नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
काठमाडौं, १३ साउन । बोलिभारियाली क्रान्तिका नेता एवं भेनेजुयलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजको ६३ औं जन्मदिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ त्रि–चन्द्र क्याम्पस एकाइ समितिले शुक्रबार एक प्रवचन कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसाले बोलिभारियाली समाजवादी क्रान्ति साम्राज्यवाद र नवउदारवादविरोधी समाजवादउन्मुख क्रान्तिकारी प्रक्रिया भएको र त्यसले भेनेजुयलामा मात्र नभई सि·ो ल्याटिन अमेरिकी र क्यारिवियाली क्षेत्रमा अमेरिकी साम्राज्यवाद र नवउदारवादी व्यवस्थाविरोधी लहर ल्याएको बताउनुभयो ।
ह्युगो चाभेज एक क्रान्तिकारी नेता भएको बताउँदै भेनेजुयलाको बोलिभारियाली क्रान्ति, क्रान्तिकारी भूमिसुधार, उत्पादनका साधनहरूको राष्ट्रियकरण, व्यापक रोजगारी सिर्जना र गरिबी निवारणमा मात्र नभई विभिन्न ल्याटिन अमेरिकी देशहरूमा वामपन्थी र प्रगतिशील सरकारहरुको निर्वाचन र सरकारको स्थिरताका लागि नेता ह्युगो चाभेज र भेनेजुयलाको योगदानबारे चर्चा गर्नुभयो ।
साम्राज्यवादले लाडेको नवउदारवादविरूद्ध सङ्घर्षको क्रममा ल्याटिन अमेरिका र क्यारिवियाली प्रगतिशील सरकारहरूले दक्षिणका राष्ट्रहरूको साझा बजार – मर्कोसुर, दक्षिणको बैड्ढ, सेलाक र अल्बा टीसीपीजस्ता क्षेत्रमा स·ठन र संस्था बनाएको बताउँदै त्यसमा साम्राज्यवादविरोधी नेता ह्युगो चाभेज र फिडेल क्याष्ट्रोको नेतृत्वदायी भूमिका थियो भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सचिव नरेश खत्रीले अन्तर्राष्ट्रिय राजनीतिमाथि ठूलो प्रभाव राख्ने हुनाले अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारी राख्नुपर्ने बताउनुभयो ।
उहाँले अन्य देशका मजदुर वर्ग र न्यायप्रेमी जनताको सङ्घर्षमा साथ र समर्थन नदिने र साम्राज्यवाद, उपनिवेशवाद र विस्तारवादको विरोध नगर्नेहरू कम्युनिष्ट त के प्रगतिशील समेत हुन सक्दैनन् भन्नुभयो ।
नेक्राविसङ्घ काठमाडौं क्याम्पस परिचालन समितिका सचिव दिपेन्द्रबहादुर शाहीले ह्युगो चाभेजको क्रान्तिकारी जीवनी र भेनेजुयाली जनताको सङ्घर्षबाट सिकेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घ त्रिचन्द्र क्याम्पस एकाइ समितिका अध्यक्ष हृदय दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका युवराज शाहीले चाभेजको सङ्क्षिप्त जीवनी वाचन गर्नुभएको थियो भने समितिका नेत्र माझीले पनि बोल्नुभएको थियो ।
Leave a Reply