नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
‘द ट्रयुथ’ पत्रिकामा टेरी प्राचेटले लेखे – “गतिलो मान्छे होइन,” उनले भनिन्, ‘ऊजस्तो मान्छेको फोटो घरमा टाँगुला भनी कसले सोच्ला र खै ?’ विलियमले भने, “त्यति राम्रो मान्छे होइन ।”
यो अत्यन्त छोटो र सरल भनाइ हो । यहाँ हामी युद्धकालको प्रचारयुद्धमा थपिएका प्याजका पत्रहरू एकएक गर्दै उप्काउनेछौँ । अलि अमेरिकी शैलीमा उप्काउनेछौँ । त्यो भनेको पैसालाई पछ्याउँदै उप्काउनेछौँ । (यो लेख लेख्न मलाई गोन्जालो लिराले प्रेरित गरेका हुन् । खारकिभबाट उनले भिडियो अपलोड गरे । उनको भिडियोको नाम छ – ‘जेलिन्स्की को हो ? एक कठपुतली । किन ? यो भिडियो हेर्नुस् ।’ भिडियो बुझकारी, बुझाउने र सरल छ । यो भिडियो हेर्नुहोला । जनताले जति यो भिडियो हेर्लान्, त्यति नै लिरा सुरक्षित हुनेछन् ।)
पहिल्यै सतर्क बनाऔँ । म यहाँ एकजना खरबपति, उसले लगानी गर्ने सैन्य दस्ताहरू र उसले लगानी गर्ने राजनीतिक नेताबारे छलफल गर्नेछु । यी साठगाँठहरू कति जटिल र जेटिएका छन् भने क्लिन्टन फाउन्डेसन पनि बच्चाको खेल प्रतीत हुनेछ । यी साठगाँठहरूले युक्रेनी राष्ट्रवादको इतिहासमा गहिरो जरा गाडेका छन् । यी साँठगाँठहरूमा प्रशस्त नायक र खलनायक प्रवृत्तिहरू छन् । ‘पैसाको बाटो’ हुँदै मैले यसबाट सारा अमूर्त कुराको पर्दा उघार्नेछु । वाटरगेट काण्ड पैसाकै कारणले भएको थियो । त्यस काण्डमा संलग्न व्यक्तिहरूको निजी विवरणले गर्दा होइन ।
लौ अब पैसाबाट कुरा थालौँ ।
खरबपति इगोर कोलोमोइस्की
हाम्रो पत्रिका ‘न्याकेड क्यापिटालिजम’ का पाठकलाई ८ वर्षअघि सन् २०१४ मा रिचर्ड स्मीथले इगोर कोलोमोइस्कीसँग चिनापर्ची गराएका थिए । कोलोमोइस्की एक धनाढ्य हो । उसलाई युक्रेनको पूर्वी प्रान्तको जिम्मेवारी दिइएको थियो । उसले हालै पुटिनलाई गिज्यायो । पुटिनको कदमाथि व्यङ्ग्य गर्दै उसले ‘सन्काहा पुड्के’ भन्यो । यसले स्थिति भड्कियो । पुटिनले केही समयलाई क्रिमिया र मस्कोस्थिति कोलोमोइस्कीका बैङ्कहरू बन्द गरिदिए । यो कलह कसले थाल्यो म यकिनसाथ भन्न सक्दिनँ । तर, कुरा माथिल्लै तहको हो ।
बाहिर यस्तो हुँदै गर्दा कोलोमोइस्कीले अमेरिकी संरक्षक खोजेको हुनुपर्छ र बाइडेनका छोराको रूपमा हन्टर बाइडेनलाई पाएको हुनुपर्छ । अर्को अनुमान ः कोलोमोइस्की नवनाजीजस्तो देखिन गाह्रो छ । उनी खाँटी यहुदी हुन् । अमेरिकीहरूसँग उनको उठबस छ । रुसले युक्रेनी सत्ता ‘फासीवादी’ छ भनी आरोप लगाइरहेको बेला कोलोमोइस्की गतिलो जवाफ हुनसक्छन् । (उनीहरूले ‘हामीसँग यहुदीहरू पनि छन्’ भन्न सक्छन् ।)
म यहाँ यो हन्टर बाइडेनको गुफाभित्र पस्दिनँ । मलाई यसमा रुचि छैन । जे होस् कोलोमोइस्कीको शैली खाँटी छ भन्न सकिन्छ । कोलोमोइस्की र उसको साथी गेन्नाडी बोगोल्युबोभ व्यापारिक साझेदार हुन् । उनीहरूले मिलेर ‘प्राइभेट ग्रुप’ नामक कम्पनी खोले ः कोलोमोइस्की र बोगोल्युबोभ २१ औँ शताब्दीको पहिलो दशकको बीचतिर कर्पोरेट ठगहरू थिए । अनेक कुख्यात र आक्रामक अवैध धन्दामा तिनीहरू सक्रिय थिए । तिनले अनेक कम्पनीहरू निले । ‘प्राइभेट’ को अर्धसैन्य दस्ता थियो, त्यसले युक्रेनी शैलीको हिंसा गथ्र्यो । तिनीहरूले धेरै नकाम गरे । त्यसमध्ये एउटा सन् २००६ मा क्रेमेनचुक स्टील उद्योग हडप्नु थियो । यस्तो गर्न सो कम्पनीले सयौँ गुन्डाहरू खटाएको थियो । ती गुन्डाहरूले बेसबलको ब्याट, फलामका छड, ग्यास र रबरका गोली दाग्ने पेस्तोल र विद्युतीय आरा लिएर हिँड्थे । यसकै बलमा तिनले जबरजस्ती उक्त स्टील उद्योग हडपेका थिए ।
कुनै बेला कोलोमोइस्की फोब्र्सको खरबपतिको सूचीमा १७५० औँ स्थानमा थियो । उसको कुल सम्पत्ति १ अरब ८० करोड डलर थियो । कोलोमोइस्की अमेरिकी प्रभावमा छ । ऊ एटलान्टिक काउन्सिलमा छ । तर, एकछिनलाई यी सबै प्रशासनिक झमेला बाहिर राखौँ । यो अर्को गुफा हो । म त्यता जान्न । यत्ति भनौँ, कोलोमोइस्की अझै पनि खरबपति हो र गुन्डाहरूमाथि पैसा खनाउन लाज मान्दैन । अन्य खरबपतिहरूजस्तै कोलोमोइस्की राजनीतिक क्षेत्रका विभिन्न परियोजनामा विभिन्न पदमा सक्रिय छ । कतिमा सक्रिय छ भन्न सक्दिन, तर कम्तीमा दुई पदमा छ । तिनलाई केलाऔँ ।
बान्देरापन्थी फासीवादीहरू : एजोभ बटालियन र दक्षिणी क्षेत्र
यो २०२२ जनवरी १ को युक्रेनको फोटो हो । कति राम्रो मसाल!
फोटो क्याप्सन यस्तो छ : “कीभमा ¥याली गर्दा विभिन्न राष्ट्रवादी दलका अभियन्ताहरूले मसाल र स्तेपान बान्देराको तस्बिर बोकेका हुन्छन् ।… स्तेपान बान्देराको जन्म दिवस मनाउन ¥याली आयोजना गरिएको थियो । बान्देरा सोभियत सङ्घविरुद्ध लड्ने विद्रोही सेनाको सङ्गठक थियो । जर्मनीमा सन् १९५९ मा बान्देराको हत्या भएको थियो ।”
‘द टाइम्स अफ इजरायल’ लेख्छ : ‘दोस्रो विश्वयुद्धताका बान्देराले युक्रेनी विद्रोही सेनाको नेतृत्व ग¥यो । उसका मान्छेहरूले हजारौँ यहुदी र पोल जातिको हत्या गरे । लालसेना र कम्युनिस्टहरूविरुद्ध नाजी जर्मनीको पक्षमा लड्दै तिनले महिला र बालबालिकाको हत्या गरे ।
एडोल्फ हिटलरले युक्रेनलाई स्वतन्त्रता दिनेछ भन्ने विश्वासका साथ सोभियत सेनाविरुद्ध बान्देराले नाजीहरूको पक्ष लिएको उसका समर्थकहरू बताउँछन् ।
