भर्खरै :

सम्पादकलाई चिठ्ठी

हरेक दिन भ्रष्टाचार गरेको, तस्करीको बिगबिगी भएको समाचारहरूमात्र पढ्न पाइन्थ्यो । कर्मचारीको अर्थ नै घुस्याहा, फाटाहा, देशद्रोही र जनद्रोही जस्तो लाग्थ्यो । तर आज तपाईंको दैनिकमा ‘स्तरकबाट घूस नलिंदा सरुवाको उपहार’ शीर्षकको समाचार पढ्न पाउँदा खुशी लाग्यो ।
नवलपरासी जिल्लामा क्रसर उद्योग चलाउने नदीजन्य पदार्थको गैरकानुनी दोहन गर्ने र चोरी निकासी गर्ने तस्करहरूको आतड्ढ छ । हत्या, हिंसा, चोरी र डकैती गर्ने अपराधीहरूले वर्षको १०–१५ वटा अपराध गर्छन् र २–४ वर्षभित्र पक्राउ पर्छन् २०–३० परिवारलाई दुःख दिन्छन् ।
तर क्रसर उद्योगको नाममा नदीजन्य वस्तु चोर्ने र तस्करी गर्ने अपराधीहरूले देशको वन–जंगल र पानीको मूल समेत समाप्त पार्ने ठूलो अपराध गरेका हुन्छन् । गिटी–बालुवा वा नदीजन्य वस्तु निकालेर ठाउँ ठाउँमा खाल्डो पार्ने र भीर खस्नेजस्ता दुर्घटनाहरू हुने सम्भावना हुन्छ ।
तर एक वर्ष अगाडिको नवलपरासीका स्थानीय विकास अधिकारी जीवलाल भुसार र पछिल्लो स्थानीय विकास अधिकारी युवराज कट्टेललाई इमानदारीको पुरस्कार ‘सरुवाको उपहार’ प्राप्त भयो भन्ने समाचारले भ्रष्ट सरकार र शासक दलका नेताहरूमाथि एक झापट सम्झन पुगें ।
हरेक तहका कर्मचारीहरूले यसरी देश र जनताको हितमा अडान लिएको खण्डमा कर्मचारी र सरकारकै इज्जत बढ्ने छ र तस्कर र सबै प्रकारका अपराधीहरूको मनोबल कमजोर भइ समाजमा विस्तारै राम्रो वातारण तयार हुने देख्छु ।
तर केही जिल्लाका एलडीओ अर्थात् स्थानीय विकास अधिकारीहरू संसदीय कोषको विकास निर्मँण कार्यमा समेत ३५ प्रतिशत रकम खोज्ने खालका अधिकारीहरूसमेत रहेको सांसदहरूको अनौपचारिक कुराकानीमा खुल्न आएको जानकारहरू बताउँछन् ।
एक जिम्मेवार नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *