भर्खरै :

आँटामा प्लास्टिक !

गहुँको पिठो (आँटा) मा प्लास्टिक पाइएको कुरा कसैलाई पत्यार लाग्दैन । गहुँसँगै प्लास्टिक पनि पेलेर आँटा बनाइएको कुरा कसलाई पो विश्वास लाग्छ र ! तर, दैलेखका एक उपभोक्ताले आफूले किनेर ल्याएको आँटामा प्लास्टिक पनि मिसिएको बताएको छ । रोटी पकाउन पिठो मुछ्दा धेरै लचिलो भए पछि शङ्का लागेर उसले परीक्षण गरेको थियो । पटक–पटकको परीक्षणपछि उसले आँटामा प्लास्टिक रहेको ठहर ग¥यो ।
रोटी पकाउन तयार गरिएको पिठोलाई उसले परीक्षणको लागि पिठो पानीमा पखाल्यो । पानीमा पखालेर पिठो सबै गए पछि बाँकी रहेको प्लास्टिकलाई ग्यास चुलोमा बाल्यो । पिठो मिसिएको प्लास्टिक बाल्दा प्लास्टिकको गन्ध आएको उसको भनाइ थियो । विश्वास नभए अरूले पनि पिठोमा प्लास्टिक रहेको छैन परीक्षण गर्न उसले अरू उपभोक्तालाई पनि आग्रह गरेको छ ।
उसले फेसबुकमा देखाएअनुसार सो आँटा नेपालगञ्जस्थित पार्वतीपुरमा हुलास खाद्य उद्योग प्रा. लि. बाट उत्पादन गरिएको रहेछ । आँटाको सो पोकामा पौष्टिक र मुलायम लेखिएको थियो । फेसबुकमार्फत उसले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने सो कम्पनीमा खानतलासी गरी जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य सङ्घ तथा अन्य सम्बन्धित निकायमा आग्रह गरेको छ । पैसाको निम्ति मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी पिठो उत्पादन गर्ने सो उद्योगमा छिट्टै अनुसाधन गरी कारबाही गर्न र उत्पादित आँटा बिक्री वितरणमा रोक लगाउन पनि पिठो परीक्षण गर्ने सो उपभोक्ता ठग्ने सञ्चालकलाई हदैसम्मको कारबाही गर्नुपर्ने उसको माग हो । उसले यो खबर उपभोक्ताहरूसामु पु¥याउन सञ्चारमाध्यममा पनि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *