नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काठमाडौँ, २९ फागुन । प्रतिनिधिसभाको बैठक आइतबार भयो । बैठकको विशेष समयमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेकाका प्रम शेरबहादुर देउवाले काम गर्न नसकेको सन्दर्भमा पत्रपत्रिकामा धेरै समाचार प्रकाशित भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, भारतले दार्चुलामा महाकालीको बहाव नेपालतर्फ फर्काएको छ । तर सरकार मौन रहेको छ । देशको भूमिमाथि भारतीय हस्तक्षेप भइरहँदा पनि देउवा सरकार किन बोल्दैन ? भारतले नेपालको भूमि गाभेर नक्सा बनाएपछि नेपालले त्यो नक्सा च्यातेर आफ्नो भूमि समेटेर नयाँ नक्सा तयार ग¥यो । तर, नेपाली भूमि कालापानीमा भारतीय सेना यथावत छन् । नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्दै छ । सिमानामा भारतबाट नेपाली भूमि अतिक्रमण चालु छ । दार्चुलामा भारतले महाकाली नदी ५ मिटर अतिक्रमण गरेर ९ मिटर उचाइको ५ किमि लामो तटबन्ध बनाउँदै छ । यसले आउने वर्षामा नेपालको जनधन क्षति हुनेछ । दार्चुलाका जनता नेपाली भूमि सुरक्षा गर्न सङ्घर्ष गर्दै छन् । स्थानीय प्रशासन, गृह प्रशासन र परराष्ट्र मन्त्रालय के गर्दै छन् ?”
अन्तर्राष्ट्रिय कानुनविपरीत भारतबाट नेपालको सिमानामा भइरहेको थिचोमिचो, अतिक्रमण तत्काल रोक्नु जरूरी रहेको आवश्यकता औँल्याउँदै सचिव सुवालले भन्नुभयो, “प्रम देउवालाई दार्चुलामा के भइरहेको छ ? नेपालको सिमानामा अतिक्रमण किन भइरहेको छ ? यसबारे सदनमा जानकारी दिन लगाउनु आवश्यक छ ।”
सांसद सुवालले भन्नुभयो, “देशघाती एमसीसी सम्झौता प्रतिनिधिसभाको बहुमतबाट पारित भएपछि देउवा सरकार निरीह भएको जनताले अनुभूत गर्दै छन् ।”
“सम्झौताको दफा २.७ र ५.१ मा अमेरिकाको वर्तमान र भविष्यको कानुन पालना गर्नुपर्ने, दफा ५.५ मा यस्तो पालना सम्झौता अवधि ५ वर्षपछि पनि अनन्त कालसम्म कायम हुने उल्लेख छ । यस्ता प्रावधान भएको सम्झौता संसद्बाट पारित हुँदा सरकारमा बसेका नेताहरू खुसी छन् । तर, देश सुरक्षित भएको सत्य होइन”, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “एमालेका ओलीले सशस्त्र द्वन्द्वको १० वर्ष जेलवाला तेलले जुल्फी कोरेर दिल्लीको पाँचतारे होटलमा प्रचण्ड बसेको सार्वजनिक भएकै हो । यसबारे तत्कालीन भारतीय विदेशमन्त्री प्रणम मुखर्जीले सशस्त्र द्वन्द्वमा लागेका माओवादीका प्रचण्डलाई हतियार छाड्न लगाई शान्ति प्रक्रियामा पठाएको खुलासा गर्नुभएको थियो । प्रचण्ड र बाबुरामले भारतीय प्रम बाजपेयीलाई पत्र लेखेर सहयोग माग्नुभएको व्यहोरा भारतीय प्राध्यापक एसडी मुनीले सार्वजनिक गर्नुभएको थियो । संसद्ले नै पारित गरेर सिक्किमलाई भारतमा विलय गराइएको के प्रचण्डलाई थाहा छैन ?”
“के प्रचण्ड र माधवले देशघाती एमसीसी सम्झौता पारित गराउन नै देउवालाई प्रम बनाएका हुन् । दार्चुलामा महाकाली नदीमा भइरहेको भारतीय अतिक्रमण रोकेर साबिक अवस्था नै कायम गर्नु जरूरी छ । देशघाती एमसीसी सम्झौता खारेज हुनुपर्छ ।” सचिव सुवालले भन्नुभयो ।
प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको एक्काइसौंँ वार्षिक प्रतिवेदन, २०७८’ पेश गर्नुभयो ।
बैठकको प्रारम्भमै नेकपा (एमाले)का सांसदहरूले नाराबाजी गर्दै ‘बेल’ घेराउ गर्नुभएको थियो । नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले एमालेका सांसद भीम रावललाई बोल्ने समय दिनुभएको थियो ।
सांसद रावलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताका केही असन्तुष्टी सम्बोधन हुनुपर्ने धारणा व्यक्त गर्दै अनुमोदनपछि एमसीसी कार्यान्वयनको अवस्थाबारे जनताले जानकारी पाउनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभाको अर्काे बैठक आगामी चैत २ गते १ बजे बस्नेछ ।
Leave a Reply