यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
जुन समाज आमा र छोरीको अपमान सहजसँग सहन्छ र किशोरीको शोषणमा उसैको दोष भन्छ के त्यो उभो लाग्छ ?
महिला अपमानित गर्ने उखानले हाम्रो भावना उजागर गर्छ
अपमानजनक उखान प्रयोगमा रोक लगाउनुपर्ने विषय उठ्दा कतिपयले प्रतिवाद पनि गर्दै आएका छन् । उनीहरूको तर्क हुन्छन्– ‘यस्ता उखान हटायो भने त हाम्रो साहित्यिक भण्डार सानो हुन्छ ।’ अरूलाई अपमान गर्ने उखान राख्दा होइन, हटाउँदा नै साहित्य समृद्ध हुन्छ ।
महिलाविरोधी उखान थुप्रै छन् । अहिले पनि ‘तरुनी बेस्से सात वटा पोइ, मर्न लागी बेस्से कोई न कोई’, ‘जब प¥यो राति, अनि बूढी ताती’, ‘अनुहार न दनुवार पोइ खोज्न थाली’, ‘आई बूढी मच्चिँदै, गई बूढी थच्चिंदै’ जस्ता उखान प्रयोग भइरहेका छन् । यस्ता उखानले महिलाको यौनिकताको अपमान गर्छन् ।
त्यस्तै, महिलाहरू फाल्तु कुरा गर्न मात्र रुचाउँछन्, उनीहरू गम्भीर तथा महत्वपूर्ण विषयमा कुराकानी गर्दैनन् भन्ने किसिमका उखान प्रयोग भइरहेका छन् । ‘आइमाइको पेटमा कुरा पच्दैन’, ‘रुद्रघण्टी नहुनेको विश्वास नगर्नु’ भन्ने उखान यसका उदारहण हुन् ।
अहिलेको समयमा पनि महिला घरभित्र मात्र बस्छन्, बस्नुपर्छ भन्ने भाव मुखरित हुने गरी उखान प्रयोगमा छन् । जस्तैः ‘लुगा धोइस् बूढी?, सुँघी हेर बुढा नै’, ‘आमा–छोराको ऐँचोपैँचो, बाबु–छोराको लेनदेन ।’
त्यस्तै, अन्धविश्वासलाई बढावा दिने, कुरीतिलाई मान्ने र त्यसमा पनि महिलालाई नै अपमान हुने उखान–टुक्का प्रयोग भइरहेका छन् । ‘जो बोक्सी, उही सुँडेनी’, ‘कङ्गालको जात छैन, बोक्सीको गाउँ छैन’ लगायत उखान यसका उदाहरण हुन् ।
कतिपय उखानले एकल महिलालाई होच्याउँछन्, अपमान गर्छन् । शहरमा कम भए पनि गाउँमा भने अझै पनि ‘नामर्दको भर नपर्नू, राँडीको भोज नखानू’, ‘राँडीलाई पोतेको रहर’, ‘राँडीलाई ढोग मैजस्तो होस् भन्छे’, ‘गरीबलाई दिउँला नभन्नू, राँडीलाई लैजाउँला नभन्नू’ जस्ता अपमानित गर्ने उखान सुनिने गरेका छन् ।
महिलालाई वस्तुका रूपमा प्रस्तुत गर्ने, द्विअर्थी, अश्लीलता झल्किने उखान पनि प्रशस्त छन् । ‘बा¥ह वर्षमा पोइ आयो, मै राँडीलाई ज्वरो आयो’, ‘मोहब्बत राख्ने स्वास्नी मानिसका सात वटा हुन्छन्’ उखानले महिलालाई मनोरञ्जन, भोगको सामान जस्तो मानेर हियाउँछन् ।
अहिले पनि यस्ता उखान प्रयोग गर्नु कुरीति, कुसंस्कारको पक्षपोषक र अन्धविश्वासको समर्थक बन्नु हो । त्यसैले यस्ता उखान–टुक्का दैनिक जीवनमा प्रयोग नगरौँ ।
– लेखकको फेसबुक पेजबाट
Leave a Reply