भर्खरै :

अमेरिकाको नेटो विस्तारको कारण युक्रेन युद्ध

काठमाडौँ, ३ चैत । संरा अमेरिकाले रुसको विरोधमा सिद्धान्तको लडाइँ होइन बरु आर्थिक प्रभावको युद्ध गर्दै छ । त्यसो त अमेरिका दोस्रो विश्वयुद्धमा भविष्यको आर्थिक नाफाकै लागि सामेल भएको थियो । कोरिया युद्ध र भियतनाम (हिन्द–चीनको) युद्ध पनि आर्थिक उद्देश्य नै राखेर गरिएको थियो । समाजवादकेन्द्रित योजनाले ती देशहरू छिट्टै विकास हुने हुँदा ती देशहरूबाट कुनै आर्थिक लाभ लिन नसकिने कारण अमेरिकाले साम्राज्यवादी देशहरूको सङ्गठन नेटो स्थापना गरेको हो ।
सोभियत सङ्घसँग अलग भएका मुस्लिम गणतन्त्रहरूको प्राकृतिक स्रोतहरूलाई अफगानिस्तानबाट पाकिस्तान पु¥याउने र रुससँग भियतनाममा हारको पनि बदला लिने उद्देश्यले अरब देशहरूलाई तालिवानको नाममा सोभियत सङ्घमा प्रोक्सी युद्ध (प्रतिनिधि युद्ध) चलाइएको थियो । ‘साम्यवाद’ विरोधी सङ्घर्ष नै अमेरिकाको उद्देश्य थियो । तर, सोभियत सङ्घको पतन (अस्थायी हार) पछि पनि अमेरिकाले अफगानिस्तानमा किन युद्ध चालु राख्यो ? त्यसको एउटै कारण आर्थिक ‘नाफा’ हो । युरोप, जापान, दक्षिण कोरिया र संसारको सत्र्न्दा बढी देशमा अमेरिकी सेना राख्नुको मुख्य उद्देश्य ‘साम्यवादसँगको युद्ध’ नभई ती देशहरूमा आर्थिक प्रगति गर्न नदिन राजनैतिक नियन्त्रण कायम गर्नु हो ।
इराक, लिविया र सिरियासँगको अमेरिकी युद्ध पनि सैद्धान्तिक होइन, तिनीहरूले अमेरिकालाई सस्तोमा तेल बेचेर सहयोग नगर्नु र उसको पुँजी लगाउन नदिनु हो । केहीले त्यसलाई धर्म युद्ध भन्छन् । साउदी अरब र अन्य अरब देशहरूसँग अमेरिकाको तेल व्यापार र मित्रता चल्दै छ ।
अमेरिकाको अरूसँग सभ्यताकै लडाइँ हो भने बेलायत, जर्मनी, प्र्रmान्स आदिलाई आ–आफ्नो देशको रक्षा बजेटको दुई–दुई प्रतिशत रकम अमेरिकालाई दिन माग गर्दैनथ्यो । किनभने, उसको रुससँग सैद्धान्तिक नभई आर्थिक लडाइँ हो । रुसलाई युरोपेली देशहरूसँग ग्यास र अरू व्यापार गर्न नदिने उद्देश्य हो । पूर्व समाजवादी देशहरूकै माध्यमबाट रुसको अथाह प्राकृतिक स्रोतहरूमाथि कब्जा, पुँजी लगानी र बजार कब्जा गर्नु हो ।
भारतसँग अमेरिकाको धर्म र सभ्यताको विरोध होइन । बरु उसको प्रभाव विस्तारको कारण एसियामाथि आर्थिक नियन्त्रण गर्न भारतलाई राजनैतिकरूपले प्रयोग गर्नु र बेलायतसँग मिलेरै पुँजी लगानी तथा त्यसको सुरक्षाको सुनिश्चितताको निम्ति राजनीतिमा प्रभाव पार्नु हो ।
संरा अमेरिका भविष्यमा आफ्नो आर्थिक हितको निम्ति हरेक देशमा धर्म, जात, भाषा, कृषि, उद्योग, व्यापार आदि क्षेत्रलाई प्रयोग गर्दै छ । अमेरिकी राष्ट्रपति जो सुकै भए पनि उनको औपचारिक भाषण त्यहाँस्थित गुप्तचर विभाग सीआईए र सेनाको सल्लाहमा राष्ट्रपति भवनले तयार गर्छ । यसकारण, ट्रम्पले अमेरिकाको फरक मत र उसको हित नदेख्नासाथै युनेस्कोलाई पैसा दिन बन्द गर्न लगाए र विश्व स्वास्थ सङ्गठनको महत्वपूर्ण व्यक्तिहरूलाई पनि हेरफेर गर्न लगाए तथा आर्थिक सहयोग नै बन्द गर्न लगाए ।
दोस्रो विश्वयुद्धपछि संरा अमेरिका आर्थिकरूपले अगाडि बढेको देश हो । अरू देश ध्वस्त भएपछि उसको व्यापार चम्कन्छ । विश्व इतिहासमा भएका हजारौँ लडाइँमा जति धन जनको क्षति भयो, त्यति क्षति उसले संसारमा दोस्रो विश्वयुद्धको अन्ततिरको लडाइँ र उसको आक्रामक लडाइँहरूबाट पु¥यायो । यसकारण, अमेरिकाले मानव अधिकार, क्रूरता, अमानवीयता, नृशंस घटना मानेको र भनेको हरेक विषय अर्काे आक्रमणको तयारी हुने गर्छ । कोरिया युद्ध (१९५०–१९५३), भियतनाम युद्ध, अफगानिस्तान, इराक, लिविया, सिरिया आदि त्यसकै उदाहरण हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *