कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
हेटौँडा, ३० फागुन । बाग्मती प्रदेशसभाको बैठक फागुन २९ गतेबाट सुरु भयो । आइतबारको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विपक्षीले उठाएका सवालको जवाफ दिएपछि संसद् चलाउन प्रतिपक्ष सहमत भएको थियो ।
सोमबार भएको बैठकमा विशेष समय लिएर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले एमसीसीमा भएको देशघातविरूद्ध जनताको आन्दोलन जारी रहेको उल्लेख गर्दै देशघातीहरू उदाङ्गिएका छन् भन्नुभयो ।
अमेरिकी दबाब तथा धम्कीसामु झुक्नेहरू आत्मसमर्पणवादी भएको उल्लेख गर्दै उहाँले मागेर देश विकास गर्ने चिन्तन गलत छ भन्नुभयो ।
प्रदेश सांसद गोसाईले युक्रेनमा जारी युद्ध संरा अमेरिकाको ‘प्रोक्सी वार’ हो भन्नुभयो । उहाँले भारतीय विस्तारवादले महाकाली नदीको बहाव परिवर्तन गरेर अर्को अतिक्रमण तथा हस्तक्षेप गरेको छ र त्यसको सबै ठाउँबाट विरोध हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
बाग्मती प्रदेश सरकारको कार्यको समीक्षा आवश्यक भएको धारणा राख्दै सांसद गोसाईंले भन्नुभयो, “शासक दलहरूको आरोप–प्रत्यारोप सुनिरहँदा नेमकिपाले उठाएको विषयवस्तु सही साबित भयो ।”
उहाँले अगाडि भन्नुभयो, “प्रदेश सरकारमा मन्त्रीको सङ्ख्यामात्र बढी होइन भ्रष्टाचार पनि बढ्दो छ । प्रदेश सरकारले सहकारीहरूलाई अनुमति दिँदा रु. पाँचदेखि पच्चीस लाखसम्म लिइरहेको जनताबीच व्यापक चर्चा छ ।”
उहाँले ख्वप अस्पताललाई सय शय्याको बनाउन ढिलासुस्ती किन हुँदै छ भनी प्रश्न गर्नुभयो । रासायनिक मल वितरणमा भइरहेको पक्षपातको विरोध गर्दै उहाँले प्रदेश सरकारको ध्यान जनताका दैनिक समस्या समाधानमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । “बजारमा महँगीको आतङ्क छाइरहेको ट, पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, खाने तेल तथा खाद्यवस्तुको कृत्रिम अभाव तथा मूल्यवृद्धिले जनताको जीवन कष्टकर बनिरहेको छ, बजारभाउ नियन्त्रणमा प्रदेश सरकारको भूमिका आवश्यक छ”, उहाँले भन्नुभयो ।
Leave a Reply