भर्खरै :

बागरेमा भेटिएको लासको पहिचान खुल्यो

भक्तपुर, २४ फागुन । चाँगुनारायण नपा वडा नं ७ बागरेस्थित टिनको कच्ची टहरामा फेला परेको लासको सोमबार पहिचान भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले परालले छोपिएको अवस्थामा फेला परेको लास काभ्रे जिल्ला नमोबुद्ध नपा वडा नं ९ स्थायी घर भई हाल भक्तपुर नपा वडा नं १० नागपोखरीमा डेरा लिई बसेका वर्ष अन्दाजी २८ की जेनिसा नगरकोटीको भएको बताएका छन् ।
अर्ध नग्न अवस्थामा फेला परेको महिलाको लासको घाँटीको अगाडिको भागमा गहिरो चोट, शरीरका अन्य भागमा काटेको चोट देखिएको प्रहरीले जनाएको छ । लासको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको बताइएको छ ।
प्रहरीले घटनास्थलको प्रकृति र लासको जाँच मुचुल्का गरी पोस्टमार्टमको लागि काठमाडौँ मोडल अस्पताल दुवाकोटमा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *