राष्ट्रपति ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना
- बैशाख ८, २०८३
पश्चिमा देशहरूले आफ्नो स्वार्थको निम्ति साना र गरिब देशलाई प्रयोग गर्दै आएको दृष्टान्त इतिहासमा खोज्दा जति पनि पाइन्छन् । इतिहासमा उनिएको यो सिलसिलामा अहिले अर्को एउटा देश पनि थपिएको छ–युक्रेन । शीतयुद्धको समाप्तिको क्रममा सोभियत सङ्घ विटन गरेको रुसी नेताहरूलाई तत्कालीन अवस्थाबाट संरा अमेरिका नेतृत्वको पश्चिमा सैनिक सङ्गठन नाटो पूर्वतिर विस्तार नगर्ने पश्चिमा मोर्चाले वचन दिएका थिए र रुसी नेताहरूले त्यसमा विश्वास गरे । खासमा त्यो विश्वास नै मूर्खता थियो । बाघले घाँस खाने कुरा जति असत्य हो, त्यति नै असत्य थियो त्यो वचनबद्धता । सोभियत सङ्घको विघटनलगत्तै त्यो वाचा सजिलै लत्याएर नाटोले पूर्व सोभियत गणतन्त्रहरू र पूर्वी युरोपका देशहरूलाई आफ्नो सदस्यता दियो ।
समाजवादको विघटनले कमजोर बनेको रुसलाई बौरिन केही दसक लाग्नु स्वाभाविक थियो । रुस आफै राजनीतिक र आर्थिकरूपमा कमजोर भएको समयमा पश्चिमा देशहरूले आफूलाई दिएको वचन तोड्दा चुपचाप सहनुको विकल्प थिएन । तर, नाटोको लगाार विस्तारले रुसको सुरक्षामाथि चुनौती बढ्दै थियो । आफ्नो सुरक्षामाथि खतराको बादल मडारिंदा प्रतिकारमा रुसले कदम चाल्नु स्वाभाविक हो । रुससँग सीमा जोडिएको भएर मात्र होइन, सोभियतकालदेखि नै नाजीवादी शक्तिको प्रभाव रहेको देश भएकोले पनि युक्रेन नाटोको सदस्य बन्नुलाई रुसले गम्भीरतापूर्वक लिएको देखिन्छ । दैलोमै नाटो पुगिसक्दा पनि रुस चुपचाप बस्दा आफ्नो सुरक्षामा पुग्न सक्ने आँचलाई विचार गरी मस्कोले लगातार नाटो र युक्रेनी नेतृत्वलाई सजग बनाइरह्यो । तर, नाटो र पश्चिमा मोर्चाको उक्साहटमा युक्रेनी नेतृत्वले रुसी चासोलाई उपेक्षा गरिरह्यो । युक्रेनलाई सदस्यता नदिन नाटोलाई पनि लगातार चेतावनी दिइरह्यो ।
नाटो र पश्चिमा मोर्चाको लागि युक्रेनलाई सदस्य बनाउनुको लक्ष्य एउटा सदस्य बढाउनु मात्र होइन । उनीहरूको उद्देश्य रुसलाई असजिलो बनाउनु हो । युक्रेन नाटोको सदस्य बन्नु रुसको लागि गलगाँडको पिलो हुने थियो । पश्चिमा शक्तिहरूले त्यसैको लागि युक्रेनको राजनीतिक नेतृत्वलाई उक्साइरह्यो । अन्ततः रुसले युक्रेनमाथि सैनिक कारबाही ग¥यो । युक्रेनी नेतृत्वलाई रुसले आक्रमण गरे प्रतिरोधको निम्ति पश्चिमा देश र नाटोका सबै सदस्यहरू हतियार र सेनासहित रुसको प्रतिरोधमा आउने आशा गरेका थिए । तर, उनीहरूको यो अपेक्षा झूटो साबित भयो । कुनै पनि देश रुसको प्रतिरोधमा आउन तयार भएनन् । सैद्धान्तिक र केही आर्थिक नाकाबन्दीबाटै रुसलाई गलाउन खोज्नुबाहेक उनीहरू युक्रेनको पक्षमा आएनन् । फलतः युक्रेनी सहरहरू ध्वस्त भए । युक्रेनी जनताले दुःख पाए ।
निःसन्देह कुनै पनि सार्वभौम देशमाथि हमला गर्नु गलत हो । निर्दोष युक्रेनी जनताले दुःख पाउनु निन्दनीय छ । तर, युक्रेनको राजनीतिक नेतृत्वले गरेको कमजोरीले यो अवस्था निम्तिएको हो । नाटो र पश्चिमा देशहरूबाट आफू प्रयोग हुन सक्ने सम्भावना युक्रेनी नेतृत्वले बल्ल बुझ्दैछन् । युक्रेनी राष्ट्रपतिले पश्चिमा देशहरूको व्यवहार र रुसी हमला रोकिने छाँटकाँट नदेखिएपछि नाटोको सदस्यता नलिने घोषणा गरेका छन् । हमला हुनुअघि रुसले खास माग गरेको यति थियो । युक्रेन नाटोको सदस्य नबन्ने अवस्थामा युक्रेनमाथि हमला नहुने कुरा रुसी विदेशमन्त्री लाभ्रोभले बारम्बार भन्दै आएका थिए । तर, पश्चिमा देशहरूको उक्साहटमा परेको युक्रेनी नेतृत्वले त्यत्तिबेला यो कुरामा बुझ पचाए र आफ्नो जिद्दी छोडेनन् । अन्ततः युक्रेनले लडाइँको चोट भोग्नुप¥यो ।
झन्डै महिना दिनको लडाइँ पछि युक्रेनले सिकेको पाठ नेपाल र संसारका साना देशको निम्ति निकै महत्वपूर्ण छ । पश्चिमा देशहरूले आफ्ना स्वार्थ पूरा गर्न कसरी कुनै पनि कमजोर देशलाई दुरुपयोग गर्न सक्छ, कुनै पनि देशको काँधमा बन्दुक बिसाएर कसरी आफ्नो दुनो सोझ्याउन सक्छ भन्ने उदाहरण युक्रेन बनेको छ । केही शक्ति देशको उक्साहट र आक्रामकताको पछि लाग्दा आफ्नो देशका जनताले भोग्नुपर्ने क्षतिबारे साना र विकासशील देशहरू अझ बढी सजग बन्नुपर्छ । राजनीति कुनै हाँस्यव्यङ्ग्यको डबली होइन ।
Leave a Reply