सन् २०१४ को क्रान्तिपछि युक्रेनमा बान्देरा र उसका साथीहरूको प्रशंसा हुन थालेको छ । त्यस क्रान्तिले भिक्तोर यानुकोभिचलाई सत्ताच्युत गरेको थियो । उनी रुसका पिछलग्गू भएको दाबी गर्दै रुससँग सैन्य द्वन्द्व चर्काइयो ।
‘हिस्ट्री न्युज नेटवर्क’ बान्देराको विवरण दिन्छ : अरूले जस्तै इतिहासकार कारेल बेरखोफले बान्देरा, उसका कार्यकर्ता र नाजीहरूबीच एउटा विचार साझा थियो भन्छन् । युक्रेनका यहुदीहरू साम्यवाद र स्तालिनको साम्राज्यवादका सहयोगी हुन् र तिनलाई नष्ट गर्नुपर्छ भन्ने विचारमा उनीहरू एकमत थिए । बान्देरापन्थी दस्तावेजमा लेखिएको थियो, “सोभियत सङ्घका यहुदीहरू युक्रेनमा बोल्शेभिक सत्ता र मस्कोको साम्राज्यवादका सबैभन्दा बफादार सहयोगी र रक्षक हुन् ।” सन् १९४१ जूनमा जर्मनहरूले सोभियत सङ्घमाथि आक्रमण गरे र पूर्वी ग्लासियनको राजधानी लभोभ कब्जा गरे । बान्देराका सैन्य सहयोगीहरूले उसको नाममा स्वतन्त्रताको घोषणापत्र जारी गरे । तिनीहरूले हिटलरसँग अझ नजिकिएर काम गर्ने वाचा गरे । तिनले हिटलरलाई केही दिनभित्रै लभोभका ४ हजार जनता मार्न सघाए । बन्दुक र धातुका भाटाले मारकाट मच्चाइएको थियो । बान्देरापन्थीहरूको पर्चामा युक्रेनी यहुदीहरूलाई यसरी सम्बोधन गरिएको थियो – “हामीले तिमीहरूको टाउको हिटलरको पाउमा चढाउनेछौँ ।”
बान्देराको विचार आज पनि जीवित छ । एजोभ बटालियन पहिले अर्धसैन्य सङ्गठन थियो । हाल यो युक्रेनी राष्ट्रिय सेनामा समाहित छ ।
‘डब्ल्युएसडब्ल्युएस’ लेख्छ : एजोभ बटालियन सन् २०१४ मा यहुदीविरोधी आन्द्रेइ बिलेत्स्कीले स्थापना गरेको थियो । यसमा बिलेत्स्कीका पूर्वउग्रराष्ट्रवादी, गोरो नश्लवादी सङ्गठन ‘देशभक्त’ र ‘सामाजिक राष्ट्रवादी सभा’ (एसएनए) का धेरै सदस्यहरू संलग्न छन् । यसबाट तिनीहरूको राजनीतिक जरा खोतल्न सकिन्छ । यी सङ्गठनको माउ युक्रेनी राष्ट्रवादी सङ्गठन (ओयुएन) थियो । त्यसको नेता स्तेपान बान्देरा थियो । अर्को माउ सङ्गठन युक्रेनी विद्रोही सेना (युपीए) थियो ।
सन् २०१५–१६ मा राष्ट्रसङ्घको मानवअधिकारसम्बन्धी उच्च आयुक्तको कार्यालयले एजोभ युद्धअपराधी भएको बतायो । एजोभले लुटपाट मच्चाएको, अवैधरूपमा मानिसहरूलाई बन्दी बनाएको र यातना दिएको कार्यालयको ठहर थियो ।
यानुकोभिच सत्ताच्युत भएपछि संरा अमेरिका र उसका सहयोगीहरूले चरम दक्षिणपन्थी अर्धसैन्य दस्तालाई युक्रेनी सत्तामा महत्वपूर्ण र घातक शक्तिको ठाउँ दिलाउन हुनिहुनामी गरे । सरकारलाई सघाउन र सैन्य शक्तिलाई तालिम र आपूर्ति व्यवस्था मिलाउन खरबौँ डलर खर्च गरियो ।
