–बालकृष्ण बनमाला
एउटा कलाकार
चिन्तनशील कलाकार
अथाह समुद्रको कलाकार
कलैकलाको कलाकार
प्रत्येक स्वर, शब्द, नशामा कलाकार ।
यस्तै अंग–अंगमा माया–ममता स्नेहले टाँसिएका
चिन्ता लिएर प्रत्येक दिन कला सिर्जनामा व्यस्त
एउटा कलाकार ।
नेपाल तथा अन्तर्राष्ट्रिय कलाकारलाई पुलको रुपमा काम गर्ने एक कला अन्वेषक इतिहासविद् डिना बाङ्देल नेपाल कलाका धरोहर लैनसिंह बाङ्देलकी सुपुत्री हुन् । डिना बाङ्देल कला वाङ्मयका एक अन्तर्राष्ट्रिय स्रोतको रुपमा हुनुहुन्थ्यो । नेपाली कला क्षेत्रमा पु¥याएका बाङ्देलका देनलाई हामीले कहिल्यै बिर्सिने छैनौं ।
डिना बाङ्देलकोे अमेरिकाको भर्जिलियाको एउटाअस्पतालमा मंगलबार निधन भयो । साइनसको शल्यक्रियाका लागि दुई साताअघि भर्ना हुनुभएकी बाङ्देलले मेनिन्जाइटिसका कारण मृत्युवरण भोग्नुप¥यो ।
५४ वर्षीया बाङ्देल कतारको भर्जिनिया कमनवेल्थ विश्वविद्यालयको कला विभागका निर्देशक हुनुहुन्थ्यो । सन् १९६० को दसकयता अन्तर्राष्ट्रिय क्षेत्रमा ओझेलमा परेको नेपाली कला र कलाकारलाई विश्वसामु परिचित गराउन उहाँ अहोरात्र सक्रिय रहनुभयो । फ्रान्सको कला सङ्ग्रहालयमा ‘म्यूजे गिमे’ सँगको सहकार्यमा नेपाली कला र कलाकारलाई विश्वको विभिन्न सहरमा प्रदर्शनी गर्ने र कलाकारबीचको सम्बन्धलाई प्रगाढ बनाउने योजना उहाँले अगाडि बढाउनुभयो ।
पिता लैनिसंह बाङ्देलले नेपालबाट चोरी भएर विदेश पु¥याइएका मूर्तिकलाबारे पुस्तक लेख्नुभएको थियो । त्यही समयमा डिनाले ती मूर्तिकलाहरु स्वदेश फर्काउने अभियान थाल्नुभएको थियो । नेपाली कलाको उत्थान गर्न विश्वस्वरकी आर्ट क्युरेटर डिना नेपाल कला परिषद्का बोर्ड अर्फ डाइरेक्टरका सदस्य, ग्रामीण क्षेत्रको शिक्षामा काम गरिरहेको संस्था रिड ग्लोबलका ट्रष्टी पनि हुनुहुन्छ ।

डिना बाङ्देल
काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सव तथा ‘काठमाडांै ट्रियनालय’ को आयोजनामा उनको महत्वपूर्ण योगदान रहँदै आएको छ । कला इतिहास र समकालीन कलाबारे थुप्रै पुस्तकका लेखिका एवं सम्पादक हुनुहुन्छ–डिना दिदी । डिनाले कतारमा अध्यापन गरे पनि नेपाली कला र कलाकारलाई माया र स्नेह गर्न हरेक महिना जसो नेपाल आउने गर्नुहुन्थ्यो ।
डिना बाङ्देल मेरा लागि आदर्श हुनुहुन्छ । डिना बाङ्देलसँग मेरो पहिलो भेट काठमाडौं विश्वविद्यालय कला विभागमा कलासम्बन्धी एक प्रिजेन्टेसन प्रोग्राममा भएको थियो । त्यसपछि क्रमशः कला प्रदर्शनी तथा कार्यक्रमहरुमा बेलाबखत भेट बाक्लो बन्दै गएको थियो ।
