युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
सोल, १० मार्च । दक्षिण कोरियाको राष्ट्रपति पदमा प्रमुख अनुदारवादी विपक्षी दल पिपुल्स पावर पार्टीका नेता यून सुक–यिओलले झिनो मतान्तरमा विजय हासिल गरेका छन् । उनले सत्तारुढ उदार डेमोक्रेटिक पार्टीका नेता ली जाए–म्युङलाई २.३७ प्रतिशतको मतान्तरले पराजित गरेका छन् । विजयी नेताको पक्षमा ४८.५६ प्रतिशत मत खसेको छ भने उनका प्रमुख प्रतिस्पर्धीले ४७.८३ प्रतिशत मत हासिल गरेका छन् ।
विजत्रवले विभोर निर्वाचित नेताले आफ्ना कार्यकर्तासँग खुशियाली मनाए । उनले आफ्नो जीत जनताको जीत भएको बताए । उनले आफ्ना प्रतिद्वन्द्वी ली र सिमप्रति आभार व्यक्त गर्दै चुनावी प्रक्रिया सम्पन्न भएपछि सिङ्गो देशलाई सङ्गठित रूपमा मिलेर काम गर्न आह्वान गरे ।
यूनको विजयले अहिलेका उदार मुन जाय इन सरकारबाट शक्ति खोसेर अनुदार खेमालाई दिने आतुरी अभिव्यक्त भएको छ ।
दक्षिण कोरियामा कोभिड–१९ का बिरामीको बढ्दो सङ्ख्या र कोरियाली प्रायःद्विपमा तनावबीच चुनावमा भएको थियो ।
पूर्व प्रहरी अधिकारी यूनले पूर्ण र प्रमाणिक आणविक निः शस्त्रीकरणबाट कोरियाली प्रायःद्विपमा दिगो शान्ति र सुरक्षा हासिल गर्न मद्दतको लागि आह्वान गर्दै संरा अमेरिकी सहकार्यमा अहिले अवरुद्ध आणविक निः शस्त्रीकरणसम्बन्धी वार्ता पुनः थालनी गर्ने सम्भव सबै प्रयास अघि बढाउने बताए ।
राष्ट्रिय सुरक्षाबाट कडा नीति अङ्गीकार गर्दै यूनले सोल र वाशिङ्टनबीच विस्तृत रणनीतिक मोर्चा बलियो बनाउनेमा जोड दिए । उनले दक्षिण कोरियामा संरा अमेरिकी मिसाइलप्रतिरोधी थाड प्रणालीको लागि थप सेना पठाउन आग्रह गरे ।
यूनले बिहीबार प्रजग कोरियाबाट आउने धम्कीको ‘दृढतापूर्वक’ सामना गर्ने बताए । “तर, वार्ताको ढोका भने सधैंको लागि खुला छ”, सोलस्थित राष्ट्रिय समाधिमा आफ्ना समर्थकहरूसँग पुगेका उनले भने ।
बिहीबार नै उनले संरा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोनमा कुराकानी गरेर प्रजग कोरियासँग ‘नजिकको समन्वय’ कायम राख्ने वचनबद्धता व्यक्त गरे ।
उनले दक्षिण कोरियामा भ्रष्टाचारविरुद्ध लड्ने र न्यायको प्रबद्र्धन गर्ने वाचा गरे ।
गेओनजी प्रान्तका पूर्व गर्भनर लीले टेलिभिजन सम्बोधनमार्फत आफू आफ्नै कारणले पराजित भएको बताए । उनले आफ्नो पराजयको लागि न जनता न सत्तारुढ दल नै दोषी भएको बताए ।
निर्वाचित नेता यूनलाई बधाई ज्ञापन गर्दै उनले नयाँ राष्ट्रपतिको कार्यकालमा दक्षिण कोरिया एकता र सद्भावको नयाँ युगमा प्रवेश गर्ने अपेक्षा गरे ।
कुल ७१ प्रतिशत मतदाताले भाग लिएको यसपालिको निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा थोरै प्रतिशत मत खसेको थियो ।
Leave a Reply