बेवास्ता गर्न थालेको हो ।
रूसको लागि युक्रेन भनेको लक्ष्मणरेखा हो । संरा अमेरिका र नाटोले युक्रेनलाई आफ्ना छातामूनि ल्याउने प्रस्टै हद पार गरेको छ ।
अमेरिकाले पृथ्वीको अर्को भाग ‘हिन्दप्रशान्त’ मा आफ्नो अर्को रणनीतिक प्रतिस्पर्धी चीनविरूद्ध चालेको कदमको नक्कल रूसको सन्दर्भमा पनि गर्न खोजेको बुझ्न गा¥हो छैन । दुई देशको परिस्थितिमा तात्विक अन्तर त छ । तर, पश्चिमा मोर्चाले चीनविरूद्ध भूराजनीतिक पासो कस्दै गएको छ ।
संरा अमेरिकाका पछिल्ला दुई सरकारले हिन्दप्रशान्त क्षेत्रमा क्षेत्रीय सैनिक मोर्चालाई बलियो बनाउन ठूलो लगानी गरेको छ । ट्रम्प सरकारले संरा अमेरिका र भारतबीच सम्बन्ध बलियो बनाउन खोज्यो । जसले क्वाडको आधारलाई दिगो बनायो । त्यसपछि बाइडेनको शासनकालमा ‘अउकस’ प्रशान्त महासागरमा संरा अमेरिकी सैनिक गतिविधिको आधार बन्यो । पञ्च नेत्र, क्वाड र अउकस चीनलाई नियन्त्रण गर्ने लक्ष्य राखी बनाइएका संरा अमेरिकी प्रमुख भूराजनीतिक संरचना हुन् ।
युक्रेनमा जसरी नाटोले किचकिच गरिरहेको छ, त्यसरी नै संरा अमेरिका र एसियाको अर्ध–नाटोले चीनका मूल स्वार्थलाई प्रभावित बनाउन खोजिरहेका छन् । उनीहरूको मोर्चाले दक्षिण चीन सागरमा आफ्नो जलसैनिक उपस्थिति बलियो बनाउन खोजिरहेका छन् । अउकसजस्ता मोर्चाहरूले चीन वरपर आणविक शक्तिले सम्पन्न थप पण्डुबी परिचालन गर्ने बाटो खुलेको छ ।
अमेरिका र पश्चिमा देशहरूले चीनमा जे गरिरहेका छन्, त्यो राजनीतिक र वैचारिक रूपमा उत्तेजनात्मक शैलीका छन् भने त्यसले सैनिक द्वन्द्व पनि बढाउने सम्भावना उत्तिकै छ । संरा अमेरिकाले आफ्नो प्रतिस्पर्धीको भूराजनीतिक हितलाई निकै निचोरेकै कारण युक्रेन घटना भएको हो । अर्को देशका स्वार्थमाथि लात मार्दा आउन सक्ने खतरा र नकारात्मक परिणामबारे संरा अमेरिकाले के सोच्नु पर्दैनथ्यो ?
संसारले संरा अमेरिकी प्रभुत्ववादबारे कुरा गर्न थालेको दशकौँ दशक बिताइसकेको छ । उदार विश्व व्यवस्था र त्यसले ल्याएको आर्थिक विकासबारे कुरा गरिरहेको पनि धेरै भयो । तर, युक्रेन सङ्कट चर्किरहेको बेलामा प्रभुत्ववादले कसरी संरा अमेरिकी भूराजनीतिक लक्ष्यको कहिल्यै नमेटिने भोक मेटाउन खोजेको छ भन्नेबारेमा कुराकानी गर्नु उपयुक्त समय आएको छ । महाशक्तिको रूपमा संरा अमेरिकाले विश्व अर्थतन्त्रको विकासमा सहजकर्ताको भूमिका खेल्नुपर्छ । तर, उसले आफ्ना स्वार्थ पूरा गर्न कुनै पनि देशलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएको छैन । उसले रटान लगाइरहने ‘उदारवाद’ न स्वतन्त्र छ, न व्यापारिकमात्र नै हो ।
आफ्नो प्रभाव विस्तार गर्ने संरा अमेरिकाको दशकौँ लामो चाहनाको युक्रेन आज शिकार बनेको छ । आशा गरौँ, कोही पनि त्यस्तो चाहनाको शिकार नबनून् ।
सीजीटीएनबाट अनुदित सामग्री
Leave a Reply