भर्खरै :

छनौट फुटबलमा बाल विकासको सफलता

भक्तपुर, साउन १३ । भक्तपुर जिल्लाव्यापी विद्यालयस्तरीय छनौट फुटबल प्रतियोगितामा बाल विकास ई.से स्कूलले विजय हासिल गरेको छ । देवी माविलाई १ का विरुद्ध ३ गोलले बाल विकासले आफ्नो पोल्टामा विजय पारेको हो । खेल शुरु भएको दुई मिनेटमै देवीका सागर तामाङले शुरुवाती गोल गरेका थिए । लगत्तै आठौं मिनेटमा बाल विकासका नवीन रानाले आफ्नो टिमको लागि पहिलो गोल गरी बराबरीमा पु¥याएका थिए । मध्यान्तर पछि बाल विकासका नवीन फुडोङले एघारौं र अठारौँ मिनेटमा गोल गरी आफ्नो विद्यालयमा विजयको शिखर चुमाउन सफल भएका थिए ।
खेलका विजयीहरुलाई भक्तपुर नगर खेलकुद समितिका अध्यक्ष एवं वडा नं ७ का वडाध्यक्ष उकेश कवांले पुरस्कार वितरण गर्नुभएको थियो । सो क्रममा उहाँले भक्तपुर नपाले खेलकुदको विकासको लागि तीन करोड रुपैंया विनियोजन गरेको र त्यसमध्ये साढे एक करोड रुपैंया खेलमैदान सुधार गर्नमा खर्च गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर एन्फाका अध्यक्ष गौतम सुजखू , प्रतियोगिता आयोजक समितिका संयोजक तीर्थ राजचल र रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *