भर्खरै :

एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने व्यवस्था सच्याउन निवेदन

हेटौँडा, २५ फागुन । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिले बाग्मती प्रदेश सहकारी ऐन २०७६ मा रहेको एक व्यक्ति एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने व्यवस्था संशोधन गर्न माग गरेको छ ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुको नेतृत्वमा बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई त्यस्तो संशोधनको माग गर्दै निवेदन बुझाएको छ ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको प्रतिनिधि मण्डलको निवेदन बुझ्दै सभामुख सानुकुमार श्रेष्ठले भन्नुभयो, “सरकारले बनाएका सबै ऐन कानुनहरू जनताको अनुकूलमा हँुदैन । जनतालाई प्रतिकूल भएका विषयहरू सडकमा आन्दोलन गरी, सभा समारोहमा बोलेर संशोधन हुने होइन । त्यसको लागि प्रक्रियागत ढङ्गबाट सरकारमा उठाउन तीन जना प्रदेशसभाका सदस्यको दस्तखत गरी सय जना नेपाली नागरिकको दस्तखत सहितको निवेदनमार्फत प्राइभेट बिलको रूपमा प्रदेश सभामा छलफलको विषय बन्ने प्रदेश सभाको नियमावलीमा व्यवस्था छ । सोही व्यवस्थाअनुसार सहकारीका सचेत नागरिक तथा सहकारीकर्मीहरूले उक्त विधि तथा प्रक्रियाअनुसार आवाज उठाएको र यो अभ्यासअन्तर्गत पहिलो निवेदन दर्ता भएको छ ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले कानुनमा व्यवस्था भएअनुसार प्रदेश सभा सदस्य शंशीजङ्ग थापा, प्रतिमा श्रेष्ठ र सृजना सैंजुसहित एक सय जना नेपाली नागरिकको दस्तखतमा सहकारी ऐन संशोधनका लागि निवेदनको दर्ता गरेको बताउनुभयो । उहाँले नेपालको संविधानमा उल्लेखित मौलिक हक र अन्तर्राष्ट्रिय सहकारी सिद्धान्तको पहिलो सिद्धान्त स्वेच्छिक तथा खुला सिद्धान्तविपरीत एक व्यक्ति एक सहकारीको व्यवस्था रहेको बताउँदै तत्काल संशोधन गरी सहकारी व्यवसाय सञ्चालनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *