यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
मार्टिन हाइडेगर प्रगतिशीलहरूले पढ्न उपयुक्त ठान्ने दार्शनिक होइनन् । उनी यहुदीविरोधी थिए र हिटलरका अनुयायी थिए । उनी अति घिन मान्ने स्वाभावका थिए । उनी भेडाबाख्राझैँ मानिसहरूको आम नरसंहारका पक्षपाती थिए ।
तैपनि उनको नाम र प्रभाव फैलिँदो छ । उनका सङ्कलित रचनाका ९० खण्ड निस्केका छन् । यति रचना शोधार्थीहरूको कैयन पुस्ता रुमलाउन पर्याप्त छ । तीमध्ये अधिकांश विद्यार्थीले दर्शनशास्त्रमा स्नातकोत्तर गर्नेछैनन् । यो खुसीको कुरा हो ।
हेइडेगरले कला र साहित्यका विद्यार्थीहरूबीच ठूलो प्रभाव छ । लाजमर्दो कुरा, यी विद्यार्थीले भविष्यमा हेइडेगरको नाजी विचार प्रसार गर्छन् । त्यसैले हर हेइडेगरका केही महत्वपूर्ण रचनाबारे छलफल गरौँ । धेरै वर्षअघि जर्मनीमा डेनियल मोरातले लेखेको ‘भोन देर तात जुर जेलेसेनहेइत : कोन्सारभेटिभ्स देनकेन बेइ मार्टिन हेइडेगर, अन्स्र्ट युंगर र फ्रेडरिख जर्ज युंगर, १९२०–१९६०’ नामक पुस्तक छापिएको थियो । ५९२ पृष्ठको यो पुस्तकमा तीनजना दार्शनिकको रुढीवादी विचारधाराबारे चर्चा गरिएको छ । यो लेख हेइडेगरमा केन्द्रित छ ।
जर्ज स्टीनरले ‘टाइम्स लिटररी सप्लिमेन्ट’ ले २७ जून २००८ मा सो पुस्तकको समीक्षा लेखे । स्टीनरले हेइडेगरबारे हामीलाई केही रोचक कुरा बताउँछन् । हेइडेगरका रचनाहरूको ८० औँ संस्करण निस्केको छ । त्यो संस्करणको सम्पादनमा तलमाथि भएको देखिन्छ । जर्मन रचना जस्ताको तस्तै नछापिएको गुनासो छ । नाजी विचारहरू नखुलाइएको वा ‘मेटिएको’ हुनसक्छ । यही संस्करणबाट अंग्रेजी अनुवाद गरिन्छ । त्यसैले संरा अमेरिका वा अन्यत्र विद्यार्थीहरूले हेइडेगरको फासीवादी विचारलाई नजानिँदो ढङ्गले ग्रहण गर्नसक्ने खतरा छ । अर्को पुस्ताका जर्मन विद्यार्थीहरूले नाजीहरूप्रतिको हेइडेगरको सहानुभूति महसुस गर्ने छैनन् । यो झन् ठूलो चिन्ताको विषय हो ।
हेइडेगरका शिष्यहरूले उनलाई पूजा गर्छन् । तर, धेरै प्रतिष्ठित दार्शनिकहरूले हेइडेगरलाई उति रुचाउँदैनन् । माक्र्सवादीहरूले उनलाई रुचाउँदैनन् । विटजेनस्टीन, कार्नाप आदि अङ्ग्रेजीभाषी दार्शनिकहरूले ‘विश्लेषणात्मक र सकारात्मक आन्दोलन’ चलाएका थिए । यो आन्दोलनले हेइडेगरलाई ‘अबोध्य, गफी, खोक्रो…’ र उनको लेखनीलाई ‘आफ्नै राजनीतिले लतपतिएका शब्दहरूको थुप्रो’ भनेको छ । नैतिकरूपमा हेइडेगरको सबैभन्दा घिनलाग्दो पक्ष के छ भने दोस्रो विश्वयुद्धपछि र नाजीहरूका कुकृत्यहरू जगजाहेर भइसकेपछि पनि उनले नाजीवादको विरोध गरेनन् । स्टीनर भन्छन्, “उनले कहिल्यै राष्ट्रिय समाजवादी आन्दोलनको महिमामण्डन गर्न छोडेनन्, उनले अन्तिम समाधानको निन्दा गर्न अस्वीकार गरे ।….” पश्चिमा बुद्धिजीवी र प्राज्ञहरूको लागि यस्तो व्यक्ति कसरी बौद्धिक आदर्श बन्न सक्छ ?
