जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
काठमाडौँ, २ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँको प्रथम सम्मेलन बुधबार सम्पन्न भयो ।
नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँ महानगरको आयोजनामा भएको उक्त सम्मेलन उद्घाटन गर्दै अतिथि बिजुक्छेँले देशको इतिहास र सङ्घर्षका आयामबारे नयाँ पिँढीलाई बताउनुपर्ने र त्यसको लागि नियमितरूपमा साहित्यिक गतिविधि गरिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “भाषा मानव सभ्यताको विकासको महत्वपूर्ण उपज हो । त्यसैले भाषाको जगेर्ना गर्नु आवश्यक छ ।”
भाषासेवी तथा संस्कृति क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूको सम्मान गर्नु आवश्यक भएको औँल्याउँदै उहाँले भन्नुभयो, “भाषा माध्यम हो । गलत कुरा मातृभाषा भन्दैमा सही हुँदैन । विचार पक्षमा ध्यान दिनु आवश्यक छ ।”
“संरा अमेरिकाले जहाँतहीँ अशान्ति र अन्तरध्वंश मच्चाइरहेको छ । युक्रेनको अहिलेको अवस्था एकाएक भएको होइन । दशकौँ अगाडिदेखि अमेरिकाले त्यहाँ खेल खेलिरहेको थियो । युक्रेन युद्ध हुनुमा अमेरिका नै दोषी छ”, उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “एमसीसी पारित भएसँगै एउटा प्रश्न उब्जेको छ, के नेपाललाई नाटो सङ्गठनको सदस्य बनाउन खोजिएको हो ?”
एमसीसीमार्फत अमेरिका नेपाल आउन खोजेको हुनाले नेमकिपाले एमसीसीको विरोध गरिरहेको अध्यक्ष रोहितले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले साहित्यले मानव समाजको एउटा युगको प्रतिनिधित्व गर्ने धारणा राख्नुभयो ।
“अहिलेको नेपाली साहित्यमा देशको जल्दोबल्दो समस्या र यसको समाधानका उपाय उल्लेख हुनु जरुरी छ”, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “देशघाती एमसीसी सम्झौता खारेजी आवश्यक छ । अमेरिकी उक्साहटमा युक्रेनलाई नाटो सदस्यमा मत तान्न खोजिएको छ, नाटो सदस्य नहुन युक्रेनलाई सचेत गराएको हो । संरा सङ्घको मतदानमा देउवा सरकारले अमेरिकी दबाबमा रुसको विपक्षमा मतदान गरेको छ । महँगी–भ्रष्टाचारको विरोध तथा स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दललाई सम्बन्धित दलको चुनाव चिह्न दिनुपर्नेजस्ता विषयमा साहित्य लेख्नु आवश्यक छ ।”
देशको सन्तुलित विकास गर्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विभिन्न जिल्लाबाट निर्वाचित सांसद र मन्त्रीहरू काठमाडौँमा बसाइ सर्ने क्रम बढेकोले यहाँ फोहरमैला, खानेपानी, प्रदूषणका समस्या बढ्यो । खाद्यान्न र तरकारीसमेत भारतबाट आयात गर्नु सरकारको असक्षमताको परिणाम हो । देशलाई आत्मनिर्भर बनाउन बस्तीको वरिपरि खुला क्षेत्र र खेतीपाती कायम राख्नु जरुरी छ ।”
“निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउने, पार्टी र उम्मेदवारलाई मत दिनु हुँदैन । यस्ता उम्मेदवारलाई स्थानीय प्रशासन र निर्वाचन कार्यालयमा उजुरी दिनु जरूरी छ”, उहाँले जोड दिँदै भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले वर्गीय आधारमा शत्रु र मित्र छुट्याउनु आवश्यक भएको औँल्याउँदै एमसीसीको पक्षमा हस्ताक्षर गर्ने र अगुवाइ गर्नेहरू देशघाती हुन्, जनताका शत्रु हुन् भन्नुभयो ।”
देशघातीहरूविरूद्ध निरन्तर सङ्घर्ष गर्नु आवश्यक हुने उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “संरा अमेरिकी साम्राज्यवादको चरित्र बदलिएको छैन । इराक, लिविया, युक्रेन, अफगानिस्तान, सिरियाको विनाशको निम्ति अमेरिकी साम्राज्यवाद जिम्मेवार छ ।”
आयोजक समितिका अध्यक्ष कुलनारायण डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सृजना सैँजू, नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जन, नेपालभाषा साहित्य तःमुंज्या भक्तपुरका अध्यक्ष आशाकुमार चिकंबन्जार, ज्यापु महागुठीका अध्यक्ष राजभाइ जकमी, नेवा दे दबुका नातिकाजी महर्जन, नेपालभाषा साहित्य तःमुंज्या ललितपुरका अध्यक्ष कवीन्द्र डंगोल, पन्नारत्न महर्जन, सुरेन्द्र डंगोल, रत्ना डंगोललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा साहित्यकारहरूले कथा, कविता, आलेख र गीतहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्कृति संरक्षणमा योगदान गरेबापत सांस्कृतिक गुरु एवम् १०४ वर्षीय ज्येष्ठ नागरिक तरिभाइ डंगोललाई सम्मान गरिएको थियो ।
Leave a Reply