२०१५ अप्रिलमा अमेरिकी १७३ औँ ब्रिगेडका झन्डै ३ सय सदस्यहरू युक्रेन पठाइयो । तिनले युक्रेनी सेनालाई तालिम दिए । एजोभ बटालियनले पनि त्यो तालिम पायो । यो तालिममा पछि बेलायत, क्यानडा र पोल्यान्डका सेनाले पनि सघाए । यसलाई अपरेसन फेयरलेस गार्जियन भनियो ।
यसरी बान्देरापन्थ बन्यो । स्पष्टताको लागि हामी बान्देरापन्थी फासीवाद शब्दावलीको प्रयोग गर्दै छौँ । युक्रेनको मामिलामा ‘नवनाजीहरू’ शब्दसँग अलमल नहोस् भनेर पनि यो शब्द प्रयोग गर्दै छौँ । ‘फासीवाद’ म्याद नाघेको शब्द हो भन्ने मलाई लाग्दैन । रोबर्ट प्याक्सटनले दिएको फासीवादको परिभाषा पाठकहरूलाई याद होला ः फासीवाद एउटा राजनीतिक व्यवहार हो । यसले विशेष समुदायलाई नष्ट गर्ने, अपमान गर्ने र शिकार गर्ने विचार राख्छ । साथै उसले आफ्नो समुदायलाई गोलबन्द गर्छ, उत्साहित गर्छ र पवित्र मान्छ । यसको लागि राष्ट्रवादी लडाकुहरूको भिडमा आधारित पार्टी बन्छ । यस्तो पार्टीले परम्परागत खानदानीहरूसँग साठगाँठ गर्छ । प्रजातान्त्रिक स्वतन्त्रता हनन गर्छ र स्वर्गको नाममा हत्याहिंसा गर्छ । मान्छे मार्ने र भूमि विस्तार गर्ने उद्देश्यका साथ नैतिक वा वैध संयमबेगर फैलिन्छ ।
यो परिभाषाले बिथोल्छ । खासगरी ‘स्वर्गको नाममा हत्याहिंसा’ भन्ने शब्दावलीले । (यो परिभाषाअनुसार हेर्ने हो भने युक्रेनमा अनेक फासीवादी दस्ता वा मिलिसियाहरू छन् । यो असाध्यै विकराल गुफा हो । म यसमा पस्दिनँ ।) यति कुरा बुझेपछि तपाईँलाई कोलोमोइस्कीले नै एजोभ बटालियनलाई खर्च दिएको थियो भन्दा आश्चर्य नलाग्ला ।
युक्रेनी सेनामा समाहित हुनुअघि एजोभलाई कसले खर्चपानी दिन्थ्यो ? एजोभ युनिटलाई सन् २०१४ मा युक्रेनी गृहमन्त्रीले सहयोग गरे । सरकारी सेना रुस समर्थक पृथकतावादीहरूसँग लड्न नसकेपछि सरकार अर्धसैन्य स्वयंसेवक दलमा निर्भर भयो ।
यी दलहरूलाई धनाढ्यहरूले निजी तवरले खर्च दिन्थे । धेरै पैसा इगोर कोलोमोइस्कीको थियो । ऊ ऊर्जा क्षेत्रको खरबपति थियो र तिनताका दिनाइप्रोपेत्रोभ्स्की क्षेत्रको गभर्नर थियो । (२०१५ मार्चमा ऊ त्यस पदबाट निकालियो ।)
‘न्युजविक’ लेख्छ : “इगोर कोलोमाइस्कीले एजोभ बटालियनलाई खर्च दिन्थ्यो ।… यसबीच नर्वेको टेलिभिजन च्यानलले हिजो एउटा फुटेज देखायो । फुटेजमा एजोभ बटालियनले युक्रेनको नवनाजी दल ‘देशभक्त’ को चिह्नसहितको झन्डा फहराइरहेको थियो ।”
