नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
मास्को, २ चैत । अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलोपटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ’युद्ध अपराधी’ भनेका छन् । रुसी समाचार संस्था टासका अनुसार क्रेम्लिनले बाइडनको उक्त टिप्पणीलाई ’अस्वीकार्य अनि अक्षम्य’ बताएको छ ।
अमेरिकी राष्ट्रपतिको पछिल्लो टिप्पणीले अमेरिका र रुसबीच कूटनीतिक तनाव थप्ने सम्भावना रहेको बताइएको छ ।
बाइडनले ह्वाइट हाउसमा एक जना सञ्चारकर्मीलाई उत्तर दिने क्रममा विना तयारी त्यस्तो प्रतिक्रिया जनाएका थिए । पुटिनको निन्दा गर्न उनले यस्तो भाषा प्रयोग गरेको यो पहिलोपटक हो । पछि ह्वाइट हाउसले राष्ट्रपति बाइडनले ‘आफ्नो मनबाट बोलेको’ जनाएको थियो । पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभले रूसी समाचार संस्था टाससँग प्रतिक्रिया जनाउँदै भने, “हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छाँै जसका बमले विश्वभर हजारौँ मानिसहरूको ज्यान लिएको छ ।”
बुधबार एक जना सञ्चारकर्मीले बाइडनलाई ’सबै कुरा देखेपछि पुटिनलाई युद्ध अपराधी भन्न तपाईँ तयार हुनुहुन्छ ?’ भनेर प्रश्न गरेका थिए ।
सुरुमा बाइडनले ’छैन’ भन्ने जवाफ फर्काए । तर, उनलाई प्रतिप्रश्न गरिएपछि आफ्नो जवाफ फेरे र भने, “तपाईँले मलाई के मैले ‘ भन्नेछु भनेर सोध्नु भएको हो ? मलाई लाग्छ कि उनी युद्ध अपराधी हुन् ।”
पछि ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले राष्ट्रपतिले युक्रेनमा भएको हिंसाको ’बर्बर’ तस्बिर देखेपछि आधिकारिक रूपमा घोषणा गर्नुभन्दा पनि आफ्नो मनबाट बोलेको बताइन् ।
युद्ध अपराध निर्धारण गर्न विदेश मन्त्रालयले सञ्चालन गर्ने एउटा छुट्टै कानुनी प्रक्रिया रहेको र त्यो छुट्टै चलिरहेको उनले उल्लेख गरिन् ।
बीसीसी
Leave a Reply