युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै
- बैशाख ८, २०८३
कैलाली, ५ चैत । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा शनिबार जिल्लास्तरीय कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले राजनीतिक दलको मूल्याङ्कन सङ्ख्याको आधारमा नभई विचार र पद्धतिको आधारमा हुनुपर्ने धारणा राख्नुभयो ।
“सङ्ख्यामा ठूला राजनीतिक दलहरूले व्यापक नेपाली जनता र देशको हितमा काम गरेका छैनन् । उनीहरूले एउटा राजनीतिक पार्टीले गर्नुपर्ने अभ्यास गरेका छैनन् । धेरै ठाउँमा चुनाव जित्दैमा मात्र उनीहरूलाई एउटा हैसियत दिने कानुनी बन्दोबस्त प्रजातान्त्रिक छैन । यसमा संशोधन आवश्यक छ”, उहाँले भन्नुभयो ।
उहाँले मतसीमाको प्रावधान हटाउन नेमकिपाले सङ्घर्ष गरिरहेको चर्चा गर्दै नेमकिपाको सङ्घर्ष वैचारिक र सिद्धान्तनिष्ठ राजनीतिको पक्षमा भएको बताउनुभयो ।
केन्द्रीय सदस्य शाहीले एमसीसी सम्झौता जस्तो देशहितविपरीतको सम्झौता अनुमोदन गर्ने राजनीतिक दललाई जनताले चुनावमा कारबाही गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर तारामीले पैसा बाँडेर र भोज खुवाएर चुनाव जित्ने राजनीतिक दलहरूले जनताको रगतबाट स्थापना भएको लोकतन्त्रलाई कमजोर बनाइरहेको बताउनुभयो ।
उहाँले चुनाव जनतालाई राजनीतिकरूपमा सचेत बनाउने अभियान भएकोले चुनावमा जनताका कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभयो ।
नेक्राशिसङ्घ कैलालीका संयोजक गुप्तबहादुर शाहीले कम्युनिस्ट पार्टीले वर्ग सङ्घर्ष कहिल्यै छोड्न नसक्ने भन्दै वर्ग सङ्घर्ष छोड्ने पार्टी कम्युनिस्ट हुन नसक्ने बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय सदस्य ईश्वर शाहीले चैत १७ गतेदेखि हुने नेक्राविसङ्घको ते¥हौँ राष्ट्रिय सम्मेलन सफल बनाउन सहयोगको निम्ति अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका जानकी सिजापति, नेक्राविसङ्घ कैलालीका संयोजक हिक्मत भण्डारीलगायतले शुभकामना दिनुभएको थियो । नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलको सभापतित्वमा भएको भेलाले रावलकै संयोजकत्वमा नेमकिपाको सातौँ कैलाली जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ । भेलामा गगनबहादुर थापाले पनि बोल्नुभएको थियो ।
शनिबार नै कैलालीको लम्कीचुहामा विद्यार्थी भेला भयो । भेलामा नेक्राविसङ्घ ते¥हौँ राष्ट्रिय सम्मेलन तयारी समितिका सदस्य ईश्वर शाहीले नेक्राविसङ्घको आसन्न सम्मेलनबारे जानकारी दिनुभयो । भेलाले लक्ष्मी चौधरीको अध्यक्षतामा नेक्राविसङ्घ लम्कीचुहा नगर समिति गठन गरेको छ ।
Leave a Reply