बाङ्देलसँगको अझ नजिक भेट स्नातक तहको प्रोजेक्टअन्तर्गत भएको मेरो एकल कला प्रदर्शनीको क्रममा भयो । कला प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भएको थियो । कला प्रदर्शनीको नाम ‘आजु’ जुराएको थिएँ । त्यो कला प्रदर्शनी उहाँले पनि अवलोकन गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो–‘कला क्षेत्रमा तिमीले निरन्तरता दिनुपर्छ है । तिमी पक्कै सफल हुनेछौ ।’
त्यसपछि पनि कहिले सिद्धार्थ आर्ट ग्यालरी त कहिले कलासम्बन्धि अन्य विविध कार्यक्रमहरुमा भेटको क्रममा निरन्तर रह्यो ।
डिना बाङ्देल स्वभावमा मलाई निकै सरल, मिलनसार, अन्वेषी, कलाप्रति अनुरागी, स्नेह, लगनशील, मिहिनेती र सक्रिय व्यक्तित्व लाग्छ । उहाँको विनम्र र मिठासपूर्ण बोलीले नै उहाँ कलालाई माया गर्ने र कलाकारको भावना बुझ्ने व्यक्ति भनी बुझ्न धेरै गाह«ो पर्दैन । उहाँ कला र कलाकारलाई सधैं उच्च कोटीमा राख्ने गर्नु हुन्थ्यो । कला र कलाकारलाई सहानुभूतिपूर्वक व्यवहार गर्न उहाँबाट सिक्न सकिने धेरै कुरा छन् । उहाँ कलाकारको जीवन निकै अमूल्य भएको भन्दै कलाप्रति थप लगनशील बन्न हौसला दिने गर्नुहुन्थ्यो ।

लेखक बनमाला बाँयाबाट दोस्रो
उहाँको व्यवहार नेपालमा मात्र यस्तो थिएन । सन् २०१४ मा भारतमा भएको भारतीय कला महोत्सवका क्रममा त्यहाँ पनि उहाँको व्यवहार उस्तै प्रिय भएको हेर्ने मौका पाएँ । महोत्सवमा विश्वभरका कलाकारहरुका कला प्रदर्शन गरिएको थियो । त्यहाँ पनि हाम्रो भेट डिना दिदीसँग भयो । उहाँले अन्य विदेशीहरुसँग हामी नेपाली कलाकारको राम्रो परिचय गराउनुभएको थियो । सधैंझैं त्यहाँ पनि उहाँप्रति सरल र व्यवहार गर्न सजिलो गरी प्रस्तुत हुनुभयो । विदेशी भूमिमा पनि हामीलाई बिरानो हुन दिनुभएन उहाँले । विदेशी भूमिमा उहाँको आत्मीय व्यवहारका कारण हामीलाई धेरै सजिलो भयो । त्यसखाले आत्मिय व्यवहार गर्ने र स्नेह प्रदर्शन गर्ने खुबी त अरुसँग भेटाउन गाह«ै होला जस्तो लाग्छ मलाई ।
उहाँसँग अर्को निकट भेट सन् २०१७ को ‘काठमाण्डौ टे«नालय’ को कार्यक्रममा भएको थियो ।
नेपाली कलालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन डिना दिदीको भूमिका अतुलनीय र अविस्मरणीय छ । नेपाली कला, कलाकारप्रतिको माया, सद्भाव, दृष्टिकोणले केही हदसम्म विश्वव्यापी रुपमा परिचित गराउँदै आफ्ना अनुकरणीय छवि प्रस्तुत गर्न सक्षम बनाएको छ । डिना बाङ्देल नेपाली कला जगतमा एउटा चहकिलो ताराको रुपमा चम्किरहनु हुनेछ । नेपाली कलाप्रति आफ्नो निर्वाह गरेर उहाँ अमर हुनुभएको छ ।
बनमाला फाइन आर्ट्सका विद्यार्थी हुनुहुन्छ ।
Leave a Reply