भर्खरै :

युक्रेनको रुसविरोधी भावना अमेरिकी प्रोक्सी युद्ध हो

केही मानिसहरू युक्रेन–रुसबीचको चालु युद्धलाई ‘कसैले नजित्ने लडाइँ’ भन्छन् भने कोही कोही ‘रुसको पराजय हुने’ र ‘सबैको अहित हुने’ बताउँछन् । तर, सबैले युद्धको कारण र परिणामबारे चिन्तन गर्नु आवश्यक छ । युद्धका कारण निम्न हुन्–
१) संरा अमेरिकाले ख्रुश्चेभदेखि गोर्भाचोभसम्ममा सोभियत सङ्घलाई सैद्धान्तिक, राजनैतिक र कूटनैतिक क्षेत्रमा पराजित ग¥यो । त्यसले पूर्वी युरोपेली समाजवादी भनिएका देशहरूमध्ये युगोस्लाभियालाई ६ टुक्रामा विभाजित ग¥यो र चेकोस्लोभाकियालाई दुई टुक्रामा विभाजित ग¥यो । ती देशहरूमा पुँजीवादको पुनः स्थापना गरियो । संरा अमेरिका र नेटो देशहरूले ती देशहरूमध्ये केहीलाई छिन्नभिन्न पारे तथा केहीलाई आर्थिक र राजनैतिकरूपले निर्बलियो बनाए ।
२) सोभियत सङ्घलाई १५ टुक्रामा विभाजित गरी संरा अमेरिकाले रुसको अर्थतन्त्रलाई धुजाधुजा पा¥यो† अर्थतन्त्र कमजोर हुँदा रुस र टुक्रिएका राज्यहरूलाई आर्थिक, राजनैतिक एवम् सामाजिकरूपले नै अत्यन्त दिशाहीन र निर्बलियो बनायो ।
३) दोस्रो विश्वयुद्धपछि युरोपमा खतराको रूपमा देखिएको कम्युनिस्ट शिविर अथवा ‘वार्सा सन्धि’ को विघटनपछि युरोपकै पुँजीवादी र नेटो देशका सदस्य देशहरूले विज्ञान–प्रविधि र आर्थिक विकासमा लाग्ने अवसर पाए । बिस्तारै तिनीहरूले नेटो एक अनावश्यक सैनिक सङ्गठन भने र संरा अमेरिकी प्रभुत्वबाट मुक्त हुने इच्छा गर्न थाले । तर, अमेरिकाले नेटोको विघटन र आफ्नो प्रभुत्व छोड्न चाहेन ।
४) साम्यवादी शिविरको पतनपछि संरा अमेरिकाले राजनैतिक र सैनिक प्रभुत्वमात्रै होइन, युरोपमा आफ्नो आर्थिक नियन्त्रणलाई अझ बलियो बनाउन ऊर्जा र अन्य प्राकृतिक स्रोतमाथि रुसमा निर्भरता एवम् चीनसँगको युरोपको बढ्दो व्यापारलाई पनि निरुत्साहित गर्न आफ्नो प्रयत्न बढाउँदै लग्यो ।
५) पूर्वी युरोपका समाजवादी देशहरू र पूर्व सोभियत सङ्घका विभाजित राज्यहरूलाई पनि एक–एक गरेर अमेरिकाले नेटोको सदस्य बनाएर ठूलो अमेरिकी नयाँ साम्राज्य कायम गर्न चाहन्थ्यो । सोभियत सङ्घ र पूर्वी युरोपेली समाजवादी देशहरूको सङ्घको विघटनको उपाय एवम् त्यसको अनुभव नै उसको शक्ति बन्यो ।
६) युक्रेन पूर्व सोभियत सङ्घको शिक्षा, विज्ञान र प्रविधि, आर्थिक र सैनिकरूपले पनि अगाडि बढेको एक स्वायत राज्य र प्रदेश थियो । त्यसैलाई संरा अमेरिकाले गुप्तरूपले नेटोको सदस्य बनाउँदै रुसका अन्य टुक्रिएका राज्यहरूलाई पनि एक–एक गरेर नेटो सदस्य बनाई अन्तमा रुसमा राजनैतिक परिवर्तन सँगै एक नयाँ साम्राज्य खडा गर्न ‘एक परीक्षण स्थल’ को रूपमा प्रयोग गर्दै थियो । यो लडाइँ सारमा संरा अमेरिकाको रुसमाथिको आक्रमण हो । नेटो र युरोपलाई अमेरिकाले त्यस युद्धमा घिसार्दै लगेको एक ‘प्रतिनिधि’ आक्रमण हो ।
अमेरिका अगाडि बढेपछि र रुस पछाडि हटेपछि के होला ?
१) सन् १९०५ मा जापानसँगको लडाइँमा रुसको हार र पहिलो विश्वयुद्धमा रुसको खस्कँदो स्थितिले रुसको सामन्ती र सैनिक जारतन्त्रको विरोधमा प्रजातन्त्रको स्थापनासँगै सर्वहारा वर्गको समाजवादी क्रान्ति सुरु भयो । अमेरिकी र युक्रेन युद्धमा रुसको पराजय भएमा यसले रुसमा पुनः जनताको क्रान्तिको लहरको आवश्यकता अनुभव गराउनेछ ।
२) रुसमा समाजवाद र सोभियत सङ्घ पुनः स्थापनाको आवश्यकताको तीव्र अनुभव गराउनेछ ।
३) पूर्वी युरोपको समाजवादी शिविरमा पुनः समाजवादी विचारको मन्थन हुनेछ र कम्युनिस्टविरोधी नेतृत्वलाई अमेरिकी एजेन्टविरोधी सङ्घर्षले पाखा लाउनेछ ।
४) नेटोका युरोपेली सदस्य देशहरूले अमेरिकी प्रभुत्वको बोझ फाल्न युरोपेली जनतामा पुनः नयाँ जागरणको सञ्चार गराउनेछन् ।
५) युरोपदेखि एसियासम्म, अफ्रिकादेखि ल्याटिन अमेरिकासम्म विस्तार हुँदै गएको अमेरिकी आक्रमण एवम् अमेरिकाको विश्व साम्राज्यको विरोधले अन्तिम लडाइँ छेडिनेछ ।
६) अमेरिकी विश्व साम्राज्यवादी शक्ति विभिन्न महादेशहरूमा फसिरहँदा संरा अमेरिकी जातीवादी क्रूर पुलीस राजको विरोध र उत्तर अमेरिकामा संयुक्त राज्य अमेरिकी विस्तारवादको विरोधमा पश्चिमी गोलाद्र्धका जनताको सङ्घर्ष चुलिनेछ ।
संसारमा परिस्थिति छिट्छिटो परिवर्तन हुँदै छ । बीचमा केही नयाँ–नयाँ परिवर्तनका कारण स्थितिले अझ विकराल रूप लिनेबारे अस्वीकार गर्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *