नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नपा वडा नं. १० स्थित लान्चा फल्चा (पाटी) मङ्गलबार रिबन काटेर र शिलापत्र अनावरण गरी उद्घाटन गर्नुभयो ।
सांसद विकास कोषको बजेटबाट पुनःनिर्माण गरिएको उक्त फल्चाको उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले लामो समयदेखि लोप हुने अवस्थामा रहेको ऐतिहासिकरूपले महत्वपूर्ण लान्चा फल्चा संरक्षण कार्य प्रशंसनीय भएको बताउनुभयो ।
भक्तपुरको सन्तुलित विकास र यहाँका जनताको जीवनस्तर उकास्न भक्तपुरको उत्तरतर्फ भक्तपुर—काठमाडौँ जोड्ने सडक निर्माण गर्नुुपर्नेमा जोड दिँदै उहाँले शासक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने थलोको रूपमा लिँदा देश झन् गरिब हुँदै गएको र भ्रष्टाचार बढिरहेको बताउनुभयो ।
शासक दलका नेताहरूमा काठमाडौँ उपत्यकाको कुनै विकास योजना नभएको भन्दै अध्यक्ष बिजुक्छेँले जनतालाई धोखा दिने शासक दलका नेताहरूलाई चुनावमा जिताउन नहुने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले रुस र युक्रेनबीचको लडाइँको प्रस· जोडदै देउवा सरकारले संयुक्त राष्ट्र सङ्घमा रुसले युक्रेनमा आक्रमण ग¥यो भन्ने पक्षमा मत दिनु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत भएको बताउनुभयो । उहाँले एमसीसी सम्झौता अनुमोदनलगत्तै सरकारले नेपाललाई पनि नाटो सङ्गठनको सदस्य बनाउने तर्खरमा शासक दलहरू क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले फल्चा पुनःनिर्माणसँगै यसको नियमितरूपमा मर्मत सम्भार र सरसफाइमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै सम्पदा पुनःनिर्माणमा ठेकेदारलाई भन्दा उपभोक्ता समितिमार्फत नै गराउनुपर्नेमा जोड दिनुभयो ।
पैसा र आश्वासन बाँडेर चुनाव जित्ने जनप्रतिनिधिहरूले जनताको सेवालाई भन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्नेतर्फ जनता सचेत हुनुपर्ने भन्दै सांसद सुवालले एमसीसी सम्झौता नेपालको लागि सहयोगको नाममा आएको विषसरह भएको बताउनुभयो ।
एमसीसी सम्झौता नेपालको हितमा नभएको हुँदा उद्योगी तथा व्यापारीहरूले एमसीसीको समर्थन गर्न नहुने बताउँदै उहाँले नेमकिपाले पूर्वाधार विकासमा स्थानीय विकास पूर्वाधार कार्यक्रमको बजेट भक्तपुर नगरपालिकामा भन्दा भक्तपुर जिल्लाका अन्य नगरपालिकाहरूमा खर्च गर्दै आइरहेको अवगत गराउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले समाजबाट आफूले धेरै सिक्ने अवसर पाएको चर्चा गर्दै भक्तपुर नपाले जनताको लागि जनताकै सहयोगमा यहाँका सम्पदा संरक्षण गरिरहेको र भक्तपुरको ख्वप मोडल जनस्तरबाटै सराहना भएको छ भन्नुभयो ।
पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकले लान्चा फल्चाको हालको स्वरूप मौलिक स्वरूपभन्दा फरक रहेको उल्लेख गर्दै भक्तपुर नपाले गरिरहेको सम्पदा संरक्षण कार्य प्रशंसनीय भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले भक्तपुरमा रहेका ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका फल्चाहरूको महत्वमाथि प्रकाश पार्नुहुँदै भक्तपुर नपा वडा नं. १० मा मात्रै ५४ वटा फल्चा रहेकोमा ४ वटा पुनःनिर्माण सम्पन्न भइसकेको र १ वटा पुनः निर्माणकै क्रममा रहेको बताउनुभयो ।
कार्यक्रममा लान्चा फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णनारायण दुमरु, सचिव महाविर अमात्यले पनि बोल्नुभएको उक्त कार्यक्रममा कोषाध्यक्ष विष्णुप्रसाद तिमिल्सनाले फल्चा पुनःनिर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कार्यमा ९४ जना स्थानीय जनताबाट जनश्रमदान जुटेको बताउनुभयो । उक्त कार्यक्रममा इन्जिनियर्स समाज नेपालका उपाध्यक्ष नरेश खत्रीले पनि बोल्नुभएको थियो ।
Leave a Reply