भर्खरै :

कोरोना महामारीको दोस्रो वर्षगाँठमा अमेरिकाको चुनौती

वाशिङ्टन, १६ मार्च (सीआरआई) । दुई वर्षअघि विश्व स्वास्थ्य सङ्गठनले आधिकारिक रूपमा कोरोना भाइरस महामारीको घोषणा गरेको थियो । त्यतिबेला अमेरिकामा करीब १० लाख अमेरिकीको मृत्यु भएको थियो । जब महामारी घट्दै गए, तब अमेरिकीहरूका लागि दैनिक जीवन सञ्चालनलगायतका अनेकन चुनौतीहरू देखापरेका छन् । सार्वजनिक स्वास्थ्य अधिकारी तथा संस्थाहरू, विशेषगरी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीप्रति अमेरिकीहरूको विश्वास पनि घटेको छ जसलाई पुनः उकास्न समय लाग्ने विशेषज्ञहरूले टिप्पणी गरेका छन् । अमेरिकी पब्लिक हेल्थ एसोसियसनका कार्यकारी निर्देशक जर्ज बेन्जामिनले भने, “विश्वास गुमाउनुभन्दा पुनः कमाउनु निकै गा¥हो काम हो । विश्वास टुट्न निकै सजिलो छ ।”
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ विरुद्ध लड्नको लागि महिनाको पूर्वसन्ध्यामा प्रशासकीय योजना घोषणा गरेका थिए जसको सामान्य लक्ष्य भनेको अमेरिकी नागरिकको जीवनलाई सुचारू बनाउनु थियो । विशेषज्ञहरूका अनुसार सर्वसाधारणको विश्वास जुटाउन नसक्दा अमेरिकाले मास्क तथा खोप लगाउने जस्तो योजनालाई सफल तुल्याउन सकिरहेको छैन ।
राजनीतिक हस्तक्षेप तथा गलत सन्देश प्रवाहका कारण अमेरिकामा विगत २ वर्षमा गलत कदम चालिएका छन् । बाइडेन प्रशासनले महामारीविरूद्धको कोष स्थापना गर्ने प्रयास गरिरहेको भए पनि काङ्ग्रेसबाट ह्वाइट हाउसका लागि स्पष्ट सन्देश दिइएको छैन । हाउस डेमोक्र्याटहरूले अर्को हप्ता एक्लै प्रस्तावमाथि मतदान गर्ने लक्ष्य राखेका छन् जसले समस्याग्रस्त अफसेटहरूविना ह्वाइट हाउस अनुरोधलाई कोष दिनेछ, तर रिपब्लिकनहरूले यसको लागि पूर्णरूपमा भुक्तान गर्नुपर्नेमा जोड दिएकोले सिनेटमा अगाडि बढ्ने सम्भावना छैन । ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन पास्कीले बिहीबार भने, “काङ्ग्रेसबाट अतिरिक्त स्रोत नभएसम्म नतिजा के हुन्छ भनेर भन्न सकिँदैन ।”
बजेटको अभावमा कोभिड परीक्षण क्षमता यसै महिनादेखि घटिरहेको ह्वाइट हाउसले बताइसकेको छ ।
समाचारमा जनाइएअनुसार पाँच वर्षमुनिका बालबालिकाका लागि भ्याक्सिन लगाउने विषयमा पनि अनिश्चितता थपिएको छ । सर्वसाधारण अभिभावक पनि आफ्ना साना बालबच्चालाई खोप लगाउन दिने कि नदिने भनेर अन्योलग्रस्त छन् । गत फेब्रुअरीमा फाइजर र खाद्य तथा औषधि प्रशासनले बालबच्चाको लागि लगाइने भनिएको खोपबारे समीक्षा गर्ने निर्णय गरेका थिए । किनकि २ वटा डोज ओमिक्रोन भेरियन्टका लागि कम प्रभावकारी भएको वैज्ञानिकहरूले बताएका थिए ।
फाइजरका सीईओ अल्बर्ट बोउर्लाले सीएनबीसीसँग शुक्रबार भने, “तेस्रो डोजको डाटा अझै पनि केही हप्ता टाढै छ ।” उनको भनाइअनुसार सामान्यतया डोज तीनवटासम्म हुनेछ किनभने ओमिक्रोन बालबालिकामाझ निकै तीव्रगतिमा फैलिने भेरियन्ट बनेको छ ।
यस्तै अर्को प्रसङ्गमा गएको सेप्टेम्बरमा बाइडेनले आगामी सेप्टेम्बरसम्ममा १.१ बिलियन डोज भ्याक्सिन विश्वका लागि वितरण गर्ने घोषणा गरेका थिए तर आर्थिक सङ्कटका कारण ह्वाइट हाउसको निर्णय पनि अलपत्र पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *