यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
विदेशी सञ्चार माध्यमका अनुसार, विश्व स्वास्थ्य सङ्गठनले हालै युक्रेनको सार्वजनिक स्वास्थ्य प्रयोगशालामा राखिएको उच्च जोखिमको जिवाणुलाई नष्ट पार्ने राय–सुझाव दिएको छ । यसबाट रूस र युक्रेनबीचको युद्धमा परी जिवाणु बाहिर निस्केर सार्वजनिक स्वास्थ्यमा खतरा ल्याउनबाट जोगाउन सकिनेछ । अमेरिकाले युक्रेनमा सैनिक जीवविज्ञान योजना कार्यान्वयन गर्ने सम्बन्धमा रूसले हालै जनाएको कुराबारे सोच विचार गर्दा अमेरिकाको काममा अन्तर्राष्ट्रिय समाजको व्यापक आशङ्का छ ।
रुसको राष्ट्रिय रक्षा मन्त्रालयले मार्च १० तारिख सार्वजनिक गरेको पछिल्लो समाचारअनुसार, अमेरिका तथा नेटोमा रहेका अमेरिकी सङ्गाती मुलुकहरूले युक्रेनमा जैविक हतियारको अनुसन्धान गरिरहेका छन् । यो खबर साँचो हो भने अमेरिकाले यस्तो योजनाको उद्देश्य के हो भनेर व्याख्या गर्नुपर्छ ।
अमेरिकाका धेरै अधिकारीहरूको भनाइ फरकरूपमा आएको छ । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुलान्डले युक्रेनमा ‘जीवको अनुसन्धान प्रबन्ध’ रहेको स्वीकार गर्नुभएको छ । तथापि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेद पराइसले युक्रेनमा अमेरिकाको कुनै पनि जीव प्रयोगशाला रहेको अस्वीकार गर्दै बाह्य क्षेत्रले ‘झूटो’ प्रचार गरेको भन्दै आरोप लगाउनुभएको छ ।
अमेरिकाले जसरी पनि लुकाउन खोजे तापनि विश्वमा युक्रेनलगायत मुलुकहरूमा ३ सय भन्दा बढी अमेरिकी जीव प्रयोगशालाको नियन्त्रण गरेको प्रमाणित छ । रुसले प्राप्त गरेको दस्तावेजअनुसार, युक्रेनमा रहेका दर्जनौँ जीव प्रयोगशालाहरू अमेरिकी राष्ट्रिय रक्षा मन्त्रालयको आदेशमा चलेका हुन् । अमेरिकाले यी प्रयोगशालाहरूका लागि २० करोड अमेरिकी डलर भन्दा बढी लगानी गरिसकेको छ । अमेरिकाले युक्रेनको जीव प्रयोगशालामा चमेरालाई जीव हतियार बोक्ने साधन बनाएको परियोजना कार्यान्वयन गरेको छ ।
विश्वका सर्वसाधारणको स्वास्थ्यका लागि विश्व स्वास्थ्य सङ्गठनले युक्रेनलगायत विश्वमा अमेरिकाका विभिन्न जीव प्रयोगशालाहरू जाँच्न आवश्यक छ ।
– सीआरआई
Leave a Reply