हेइडेगरको दर्शन र नाजीवादबीच कस्तो सम्बन्ध होला भनी स्टीनर खोजीनीति गर्छन् । कार्ल लोविथ (१८९७–१९७३), कार्ल जास्पर (१८८३–१९६९) र हाबरमासजस्ता हेइडेगरका आलोचकहरूले उनका दार्शनिक रचना र विचारहरूमा ‘मौलिक अन्तरसम्बन्ध’ फेला पारेका छन् । उनीहरूले ‘हिटलरवादमा उनको संलग्नता’ पत्ता लगाएका छन् । डेरिडाजस्ता उनका ‘विनिर्माणवादी’ समर्थकहरूले यो पक्षलाई तुच्छ अश्लीलता भनी निन्दा गरेका छन् । हेइडेगर कति महान् विचारक थिए भने उनीजस्तो व्यक्ति हृदयदेखि नै नाजी बन्न असम्भव थियो भन्ने भान पर्छ । स्टीनरले दार्शनिक गादामेर (१९००–२००२) ले हेइडेगरलाई “सर्वश्रेष्ठ विचारक” भनी प्रशंसा गरेको उल्लेख गरेका छन् । तथापि स्टीनरको समीक्षाले एउटा कुरा स्पष्ट पार्छ । “सन् १९४५ पछि उनले रणनीतिक मौनता धारण गरे र आफ्नो बचाउ गरे । यसले नै उनको बौद्धिक इमानदारी र दार्शनिक गम्भीरताको दाबीलाई शङ्कास्पद बनाइदिन्छ ।”
अन्स्र्ट युंगर (१८९५–१९९८) र कार्ल श्मीट (१८८९–१९८५) सँग हेइडेगरको सम्बन्ध थियो । केही पुस्तकले यसको प्रमाण पस्केको स्टीनर बताउँछन् । “तिनीहरू सबै नाजीवादप्रति सहानुभूति राख्थे र नाजीवादको पतनपछि उनीहरूले माफी माग्ने अनेक दुष्प्रयास गरेका थिए ।” मोराटले आफ्नो नयाँ पुस्तकमा फ्रेडरिख जर्ज युंगर (१८९८–१९७७) को भूमिका खुलाएका छन् । जर्ज युंगर अन्स्र्टका कान्छा भाइ थिए र ‘दक्षिणपन्थी क्रान्ति’ का महत्वपूर्ण सदस्य थिए । यी सबै व्यक्तिहरू “रुग्ण पुँजीवादी–उदारवादी मूल्यमान्यता” को निन्दामा एकजुट भएका थिए । माक्र्सवादको निन्दाको कुरै छोडौँ !
हेइडेगरको कुरा भइराखेको बेला युंगरहरूबारे यहाँ धेरै चर्चा हुनेछैन । हेइडेगरको भावना नाजीवादी थियो । त्यसैले बौद्धिकता र संस्कृतिको क्षेत्रमा पश्चिमा संस्कृति सडेको देखे । यसमा निश्चय नै माक्र्सवादी दृष्टिकोणले उनलाई त्यो निष्कर्षमा पु¥याएको थिएन । उनले हिटलरको आत्मसंस्मरण ‘मेइन क्याम्फ’ को धारणाअनुसार पश्चिमा सभ्यतालाई पुनर्जीवन दिनुपर्ने आवश्यकता देखे । ‘नियति’ सम्बन्धी आफ्नो धारणामा प्रतिबद्ध हुँदै हेइडेगरले प्लेटो (४२७–३४६ इपू.) कै जीवनकालबाट पश्चिमको पतन सुरु भएको आरोप लगाए ¤ पश्चिमाहरूको “नियति” ‘धर्मरिएको’ बुझ्न इतिहासमा यति पर पुग्नुपर्ने उनको विचार थियो । आधुनिक कालमा ‘देकार्त (१५९६–१६५०) को बुद्धिप्रधानता’ लाई पनि दोष दिनुपर्ने हेइडेगरको ठहर थियो । यसलाई जितेर मात्र ‘वास्तविक पुनर्जन्म’ हुनसक्ने उनले बताए ।
यसरी पश्चिमको पतीत सभ्यतालाई पुनर्जीवन दिन नियतिले हिटलरलाई साधनको रूपमा ‘छनोट’ ग¥यो । सन् १९४५ हेइडेगरको निम्ति ‘ब्रह्माण्ड नै डगमगाउने महाविपत्ति’ किन थियो भनी स्टीनर बताउँछन् । किनभने हेइडेगरको विचारमा (ग्रीक बाहेक) दर्शनको वास्तविक भाषा केवल जर्मन थियो र जर्मन संस्कृति ‘सर्वोच्च दार्शनिक प्रकाशको चुनिएको वाहक” थियो । ‘भद्र’ जर्मनहरूको पतनपछि खालि अमेरिकी र सोभियत वर्चस्व मात्र बच्यो । यी दुवैले जर्मनहरूको ‘महान् आध्यात्मिक मूल्यमान्यता’ को दाँजोमा ‘भौतिकवादी प्राविधिक विज्ञानवाद’ को प्रतिनिधित्व गर्थे ।
हेइडेगरसम्बन्धी कम्तीमा चारवटा अनुत्तरित प्रश्नहरूसहित स्टीनरले आफ्नो समीक्षाको बिट मारेका छन् । ती हुन् – उनको ‘मोहक’ शैलीको मूल । आफ्नो लेखनी “मान्छेले सोच्न नसिक्दासम्म” को ‘अन्तरिमकाल’ का लागि हो भन्ने उनको दाबी । (नाजीवाद अपनाउनुको अर्थ चिन्तनमा बिर्को लाग्नु थियो ।) होल्डरलिन (१७७०–१८४३) र सोफोक्लिज (४९६–४०५ इपू.) जस्ता “कविहरूको पठनमै मुक्ति छ” भन्ने उनको विश्वास । अनि ‘सेइन उन्द जेइत’ बीचको अन्तरसम्बन्ध र ‘सोर्ज’ (चासो) माथिको त्यसको जोडका साथै उनको नाजीवाद । (‘सेइन उन्द जेइत’ सन् १९२७ मा प्रकाशित हेइडेगरको प्रसिद्ध कृतिको नाम हो । यसको अर्थ ‘अस्तित्व र समय’ हुन्छ ।)
यी चारवटा प्रश्नबाहेक अर्को महत्वपूर्ण प्रश्न पनि छ । ‘यस्तो प्रतिष्ठा’ का हेइडेगर र अन्य दार्शनिकहरूले कसरी आफूलाई “अमानवीय राजनीतिमा होम्न सकेका हुनन्” ?
हेइडेगरको विचारभित्र लुकेको नाजीवाद बुझ्न नसक्नु नै यसको एउटा कारण हुन सक्छ । त्यसैले उनलाई दिइने ‘प्रतिष्ठा’ का उनी वास्तविक हकदार होइनन् । अर्को, नाजीवाद हामीले सोच्न चाहेजस्तो ‘अमानवीय’ नहुन सक्छ । नाजीवाद दबाबमा परेको पुँजीवादको सम्भावित एउटा रूप हुनसक्छ । आदिवासी अमेरिकीहरूको संहार, दासप्रथा, यहुदी नरसंहार, भियतनाम, रङ्गभेद, तालिबान, महिलाप्रतिको व्यवहार, प्यालेस्टाइनीहरूको जातीय सफाया आदि नाजीहरूले नभई मान्छेले नै गरेका थिए । जातिवादले उचालिएका मान्छेहरू नै समस्या हुन् । जमिन र सम्पत्ति हडप्ने लोभ नै समस्या हो । नाफा र वित्तको भोकले सञ्चालित हुने आर्थिक व्यवस्था नै समस्या हो । ‘सेइन र जेइत’ बुझ्न हामीले (कार्ल माक्र्सको पुस्तक) ‘पुँजी’ बुझ्नुपर्छ । समाजवादमा पुगेपछिमात्र हामी पूर्ण मान्छे बन्नेछौँ र अतीतमा के ‘अमानवीय’ थियो भनी बुझ्नेछौँ ।
(डा. थोमस रिजिन्स दर्शनशास्त्रका अवकाशप्राप्त शिक्षक हुन् । सन् १९६० को दशकमा उनी फ्लोरिडा विश्वविद्यालयको समाजवादी युवा लीगका अध्यक्ष थिए । त्यसयता उनी नागरिक अधिकार र शान्तिको निम्ति हुने जनआन्दोलनहरूमा सक्रिय छन् । उनले बट्र्रान्ड रसेल सोसाइटीजस्ता विभिन्न दार्शनिक प्रतिष्ठानहरूमा सेवा गरेका थिए ।)
Leave a Reply