शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
नथुलामा सिमाना सुरक्षा गर्दै चिनियाँ सेना
-सु तान
चीन र भारतबीच सिमाना तनाव शुरु भएको पाँच हप्ताभन्दा बढी समय बितिसकेको छ । यसबीच यो विषयमा चीन र भारतबाहेक अरु केही देशहरुले खेल्न रुची देखाइरहेका छन् । गएको सोमबार द वाशिङ्टन एक्सामर नामको अखबारमा प्रकाशित एउटा लेखमा चीनको खतरा भनी अतिरञ्जनापूर्ण चर्चा र संरा अमेरिका–भारतबीचको सम्बन्धको प्रशंसा गर्ने काम भयो । यो कुनै आश्चर्यको विषय पनि होइन । लेखमा चीनको प्रतिकार गर्ने भारतीय पहललाई संरा अमेरिकाले सहयोग गर्नुपर्ने र संसारभर चीनविरुद्ध प्रदर्शन गरिनुपर्ने सुझाव दिइएको छ ।
यसबाहेक हालैको भारत भ्रमणमा अस्ट्रेलियाली विदेशमन्त्री जुली विसोपले चीन र भारतबीच तनावको घटना लामो समयदेखि विवाद भएको र भूमि विवादको समाधान शान्तिपूर्वक गर्न सकिने बताए । उनले हालको तनाव अझ चर्किएको अस्ट्रेलियाले नचाहनेमा जोड दिए ।
सोमबार चीनका विदेश मन्त्रालयका प्रवक्ता लु काङले दोक्लाममा धेरै अगाडि बाटै सिमाना प्रष्ट भएको हुँदा त्यहाँ जे भइरहेको छ त्यो सिमाना विवाद नभएको बताए । प्रष्टतः विशोपले वास्तविकतालाई बङग्याउन खोजेका छन् र घुमाउरो ढङ्गले भारतप्रति समर्थन जनाएका छन् ।
जहाँ जहाँ सिमाना विवाद हुने गर्दछ, त्यहाँ संरा अमेरिकाले खेल्न खोजेकै हुन्छ । अनि त्यसरी संलग्न भएका ठाउँमा उसले समस्याको निष्पक्ष तरिकाबाट समाधान गर्ने गर्दैन । यस प्रकारको पक्षधरताले अन्ततः युद्धमा धकेल्ने गर्दछ । पश्चिमा विश्वमा त्यस्ता केही शक्तिहरु छन् जो भारत र चीनबीच सैनिक द्वन्द्व थोपर्न चाहन्छन् । त्यस्को निम्ति उनीहरु आफ्नो कुनै क्षति नहुने रणनीतिक फाइदा खोज्ने गर्दछन् । दक्षिण चिनियाँ सागरमा पनि वाशिङ्टनले यही चालबाजी खेलिरहेको छ ।
आजभन्दा आधा शताब्दी पहिले चीन र भारतबीच भएको सिमाना युद्धमा संरा अमेरिका र सोभियत सङ्घको अप्रत्यक्ष हात रहेको कुरा स्मरणीय छ । त्यत्तिबेलाको पीडाबाट नयाँ दिल्लीले केही पाठ सिक्न जरुरी छ ।
संसारको दोस्रो ठूलो अर्थतन्त्र चीन भारतको नजिकको छिमेकी देश हो । तसर्थ चीनसँगको लडाई गरी भारतले आफ्नो आर्थिक विकास र त्यसका लागि उपयुक्त बाह्य वातावरण मात्र गुमाउनु पर्नेछ ।
वास्तवमा न त चीन युद्ध चाहन्छ न त भारत त्यसको पक्षमा छ । चीनले आफ्ना छिमेकीसँगका सबै सिमाना समस्या वार्तामार्फत समाधान गरेको छ ।
त्यसमाथि डोनाल्ड ट्रम्प सरकारले संरा अमेरिका–भारतबीचको सम्बन्ध र व्यापार तथा आप्रवासी मुद्दा जस्ता विविध समस्याबारे त्यत्ति प्राथमिकताका साथ ध्यान दिएको छैन ।
अमेरिकीहरु उनीहरु दक्षिण चिनियाँ सागरको छल यहाँ पनि दोहो¥याउन सक्ने सोच्न सक्छन् । तर त्यो सामुद्रिक विवादबाट संरा अमेरिकाले के पायो ? त्यसरी नै चीन–भारतबीचको विवाद चर्कनुले वाशिङ्टनले केही हासिल गर्नेछैन । संरा अमेरिकाले हस्तक्षेप गरे पनि चीनले आफ्नो भूमि रक्षाको काम छोड्नेछैन ।
ग्लोबल टाइम्स
Leave a Reply