भर्खरै :

नेमकिपा भक्तपुर जिल्ला समिति पुनः गठन, अध्यक्षमा गोसाई

भक्तपुर, ५ चैत । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार जिल्लास्तरीय कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालले निर्वाचन आयोगको बैठकमा स्थानीय तहको चुनावमा सबै राजनीतिक दललाई सम्बन्धित दलको चुनाव चिह्न दिनु नै प्रजातन्त्र हुने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
संविधानमा नभएको तीन प्रतिशतको मत सीमा ऐनमा राख्दा नेमकिपाले विपक्षमा मत दिएको उल्लेख गर्दै सांसद सुवालले मन्त्री पद लिएर तीन प्रतिशतको मत सीमा ऐनमा राख्न सहमति गर्ने दलहरू दोषी भएको स्पष्ट पार्नुभयो ।
भेलाबाट सुरेन्द्रराज गोसाईको अध्यक्षतामा नेमकिपा भक्तपुर जिल्ला समितिको पुनःगठन गरेको छ । समितिको उपाध्यक्षमा न्हुछेभक्त फोजू हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *