नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नयाँ दिल्ली, १३ मार्च । भारत र चीनबीच पन्ध्रौँ चरणको सीमा सुरक्षा टुकडीको कमान्डर तहको वार्ता गत शुक्रबार भएको छ । चौधौँ चरणमा दुई पक्षबीच सैनिक र कूटनीतिक माध्यमबाट सकेसम्म चाँडो समाधान हुन बाँकी विषयमा आपसमा स्वीकार्य समाधानको निम्ति संवाद जारी राख्ने सहमति भएको थियो ।
संरा अमेरिकी दबाबबीच पछिल्लो चरणको वार्ता भएको थियो । चिनियाँ विश्लेषकहरूले वार्ताबाट प्राप्त उपलब्धिलाई बलियो बनाउन र मतभेद व्यवस्थापन गर्न चीन र भारतलाई प्रतिबद्धता बनाएको बताएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार वार्ता हट स्प्रिङ्स (पेट्रोलिङ प्वाइन्ट–१५) मा दुवै पक्ष असंलग्न रहने विषयमा केन्द्रित भएको छ ।
चीनको रक्षा मन्त्रालयले शनिबार जारी गरेको संयुक्त वक्तव्यमा दुई पक्षले पश्चिम क्षेत्रको लाइन अफ कन्ट्रोल (एलएसी) सम्बन्धी विषयमा समाधान खोज्न सन् २०२२ को जनवरी १२ मा छलफल भएको उल्लेख छ । यो विषयमा दुवै पक्षबीच आ–आफ्ना प्रस्ताव पेश भएको थियो । सरकारका नेताहरूले सहमति नभएका विषयमा सकेसम्म चाँडो समाधान निकाल्न दिएको निर्देशनलाई ध्यानमा राखी वार्ता अघि बढेको मन्त्रालयले जनाएको छ ।
दुई देशबीच हुने यस्तो सहमतिले पश्चिम क्षेत्रको लाइन अफ कन्ट्रोलमा शान्ति र सद्भाव कायम हुनेमा सहमति भएको छ । साथै यसले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धको प्रबद्र्धनको निम्ति थप टेवा दिने बताइएको छ । पश्चिम क्षेत्रमा स्थलगत सुरक्षा र स्थायित्व कायम गर्न दुई पक्षबीच अन्तरिम सहमति गर्न दुवै देश तयार भएका छन् । उनीहरूले सकेसम्म चाँडो सहमति हुन बाँकी विषयमा सहमति जुटाउन आपसमा स्वीकार्य निर्णयमा पुग्न सैनिक र कूटनीतिक माध्यमबाट निरन्तर सम्पर्कमा रहने सहमति भएको वक्तव्यमा उल्लेख छ ।
चौधौँ चरणको वार्तामा देखिएको सकारात्मक वातावरणलाई निरन्तरता दिंदै अघि बढाइएको बैठकले आपसी विश्वासलाई थप बलियो बनाएको सिन्ह्वा विश्वविद्यालयअन्तर्गत राष्ट्रिय रणनीतिक प्रतिष्ठानका अनुसन्धान विभागका निर्देशक छियान फेङले बताए ।
बैठक हुनुअघि दुवै देशले सकारात्मक सङ्केतहरू पनि गरेका थिए । चीनका विदेश मन्त्री वाङ यीले सोमबार चीनले न्यायपूर्ण र तर्कसङ्गत समाधान निकाल्न सधैँ सरसल्लाह गर्ने र मतभेद हटाउने विषयलाई समान महत्व दिएको बताउनुभएको थियो । चीन र भारतले एकअर्काका उर्जा खेर फाल्ने दुश्मनीभन्दा आपसी उपलब्धिमा साझेदारी आवश्यक भएको वाङले बताउनुभएको थियो ।
भारतीय सुरक्षा निकायको स्रोत उद्र्धृत गर्दै भारतीय सञ्चारमाध्यमले मङ्गलबार दुवै पक्षले तनाव हुने क्षेत्रमा सन्तुलन ल्याउने निर्णय गर्ने बताए । दुवै पक्षको पछिल्लो वक्तव्यले आपसमा स्वीकार्य समाधान निकाल्न खोज्नु उत्साहप्रद र सकारात्मक भएको उनीहरूले लेखेका छन् ।
चौधौँ चरणको वार्ता गत जनवरीमा भएयता दुवै पक्षले सक्रियतापूर्ण प्राप्त उपलब्धिको रक्षा गर्नुका साथै सीमा क्षेत्रका सुरक्षाकर्मीको व्यवस्थापन र नियन्त्रण गर्दै आएका छन् । “त्यत्तिबेलादेखि दुईपक्षीय सम्बन्ध बिथोल्ने र सीमा समस्यालाई चर्काउने कुनै पनि नयाँ घटना भएको छैन”,निर्देशक छियाङले भने ।
भारत र चीनबीचको वार्ता हुनुअघि संरा अमेरिकी हिन्दप्रशान्त कमान्डका अधिकारी जोन अकुइलिनोले बुधबार लाइन अफ एक्चुएल कन्ट्रोलमा चीन र भारतबीचको सम्बन्ध विगत चार दसकमै सबभन्दा खराब भएको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनलाई रणनीतिक दुश्मन ठान्ने संरा अमेरिकी राजनीतिक नेताहरूले चीन–भारत दुश्मनीले वाशिङ्टनलाई लाभ हुने सोच्छन् । त्यस्तो लडाईंले चीनको सैनिक स्रोत खर्च हुने र सुरक्षाको हिसाबमा भारतलाई समस्यामा पार्ने विश्लेषकहरू बताउँछन् ।
युक्रेनको सङ्कटले धेरै देशलाई जस्तै भारतलाई पनि आफ्नो स्वार्थ पूरा गर्न अरू देशलाई प्रयोग गर्ने संरा अमेरिकी सोचाइबाट सजग बनाएको छ । रुस र युक्रेनबीच द्वन्द्व चर्काएर सुरक्षा, वित्तीय र आर्थिक क्षेत्रमा युरोपमाथि नियन्त्रण गर्ने संरा अमेरिकाको रणनीतिबारे भारत सजग रहेको निर्देशक छियाङले भने ।
उनले केही भारतीय विश्लेषकहरू संरा अमेरिकी षड्यन्त्रविरुद्ध बोल्न थालिसकेको बताए । संरा अमेरिकाको पछि लाग्नुभन्दा भारतले चीन र भारतका हितलाई पहिलो स्थानमा राख्ने भारतीय नीति बनाउनुपर्ने छियाङको भनाइ छ ।
Leave a Reply