नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
मस्को, १६ मार्च । रुसले संरा अमेरिकाका राष्ट्रपति जो बाइडेनसहित १२ जना उच्च पदाधिकारीहरूमाथि नाकाबन्दी घोषणा गरेको छ । नाकाबन्दी गरिएका अमेरिकी अधिकारीहरूमा विदेश सचिव एन्थोनी ब्लिनकेन र रक्षा सचिव ल्योड अस्टिन पनि छन् । विश्लेषकहरूले रुसको नयाँ कदम संरा अमेरिकाले रुसमाथि लगाएको नाकाबन्दी प्रत्युत्तर भएको बताएका छन् । दुई ठूला शक्तिबीचको यस्तो निर्णयले युक्रेन सङ्कट थप जेलिएको छ । युक्रेन समस्याको कूटनीतिक समाधान अझै धेरै टाढा भएको उनीहरूको व्यवहारबाट देखिएको छ । यसले समस्या समाधानको निम्ति वार्ताको प्रयासलाई ओझेलमा पारेको छ ।
संरा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जाक सुलिभान र केन्द्रीय गुप्तचार विभागका निर्देशक विलियम बर्नमाथि पनि लगाइएको रुसी नाकाबन्दी फेब्रुअरी महिनामा संरा अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, विदेश मन्त्री सर्गेई लाभ्रोभ र रक्षामन्त्री सेगेई शोइगुमाथि लगाएको नाकाबन्दीको प्रत्युत्तरको रूपमा लिइएको छ ।
रुसी सञ्चारमाध्यमले रुसी सरकारको कालो सूचीमा रहेका व्यक्तिलाई रुस प्रवेश गर्न निषेध गरिने बताएका छन् ।
चीनको सामाजिक विज्ञान प्रतिष्ठानका पूर्वी युरोपका विज्ञ चाङ होङले बाइडेन सरकारविरूद्ध रुसी नाकाबन्दी संरा अमेरिकी नाकाबन्दीको जवाफ भएको बताए ।
“अन्तर्राष्ट्रिय सम्बन्धमा सामान्यतः कुनै पनि देशको राष्ट्रप्रमुखमाथि नाकाबन्दी लगाइँदैन । वार्ताको ढोका खुला राख्न राष्ट्र प्रमुखलाई नाकाबन्दी लगाइने गरिँदैन । पहिला संरा अमेरिका र त्यसपछि रुसले एकअर्काका राष्ट्र प्रमुखमाथि नाकाबन्दी थोपरेपछि वार्ताको निम्ति ढोका पनि बन्द गरिएको अर्थ लाग्छ”, उनले भने ।
तर, केही विश्लेषकहरू भने ‘बन्द ढोका’ को अवस्था संवादको शून्य सम्भावना भने नभएको बताए । न त यो युक्रेनको विषयमा कुनै सहमतिमा पुग्ने सम्भावना नै बन्द भएको अवस्था हो ।
रुसी सरकारका प्रवक्ता दिमित्री पेशोभले संरा अमेरिकी सरकारले रचनात्मक मत राखे रुस संरा अमेरिकासँगको सम्बन्ध सामान्य बनाउने पक्षमा रहेको बताए ।
बाइडेनसहित संरा अमेरिकी उच्च सरकारी अधिकारीमाथि नाकाबन्दीको अर्थ युक्रेन सङ्कटमा रुस आफ्नो मतमा दृढ रहेको र युक्रेन सङ्कटमा संरा अमेरिकी संलग्नताप्रति रुस असन्तुष्ट रहेको देखाउने नानचिङ विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक चु फेङले भने ।
“यसको अर्थ युक्रेन सङ्कटको कूटनीतिक समाधान अझै पनि पाकिनसकेको देखाएको छ”, उनले भने ।
अमेरिकाले साना देशमाथि थिचोमिचो
ठूला देशले साना देशहरूलाई थिचोमिचो गरिरहेको संरा अमेरिकी आलोचनाको चीनले प्रतिवाद गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले बुधबार आयोजित पत्रकार भेटघाटमा त्यस्तो थिचोमिचोको काम संरा अमेरिकाबाट भइरहेको बताए । उनले क्युवा, पानामालगायत अन्य देशहरूको उदाहरण प्रस्तुत गर्दै संरा अमेरिकाले साना देशलाई दुःख दिइरहेको प्रस्ट पारे ।
संरा अमेरिकी विदेश विभागका प्रवक्ताले रुस र युक्रेनबीचको द्वन्द्वमा ‘ठूलो देशले साना देशमाथि थिचोमिचो गर्न नपाउने आधारभूत सिद्धान्त’ मिचिएको भनी दिएको अभिव्यक्तिको खण्डन गर्दै प्रवक्ता लिचियानले उक्त अभिव्यक्ति दिएका हुन् ।
“क्युवा, पानामा, ग्रेनाडा, युगोस्लाभिया, अफगानिस्तान, इराक, सिरिया र लिवियाविरुद्ध संरा अमेरिकाले गरेको थिचोमिचोलाई ठूलो देशले साना देशमाथि हस्तक्षेप गरेको संसारभरकै लागि उदाहरण हो”, चाओले भने ।
उनले युक्रेन सङ्कट समाधानको आधारभूत उपाय भनेको कसैको आफ्नै मापदण्डअनुसार एकपक्षीयरूपमा ‘कानुनमा आधारित व्यवस्था’ लाद्नुभन्दा संवाद र वार्तासँगै युद्धविराम गरेको बताए । उनले संरा अमेरिकातर्फ सङ्केत गर्दै अझै पनि केही शक्ति अरूलाई जबरजस्ती पक्ष लिन दबाब दिइरहेको बताए ।
“विश्वलाई शान्ति चाहिएको छ, युद्ध होइन । न्याय चाहिएको छ, प्रभुत्व होइन । संसारलाई सहकार्य चाहिएको छ, द्वन्द्व होइन । संसारका बहुमत देशहरूको अहिले यही आशा छ”, चाओले भने ।
संयुक्त राष्ट्र सङ्घ केन्द्रमा रहेको एउटैमात्र अन्तर्राष्ट्रिय प्रणाली भएको भन्दै उनले भने, “संसारमा अन्तर्राष्ट्रिय कानुनमा आधारित एउटैमात्र अन्तर्राष्ट्रिय व्यवस्था छ । अनि संसारमा एउटैमात्र नियम छ, संयुक्त राष्ट्र सङ्घको लक्ष्य र सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धको नियम छ ।”
“यदि संरा अमेरिका युक्रेनको अवस्था सहज बनाउने विषयमा इमानदार भए संसारका अधिकांश देशजस्तै ऊ पनि शान्ति र न्यायको पक्षमा उभिनुपर्छ”, उनले भने ।
Leave a Reply