भर्खरै :

विद्यार्थी भेटघाट तथा प्रशिक्षण कार्यक्रम

भक्तपुर, ३ चैत । नेक्राविसङ्घको १३ औँ राष्ट्रिय सम्मेलन तयारीको अवसरमा बिहीबार सम्पूर्ण सम्पर्क समितिको आयोजनामा भेटघाट कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले विश्वको समसामयिक राजनीतिको बारेमा विद्यार्थीले अध्ययन गरिरहनुपर्ने र व्यतिmत्व विकाससँगै पार्टी र देशको सेवामा निरन्तर खटिनुपर्नेमा जोड दिनुभयो । उहाँले रूस र युक्रेनमा चलिरहेको युद्घमा अमेरिकी साम्राज्यवादको पनि भूमिका रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङले कुनै व्यतिm आफ्नो गाउँबाट केही गर्छु भन्ने भावना बनाएर आइसकेपछि आफ्नो व्यतिmत्व विकासका साथै देश र समाजलाई परिवर्तन गर्न अह्म भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य सेमसल तामाङले राख्नुभएको थियो । शम्भु जाउलाले पनि बोल्नुभएको थियो । उक्त कार्यक्रमका सभापतित्व सुनिल काफ्लेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *