सरकारी निर्णय राहतभन्दा आहत
- बैशाख ९, २०८३
भक्तपुर, ५ चैत । नेपाल प्राध्यापक समाजको आयोजनामा ख्वप माध्यमिक विद्यालय र ख्वप कलेजमा अध्यापनरत शिक्षक÷प्राध्यापकहरूको भेला शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त भेलामा उहाँले प्राध्यापकहरूले विद्यार्थीलाई पाठ्यपुस्तकका अतिरिक्त राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा अध्ययन अध्यापन गराउनुपर्ने र विद्यार्थीलाई वर्गीय दृष्टिकोण दिएर जनताको सेवा गर्नमा प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “सही विचार भौतिक शक्तिमा परिणत हुन्छ । माक्र्स र एँगेल्सद्वारा प्रतिपादित माक्र्सवादी विचारले सन् १९१७ मा सोभियत सङ्घमा समाजवादी क्रान्ति सम्पन्न भयो ।”
एमसीसी पारित गर्नकै लागि अल्पमतको शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको व्यवहारले पुष्टि गरेको उहाँले बताउनुभयो ।
असंलग्न परराष्ट्र नीतिबारे जानकारी दिँदै अध्यक्ष रोहितले रूस–युक्रेनबीचको युद्धमा नेपालले युक्रेनको पक्ष लिनुले नेपालले असंलग्न परराष्ट्र नीति त्यागेको स्पष्ट हुने उल्लेख गर्नुभयो ।
सोभियत सङ्घका नेता खु्रश्चेभले दोस्रो विश्वयुद्धमा शत्रुको पक्राउमा परेको आफ्नो छोराको माया गर्दा सोभियत सङ्घ नै विघटन भएको इतिहासलाई स्मरण गर्दै अध्यक्ष रोहितले राजनीतिक कार्यकर्ताले परिवारलाई भन्दा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने हुन्छ भन्नुभयो ।
उद्देश्य पूरा गर्न जे गर्दा पनि हुन्छ भन्ने ‘चाणक्य नीति’ अहिले पनि लागु हुने भएकोले त्यस्ता विषयमा सधैँ सचेत रहनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले प्राध्यापकहरू राजनीतिक उद्देश्यबारे स्पष्ट हुनुपर्ने बताउनुभयो ।
ख्वप मा.वि.÷कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एमसीसी पास गर्ने दलहरू देशघाती भएको स्पष्ट पार्दै व्याख्यात्मक घोषणाको नाउँमा एमसीसी पारित गर्नु जनतालाई धोका दिनु हो भन्नुभयो ।
“संरा अमेरिकाले आर्थिक सहयोगलाई राजनीतिक हतियारको रूपमा लिएर साना देशहरूमाथि हैकम जमाइरहेको छ । प्रजातन्त्र र मानव अधिकारको परिभाषा आफैले गर्ने र आफ्नो अनुकूल काम नगर्ने सरकारलाई प्रजातन्त्र र मानव अधिकार नभएको बहाना बनाई संरा अमेरिकाले कमजोर देशहरूमाथि आक्रमण गरिरहेको छ”, उहाँले स्पष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “संरा अमेरिकाले रूसको त्रास देखाएर युरोपमा आफ्नो सेना राख्दै आएको छ । युरोपमा शान्ति भएमा अमेरिकी सेनाको औचित्यमाथि प्रश्न उठ्ने छ ।”
उहाँले भन्नुभयो, “हतियारको व्यापार गर्नकै निम्ति संरा अमेरिका संसारमा युद्ध भड्काउन चाहन्छ । युद्धबाट अरू देशको अर्थतन्त्र ध्वस्त पार्ने अमेरिकाको उद्देश्य हो ।”
ख्वप कलेजका प्राचार्य रूपक जोशीको सभापतित्वमा सम्पन उक्त भेलामा ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप कलेजका बीए तथा एमए अङ्ग्रेजी इन्चार्ज कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
Leave a Reply