नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
रोम, १५ मार्च । इटालीको राजधानी रोम सहरमा सोमबार चीनका वरिष्ठ कूटनीतिज्ञ याङ चेइची र संरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबीच भेटवार्ता भएको छ । भेटमा चीनका प्रतिनिधिले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा चीन र संरा अमेरिकाबीच आपसी संवादलाई बलियो बनाउनुपर्ने, मतभेदको सही तरिकाले व्यवस्थापन गर्नुपर्ने र कुनै पनि खालका द्वन्द्व र तनाव हुने अवस्था बनाउन नहुने बताए ।
चिनियाँ विदेश मन्त्रालयले जनाएअनुसार दुई कूटनीतिज्ञहरूबीच दुईपक्षीय सम्बन्ध, युक्रेन मामिला, कोरियाली प्रायःद्विपको आणविक मुद्दा, इरानी आणविक मुद्दा र अफगानिस्तान मामिलाबारे ‘स्पष्ट, गहन र रचनात्मक संवाद’ भएको छ ।
चीन–संरा अमेरिका सम्बन्ध
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका पोलिटव्युरो सदस्य याङले दुई देशका राष्ट्रप्रमुखबीच भएका सहमतिको कार्यान्वयन चीन–संरा अमेरिका सम्बन्धको निम्ति निकै महत्वपूर्ण भएको बताउनुभयो ।
गत नोभेम्बर महिनामा चीनका राष्ट्रपति सी चिनफिङ र संरा अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच भएको भर्चुअल बैठकमा सीले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षलाई लाभ हुने सहकार्यका तीन सिद्धान्तको आधारमा नयाँ युगमा चीन–संरा अमेरिका सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
बैठकमा राष्ट्रपति बाइडेनले सीको कुराप्रति सहमति जनाउँदै संरा अमेरिका नयाँ शीतयुद्धको पक्षमा नभएको वा चीनको प्रणाली परिवर्तन गर्न नचाहेको बताए । उनले ‘ताइवानको स्वाधीनता’ को समर्थन गर्न मोर्चाबन्दी गरेर वा चीनसँग द्वन्द्व गर्न खोजेर चीनको विरोध नगर्ने पनि बताए । याङ चिकपा केन्द्रीय समितिको वैदेशिक मामिला आयोगका निर्देशक पनि हुन् ।
“चीन सधैँ राष्ट्रपति सीले अघि सार्नुभएका तीन सिद्धान्तअनुसार दुई पक्षीय सम्बन्ध अघि बढाउने पक्षमा छ”, राष्ट्रपति बाइडेनले गरेका वाचा संरा अमेरिकी पक्षबाट वास्तवमै कार्यान्वयन हुने आशा गर्दै उनले भने ।
दुई पक्षले आपसी बुझाइ बढाउने, मतभेद व्यवस्थापन गर्ने, सहमति विस्तार गर्ने र चीन–संरा अमेरिका सम्बन्धलाई चुस्त र राम्रो पथमा हिँडाउन सहकार्य बलियो बनाउने सहमति भएको छ ।
चीनको ताइवान
ताइवानको प्रश्नमा चीनको सार्वभौमिकता र भूअखण्डतामा जोड दिँदै याङले चीन–संरा अमेरिकाबीच भएका तीन वटा साझा वक्तव्यमा संरा अमेरिकाले प्रस्टरूपमा चीन एउटै भएको स्वीकार्नुका साथै एक चीन नीतिलाई चीन र संरा अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको आधार बनाइएको र सम्बन्धको राजनीतिक आधार भएको बताए ।
उनले भने, “संरा अमेरिकाको वर्तमान सरकारले एक चीन नीति अङ्गालेको छ । ताइवान मामिलामा ‘ताइवानको स्वाधीनता’ लाई समर्थन नगरे पनि व्यवहार बोलीअनुसार छैन ।”
याङले हालै ताइवान मामिलामा संरा अमेरिकी पक्षका गलत अभिव्यक्ति र कामको कडा विरोध जनाउँदै ‘ताइवान स्वाधीनता’ को समर्थन गर्ने पृथकतावादी शक्तिलाई समर्थन गर्ने कुनै पनि प्रयास वा ‘ताइवान कार्ड’ खेल्ने अनि चीनविरुद्ध घेराबन्दी गर्न ताइवान मामिला प्रयोग गर्ने प्रयास स्वीकार्य नहुने बताए ।
चीनले संरा अमेरिकालाई ताइवानको विषयमा उच्च संवेदनशीलता देखाउन, एक चीन नीति अङ्गाल्न, चीन–संरा अमेरिकाबीच भएका तीन वक्तव्य, अमेरिकी प्रतिबद्धता पालना गरेर खतरनाक बाटोमा नहिँड्न आग्रह गरेको छ ।
सिन्च्याङ, तिब्बत र हङकङ
चिनियाँ अधिकारीले सिन्च्याङ, तिब्बत र हङकङको विषयमा चीनको अडान प्रस्ट पार्दै ती विषय चीनको मूल चासोको विषय भएको र चीनको मालिमामा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताए । “यी विषय प्रयोग गरी चीनलाई पेल्न खोज्ने कुनै पनि प्रयास असफल हुनेछ”, उनले भने ।
याङले आपसी मतभिन्नता हटाउने क्रममा साझा बिन्दु खोज्ने र मतभिन्नताको सही व्यवस्थापनको लागि सहकार्यको बाटो बनाउनु चीन र संरा अमेरिका दुवैको लागि सही बाटो भएको बताउँदै पचास वर्षअघि जारी भएको साङ्घाई वक्तव्ययता यस्तै अभ्यास नै सही भएको बताए ।
“दुवै पक्षले इतिहासबाट सिक्नुपर्छ । आपसमा सम्मान गर्नुपर्छ । शान्तिपूर्ण सहअस्तित्वको साझा बिन्दु पहिल्याउनुपर्छ र सबैको हित हुने सहकार्यको बिन्दु भेटाउनुपर्छ”, याङले भने ।
बैठकको विषयमा संरा अमेरिकी राष्ट्रपति कार्यालयमा जारी वक्तव्यमा दुई देशका अधिकारीहरूले संरा अमेरिका र चीनबीच संवादको बाटो खुल्ला राख्नुपर्ने विषयलाई जोड दिएको’ उल्लेख छ । बैठकमा युक्रेनको विषयमा पनि उपलब्धिमूलक वार्ता भए पनि के कस्ता छलफल भए, सोबारे केही पनि कुरा सार्वजनिक गरिएको छैन ।
Leave a Reply