‘रोयटर्स’ लेख्छ : युक्रेनका केही निजी बटालियनहरूले देशको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आफ्ना अतिवादी विचारहरूमार्फत कालोमोसो दलेका छन् । तरुता र कोलोमोइस्कीले खर्च दिने एजोभ बटालियनले नाजी चिह्नलाई आफ्नो पहिचान चिह्नको रूपमा प्रयोग गर्छ । बटालियनका धेरै सदस्यहरूले खुलेआम नवनाजी र यहुदीविरोधी विचार राख्छन् । बटालियनका सदस्यहरूले ‘कीभमा युद्ध ल्याउने’ बताए र भने युक्रेनलाई “एकजना शक्तिशाली तानाशाहको खाँचो छ, जसले प्रशस्त रगत बगाएर भए पनि राष्ट्रलाई एकढिक्का बनाउन सकोस् ।” (‘स्वर्गको नाममा हत्याहिंसा’ भनेको यही हो ।)
एजोभ बटालियनलाई खर्च दिनेबाहेक कोलोमोइस्कीले केही समययता अर्को एक व्यक्तिलाई एकोहोरो खर्च दिइरहेको छ ।
राजनीतिक नेता : भोलोदिमिर जेलिन्स्की
त्यो व्यक्ति युक्रेनका वर्तमान राष्ट्रपति भोलोदिमिर जेलिन्स्की हुन् । (उनले धेरै धन विदेशमा राखेका छन् । यो अर्को गुफा हो । यहाँ म पस्न चाहन्न ।) बीबीसीका कुरा सुनौँ ः
युक्रेनको राजनीतिक टेलिचलचित्र ‘जनसेवक’ मा भोलोदिमिर जेलिन्स्कीले एक शिक्षकको भूमिका खेल्छन् । सरकारको भ्रष्टाचारविरुद्ध कुर्लेको भिडियो एकाएक भाइरल भएपछि त्यो शिक्षक राष्ट्रपति बन्छ । सोभियत सङ्घबाट छुट्टिएको १८ वर्षसम्म देशमा देखिएको धनाढ्यतन्त्र र उदासीन कर्मचारीतन्त्रविरुद्धको सङ्घर्षमा उक्त टेलिचलचित्रले व्यङ्ग्यवाण हान्नु सार्थक छ । यो दृश्यले अहिले नयाँ अर्थ भेटाएको छ, किनभने जेलिन्स्की हाल युक्रेनका वास्तविक राष्ट्रपति बनेका छन् । कथाको पात्रको रूपमा उनले पाएको ख्याति धन्य हो ।
विरोधाभाषपूर्ण विगत ।
थप चर्चा
सन् २०१५ मा युक्रेनमा ‘जनसेवक’ को प्रिमियर भयो । यसमा जेलिन्स्कीले मुख्य भूमिका खेले । त्यसबेलासम्म उनलाई हास्यव्यङ्ग्य कलाकार मानिन्थ्यो । उनलाई राष्ट्रपतिमा बदलिएका साधारण व्यक्ति भासिली पेत्रोभिच होलोबोरोद्को भनिन्थ्यो । देशको १+१ च्यानलमा यो कार्यक्रम तीन सिजनसम्म चल्यो ।
गुणवत्ताका हिसाबले ‘जनसेवक’ ले हाँस्यव्यङ्ग्यको रूपमा विश्वभरि ख्याति कमायो । भ्रष्टाचारमाथि औँला ठड्याउन र कलाकारलाई वास्तविक राष्ट्रपति बनाउन त्यस टेलिचलचित्रले प्रभावकारी भूमिका खेल्यो । राजनीतिक व्यङ्ग्यको हिसाबले त्यो अरमान्डो इयानुच्चीको कठोर राजनीतिक व्यङ्ग्य ‘द थिक अफ इट एन्ड भीप’ र एक साधारण अमेरिकीले स्थानीय राजनीति हातमा लिने ‘पाक्र्स एन्ड रिक्रियसन’ को बीचमा पर्छ । ‘जनसेवक’ ले मर्ममै प्रहार ग¥यो । साथमा आशाको किरण पनि देखायो । निर्माण सोझो थियो, लेखनी चोटिलो थियो, अभिनय गजबको थियो र कथानक पेट मिचिमिची हँसाउने खालको थियो ।
फुर्तिलो, चरित्रवान व्यक्तिको रूपमा जेलिन्स्कीको मनमोहक अभिनयले चलचित्रको चुनावी साँझमा भन्दा पनि धुमधामसित उनलाई युक्रेनी राष्ट्रपति पदमा जितायो । ‘जनसेवक’ मा उनले ६७ प्रतिशत मत पाएका थिए । वास्तविक जीवनमा उनले ७३.२ प्रतिशत मत पाए ।
दनक यहाँ छ
“१+१ च्यानलका मालिक इगोर कोलोमोइस्की हुन् । ‘जनसेवक’ प्रसारण गरेर सो च्यानलले जेलिन्स्कीलाई सत्तामा आउने बहाना बनाउन सघायो ।”
यहाँ ‘बहाना’ शब्दले धेरै ठूलो काम गरेको छ । जेलिन्स्की पश्चिमले चाहेजस्ता छन् । उदार प्रजातान्त्रिक बुद्धिका छन् ।
२०१९ को निर्वाचनबारे एक खुलासापूर्ण विवरण ;
युक्रेनी अर्थतन्त्र कछुवा गतिमा हिँड्दै गर्दा र पोरोशेन्कोको मूल्याङ्कन एक अङ्कमा झर्दै गर्दा २०१९ को राष्ट्रपति निर्वाचन पनि २०१४ कै जस्तो हुने देखिन्छ । सुन्तले क्रान्तिकी अगुवा युलिया तिमोशेन्को अब्बल दाबेदार हुने देखिन्छ । निर्वाचनमा तीन दर्जनभन्दा बढीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने घोषणा गरेसँगै जेलिन्स्की एक शक्तिशाली प्रतिस्पर्धी हुने देखिन्छ । यो घोषणा १+१ च्यानलमा २०१८ डिसेम्बर ३१ मा पोरोशेन्कोको नववर्षको सम्बोधन आउनुअघि प्रसारण गरिएको थियो । यस्तो उक्साहटले १+१ च्यानलको मालिक कोलोमोइस्की जेलिन्स्कीको चुनावी अभियानमा संलग्न भएको त हैन भन्ने प्रश्नहरू उठे ।
संलग्न भएकै हो !
निष्कर्ष
अहिलेको उखरमाउलो वातावरणमा जेलिन्स्कीलाई नायकको रूपमा पूजा नगरे भ्रममा रुमल्लिएकाहरूले राम्रो नजरले नहेर्न सक्छन् वा देशद्रोही भन्न सक्छन् । म घाइतेहरू, फासीवादीहरूबीचको द्वन्द्व वा भ्रष्टाचारविरोधी लडाइँ, भूराजनीति वा यस्तै कुराहरूभन्दा पर बस्न खोजेको छु । म यो स्वीकार्छु । म खालि लेनदेनमा केन्द्रित छु । खरबपति कोलोमोइस्कीले बान्देरापन्थी फासीवादीहरूमाथि लगानी गरेको थियो, उसले जेलिन्स्कीमाथि लगानी गरेको थियो । यसमै म केन्द्रित छु । के यो अचम्मलाग्दो छैन ?
मलाई अचम्म लाग्यो । प्रेसले यसबारे खोजबिन गर्नुपर्छ होला । कुरा अमेरिकासामू राखौँ । तपाईँको देशको राष्ट्रपति उम्मेदवार इमानदार र स्वतन्त्र बाहिरिया हो भने तपाईँले पैसा पछ्याउनुहुन्छ नै । अनि एक धनाढ्यले तपाईँको उम्मेदवारलाई बैना दिएको र त्यही धनाढ्यले ‘घमन्डी केटाहरू’ लाई पनि पैसा दिएको कुरा तपाईँ थाहा पाउनुहुन्छ । के यस्तो लेनदेनले तपाईँलाई दुईचोटि सोच्न बाध्य पार्दैन ? बाहिरियाको इमानदारी र स्वतन्त्रताबारे सोच्न कर लाग्दैन ? अनि तपाईँ निक्र्योल गर्नुहुन्छ, तपाईँको उम्मेदवार ‘त्यति राम्रो मान्छे होइन ।’
Discerning Volodymyr Zelensky)
MRouline, March 8, 2022
अनुवाद : संयम
Leave a Reply