वाग्मती प्रदेश मुख्यमन्त्री बानियाँ भक्तपुर भ्रमणमा
- बैशाख ४, २०८३
काठमाडौँ, ५ वैशाख । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे सरोकारवालासँग छानबिन आयोगले लिएको बयानको सार सङ्क्षेप –
नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङको बयान –
नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्नुअघि नेपाल प्रहरीसँग औपचारिक रूपमा सल्लाह गरेन ।
भदौ २३ गते सुरक्षाकर्मीले घेरा तोड्दै प्रदर्शनकारी संसद् परिसरभित्र प्रवेश गरेको जानकारी पाएपछि स्थानीय प्रशासन ऐनअनुसार संयमतापूर्वक प्रहरी परिचालन गर्न निर्देशन दिएको हुँ । मेरो विश्वासमा कफ्र्यु आदेशपछि मात्र गोली चलेको हो । जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक स्तरमा पुग्यो, कुन तत्वहरूको घुसपैठ वा कुन कारकले आक्रोश बढ्यो भन्ने विषय गहन अनुसन्धानबाट मात्र स्पष्ट हुनसक्छ ।
नेपाली सेनाको परिचालनबारे नीति विधि स्पष्ट जानकारी नभएकोले धारणा राख्नु उपयुक्त ठान्दिनँ । म सेवा निवृत्त हुँदासम्म १२ जनाको सनाखत बाँकी थियो ।
तत्कालीन उपत्यका प्रहरी कार्यालय प्रमुख दानबहादुर कार्कीको बयान –
भदौ २३ गते नेपाल प्रहरी प्रधानकार्यालयको मानव स्रोत विकास विभागमा कार्यरत थिएँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयको नेतृत्व भदौ १८ गतेदेखि नै रिक्त रहेको अवस्थामा प्रहरी अतिरिक्त महानिरीक्षकहरूमध्ये कोहीले अनिच्छा र कोही बिरामी भएको बहालवाली गरेर दायित्वविमुख भएपछि मुलुकको संवेदनशील परिस्थितिमा राष्ट्रसेवकले आफ्नो भूमिका निःस्वार्थ ढङ्गले निर्वाह गर्नुपर्छ भन्ने आत्मसात गरी २०८२ भदौ २४ गते बिहान करिब ९ बजेको समयमा म उपत्यका प्रहरी कार्यालयको प्रमुखको रूपमा मौखिक आदेशअनुसार जिम्मेवारी सम्हाल्न पुगेको हुँ ।
प्रहरी कार्यालयहरूमा एकैसाथ आक्रमण हुँदा ठुलो मात्रामा हातहतियार, गोलीगट्ठा र सम्पत्ति लुटिन पुग्यो ।
नेपाल प्रहरी सङ्गठनको हाल प्रमुखको हैसियतले म बाँकी रहेका हातहतियार, फरार कैदी र दोषीहरूमाथि कानुनी कारबाही गरी नागरिकमा पैदा भएको भ्रम र असुरक्षा अन्त्य गर्न पूर्ण प्रतिबद्ध छु । किनकि, हाल प्रहरी महानिरीक्षकमा नियुक्ति भई सेवारत छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहको बयान (तत्कालीन कार्य विभाग प्रमुख) –
भदौ २३ गतेको प्रदर्शनको सूचना केही दिनअगाडि नै टिकटक, फेसबुक, रिल्स तथा डिस्कर्डजस्ता सञ्जालमार्फत तीव्र रूपमा फैलिन थालेको देखेपछि मैले तत्कालीन प्रहरी महानिरीक्षकलाई समयमै जानकारी गराई पूर्वतयारीबारे छलफल गरेको थिएँ । प्रारम्भिक सुरक्षा तयारी अपेक्षित स्तरमा सुदृढ हुन सकेन भन्ने मेरो बुझाइ रह्यो ।
संसद्को एक नम्बर गेटमा आगजनी, प्रहरीमाथि ढुङ्गा प्रहार, कम्पाउन्ड वाल फुटाएर परिसर प्रवेश गर्न प्रयास भएपछि गोली चलेको रिपोर्ट प्राप्त भएको थियो । ढुङ्गा, लाठी, खुकुरी, रड र अन्य सामग्रीसहितका उग्र प्रदर्शनबारे अगाडि र निहत्था सर्वसाधारणको निहित भीड पछाडि रहेको अनुमान थियो ।
भदौ २४ गते प्रहरी प्रधानकार्यालय नै तोडफोडको लक्ष्य बन्न थालेपछि म अग्रपङ्क्तिमा उभिएर कार्यालयभित्र रहेका प्रहरीको मनोबल उच्च राख्ने र कार्यालय जोगाउन निर्देशन दिन सक्रिय रहेँ ।
घुसपैठको सूचनालाई गम्भीरतापूर्वक नलिनु र सुरक्षा तयारी अपर्याप्त रहनु नै भदौ २३ गतेको घटनाको मुख्य कारण हो ।
Leave a Reply