विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
सिद्धान्त र विचारको आधारमा राजनीति गर्ने दलका नेताहरू एक्लै भए पनि विचलित हुँदैनन्, शत्रुको दबाबमा झुक्दैनन् । नेमकिपाले आफ्नो सिद्धान्त र विचार छोडेन अडान नछोडेको पछिल्लो उदाहरण संसदमा प्रस्तुत एमसीसी सम्झौताको विपक्षमा मत अभिव्यक्त गर्नु हो । भारतले नेपाली भूमि सुस्ता मिच्दा नेमकिपाले पहिलो पल्ट विरोध प्रदर्शन र सभा गरेको थियो । महाकाली सन्धि र टनकपुर सन्धिको विरोधमा पनि दलको हिसाबले नेमकिपा एक्लै थियो । भारतीय पक्षले एकतर्फीरूपमा अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल भारत सीमामा बाँध तथा तटबन्ध बनाउँदा पनि नेमकिपाले त्यसको निन्दा ग¥यो र निरन्तर विरोध गरिरह्यो ।
तत्कालीन देउवाको नेतृत्वमा बनेको सरकारले कमैया मुक्त घोषणा ग¥यो र द्वैधस्वामित्वको अन्त्य ग¥यो । नेकाको त्यो निर्णय कमैयाहरूलाई वर्षौंदेखि जोत्दै आएको जग्गाबाट निकाल्ने बहाना थियो । पुस्तौंदेखि जोत्दै आएका कृषकहरूको मोहियानी हक कायम नहुँदै भएको द्वैध स्वामित्वको अन्त्यले मोहीहरू आफ्नो हकबाट वञ्चित भए । यसरी नेकाले कमैया र मोही किसानलाई जग्गाको हकबाट वञ्चित गरेर किसानविरोधी नीति लियो । त्यस नीतिको एमालेले समर्थन ग¥यो । तर, नेमकिपाले शासक दलहरूका जनविरोधी निर्णय र नीतिको निरन्तर विरोध गरिरह्यो । नेमकिपाको यो अडान र दृढताको हामीले स्वागत गर्नैपर्छ ।
कुर्सीको लडाइँमा नभुलेको दल नेमकिपा नै हो । सदन र सडकमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको निरन्तर विरोध गरिरहने दल नेमकिपा हो । देश र जनताप्रति समर्पित भएर इमानदारीपूर्वक स्वच्छ राजनीति गर्ने दल नेमकिपा हो । कुनै पनि वैदेशिक हस्तक्षेप, विदेशी आक्रमण, विदेशी नाकाबन्दीको विरोध गर्न नेमकिपा पछि पर्दैन । नेमकिपाले अन्तर्राष्ट्रवादी कर्तव्य पालना गरेको छ । कुनै पनि नेपाली नेताले विदेशमा रकम राख्न नपाउने, सम्पतिको सीमा तोक्नुपर्ने माग पनि नेमकिपाको हो । देशमा सन्तुलित विकास हुनुपर्छ, जाति, भाषाको आधारमा प्रदेशको नामकरण गर्न नहुने र प्रदेशको विभाजन हिमालदेखि तराईसम्म हुुनुपर्ने माग नेमकिपाको हो ।
नेमकिपाले अघि सारेका सबै मागहरू देश र जनतासित सम्बन्धित छन् । नेमकिपाले देश र जनताप्रति समर्पित भएर राजनीति गरिरहेको छ । नेमकिपाले कहिले पनि देशघाती सन्धि र सम्झौताको समर्थन गरेन, दलगत स्वार्थमा लागेन, भागबन्डामा परेन । यो नेमकिपाको इमानदारिता हो । नेमकिपाको यो राजनीति अरुले पनि सिक्नुपर्छ । अरुले पनि अनुकरण गर्नुपर्छ । पद र पैसामा बिकेर भएको राजनीतिले देश र जनताको सेवा गर्दैन, गरिरहेको छैन । सत्तारुढ दलका नेता, मन्त्री र सांसदहरू यस्तै राजनीतिमा अलमलिरहे । त्यसकारण, नेपाल साक्षर मुलुक पनि बनेन, नेपाल पराधीन बनिरह्यो । युवाहरू बेरोजगार भएर विदेश जान बाध्य भए । यसरी देशमा नेमकिपाले पु¥याएको यागदानको कारण नेमकिपा प्रकाशस्तम्भको रूपमा रह्यो । नेपालको कम्युनिस्ट पार्टीलाई सही मार्गमा लैजाने काममा नेमकिपा अगाडि रह्यो । नेमकिपाको यो यथार्थलाई कसैले नकार्न मिल्दैन ।
Leave a Reply