कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
काठमाडौँ, ३० फागुन । निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई स्थानीय तहको निर्वाचनमा आ–आफ्नो दलको निर्वाचन चिह्न व्यवस्था गर्नेबारे अनौपचारिक छलफल भयो ।
प्रमुख आयुक्त दिनश थपलियाले सबै राजनीतिक दललाई सम्बन्धित दलको निर्वाचन चिह्न स्थानीय तहको निर्वाचनमा दिन आयोग सकारात्मक भएको उल्लेख गर्दै राजनीतिक दलका प्रतिनिधिहरूसँग सुझावको अपेक्षा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कानुनमा त्रुटी भए सच्याउनु आवश्यक भएको उल्लेख गर्दै प्रम नियुक्तिको परमादेश गर्ने प्रधानन्यायाधीशविरूद्ध महाभियोग दर्ता पनि त्रुटी सच्याउन नै भएको सरकारी दलहरूको दाबी रहेकातर्फ आयोगको ध्यानाकर्षण गराउनुभयो ।
उम्मेदवारको अन्तिम नामावली चैत मसान्तभित्र प्रकाशित गर्ने गरी कार्यक्रम बनाइएमा मतपत्र छापेर पालिका पालिका पु¥याउन सहज हुने उल्लेख गर्दै उहाँले निर्वाचन कार्यतालिकाको निहुँमा दलहरूलाई आ–आफ्नो निर्वाचन चिह्न नदिनु प्रजातन्त्रको जग भत्काउनुजस्तै हुने उल्लेख गर्नुभयो ।
नेमकिपाले झन्डै पाँच वर्षअगाडि नै निर्वाचन चिह्नबारे दर्ता गरेको निवेदनको सर्वोच्च अदालतबाट पक्षमा फैसला गरिए प्रजातन्त्रको जग बलियो हुने उल्लेख गर्दै सांसद सुवालले निर्वाचन चिह्न नपाएको कारण चुनाव बिथोलिने सम्भावनालाई रोक्नु सरकार र आयोगको जिम्मेदारी हुने बताउनुभयो ।
छलफलमा राप्रपाका हेमजङ्ग गुरू, राजमोका हिमलाल पुरी, राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधिले आयोगमा दर्ता भएका ७९ वटै राजनीतिक दलहरूलाई आ–आफ्नो चुनाव चिह्न स्थानीय चुनावमा वितरण गर्न कानुनमा अवरोध नभएको स्पष्ट गर्नुभयो । उहाँहरूले निर्वाचन बिथोल्नेहरूलाई मलजल गर्ने काम सरकार र आयोगबाट नहुन आग्रह गर्नुभयो ।
Leave a Reply